लमजुङ सेवा समाजको तीजे कार्यक्रमको सम्पूर्ण तयारी पूरा
अगस्ट 27, 2013 at 7:37 अपराह्न टिप्पणी छोड्नुहोस्
टोकियो-लमजुङ सेवा समाज जापानले नारीहरुको महान पर्व हरितालिका अर्थात तीजको उपलक्ष्यमा श्रीकृष्णको पूजा सहित २८ तारिक वुधवार आयोजना गरेको तीज कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त भएको छ ।
सिन कोयन्जीको गोदावरी रेष्टुरेन्टमा साँझको ६ बजेबाट आयोजना गरिन लागेको उक्त तीज कार्यक्रमको उद्घाटन नेपाली दूतावास टोकियोका महामहिम राजदूतकी धर्मपत्नीबाट गरिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा तीजे गीत प्रतियोगिता पनि हुने जनाएको छ ।
तीजे गीत प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेहरुलाई साडी पुरस्कार दिइने कार्यक्रम पनि रहेको छ । उक्त पुरस्कारको प्रयोजन इजी लिंक रेमिटेन्सले गर्ने भएको छ । साथसाथै सो कार्यक्रममा गोर्खा सेवा समाजको पनि नैतिक सहयोग हुने बताएको छ ।
लमजुङ जिल्लाबाट विभिन्न पेशा तथा व्यवसायले जापानमा रहेका लमजुङ्गेहरुबीच एक आपसी भाईचाराको सम्बन्ध बढाउने उद्देश्यले केही महिना अगाडि टोकियोमा स्थापना भएको लमजुङ समाजले आयोजना गरेको यो पहिलो कार्यक्रममा सम्पूर्ण तीज पर्वलाई माया गर्ने नेपाली महिला दिदीवहिनीहरुलाई उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गरेको छ । साथै जापानमा रहेका अन्य संघसंस्थाका प्रतिनिधीहरूलाई पनि कार्यक्रममा निमन्त्रणाको लागि पत्राचार गरिसकिएको र कथंकदाचित पत्र प्राप्त नभइसकेको भए यसै समाचारलाई निमन्त्रणाको रूपमा मानि उपस्थित भइदिनु हुनको लागि समाजले अनुरोध गरेको छ ।
कार्यक्रम सम्बन्धी विस्तृत जानकारीः
मितिः २०१३ अगस्ट २८ तारिक (बुधवार)
समयः साँझको ठीक ६ बजेबाट
स्थानः गोदावारी रेष्टुरेन्ट, सिन कोयन्जी (मारुनोउचि लाइन)
विस्तृत जानकारीको लागि सम्पर्कः
गोदावरी रेष्टुरेन्टः 03-3318-4170
ऋतुकुमार दुराः 090-9405-5636
कमला काप्रीः 090-5812-4090
वुद्धिराज घिमिरेः 090-9395-1843
Entry filed under: जापान समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed