लमजुङ समाज टोकियोको तीज कार्यक्रम सम्पन्न
अगस्ट 29, 2013 at 6:54 अपराह्न टिप्पणी छोड्नुहोस्
टोकियो-लमजुङ्ग सेवा समाज जापानले नारीहरुको महान पर्व हरितालिका अर्थात तीजको उपलक्ष्यमा भगवान श्रीकृष्णको पूजा सहित तीज कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष ऋतुकुमार दुराको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन नेपाली दूतावासका महामहिम राजदूतकी धर्मपत्नी श्रीमती अम्विका भट्टराईले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । उद्घाटनपछि कार्यक्रममा सहभागीहरुले नेपाली राष्ट्रिय गान गाएर कार्यक्रमलाई औपचारिकता दिईएको थियो । दुर्इ चरणमा विभाजन गरिएको कार्यक्रममा पहिलो चरणमा भगवान श्रीकृष्णको पूजाआजा गरिएको थियो । पण्डित लिलामणि न्यौपानेद्वारा मन्त्र वाचन गरी सहभागीहरुले विधिवत श्रीकृष्णको पूजाआजा गरे ।
कृष्ण जन्मअष्टमीको अवसरमा यसरी विधिवत रुपमा पूजा गरिएको जापानमा सायद पहिलो भएको पूजामा सहभागीहरुले बताए । भौगोलिक रुपमा आफ्नो जन्मभूमिबाट टाढा रहेर पनि आफ्नो श्रीमानको लामो आयुको कामना सहित कृष्णअष्टमीमा व्रत वसेका नेपाली चेलीहरु विधिवत रुपमा श्रीकृष्णको पूजा गर्न पाउँदा खुशी देखिन्थे ।
गोर्खा सेवा समाजका उपाध्यक्ष कमला काप्रीले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा अन्य मन्तव्य राख्नेहरुमा नारी कुन्ज जापानकी अध्यक्ष छक्कु उदासी, माया नेपाली संगीत संस्थाकी अध्यक्ष युको ओकामोतो मल्ल लगायत रहनुभएको थियो ।
कार्यक्रमको सभापति तथा संस्थाका अध्यक्ष ऋतुकुमार दुराले प्रमुख अतिथि भट्टराईलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
दोस्रो चरणको कार्यक्रम अन्तरगत तीजे नृत्य प्रतियोगिता राखिएको थियो । प्रतियोगितामा ललिता थापा (विष्ट) प्रथम, कमला काप्री द्वीतिय र सृजना पाण्डे तृतीय हुनुभएको थियो । प्रतियोगितामा ११ जना सहभागीहरुको सहभागीता रहेको थियो । निर्णायक मण्डलमा समाजका अध्यक्ष ऋतुकुमार दुरा, यूको ओकामोतो मल्ल, इजी लिंकका प्रोपाइटर तेज अर्याल रहनुभएको थियो । प्रतियोगीतामा प्रथम, द्वीतिय र तृतीय हुने विजेताहरुलाई साडी पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको प्रयोजन इजी लिंक रेमिटेन्सले गरेको थियो ।
कार्यक्रमको अन्तमा सभापतिको आसनबाट अध्यक्ष दुराले केही महिना अगाडि मात्र स्थापना भएको लमजुङ्ग समाजको उद्देश्यको ’boutमा बोल्दै समाजले आयोजना गरेको कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिनुभएको थियो ।
लमजुङ्ग सेवा समाजका महासचिव वुद्धिराज घिमिरेद्वारा सञ्चालित उक्त कार्यक्रम सिनकोयन्जीमा रहेको गोदावरी रेष्टुरेन्टमा सम्पन्न भएको थियो । कार्यक्रममा गोर्खा सेवा समाजको पनि सहकार्य रहेको थियो ।***
Entry filed under: जापान समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed