चोर्न पो डर माग्न के को डर?
सेप्टेम्बर 6, 2013 at 10:10 बिहान टिप्पणी छोड्नुहोस्
चोर्न पो पक्रिएर गोर्खे लौरी लाउने हो कि भन्ने डर माग्न के को डर ? फेरि लाज भन्ने कुरा भए पो डर भन्ने कुरा पनि हुन्छ हैन ? त्यसै माथि पनि जापानी काकाहरूसँग । जापानीहरू त हाम्रा काका समान भाका छन् । हामी पनि उनैका देशमा छौं । हाम्रो नेपाललाई केही चाहिए पनि काकाहरूलाई नै तुरुन्तै खवर । यो गर काका, उ गर काका, मन मनै त भन्दा हौ कस्तो लाज पचेका भाका तर के गर्नु ? तिमी नै हाम्रा दाता । वाटो वनाईदेउ, पुल वनाईदेउ, स्कुल वनाईदेउ, अस्पताल वनाईदेउ गर्दा गर्दा भोट हाल्ने टिनको वाक्सा समेत तिमी नै पठाईदेऊ काका । जावो चुनावमा भोट राख्ने बाकस पनि के माग्यो होला भनेर नभन्नु है काका ! जावो त्यति त आफै वनाउन पनि सक्छौ भन्दा हौ तर हामीलाई वनाउन भन्दा भत्काउन वानी परेको छ । फेरि वनाउन भन्दा माग्नै सजिलो । वनाउनलाई वजेट चाहियो, दिमाग चाहियो तर माग्नलाई केही चाहिएन लाज पचायो सकियो । हुनत चुनाव हुने हो कि होईन यसै भन्न सकिन्न तर माग्ने कुरा भनिराखौं भनेर । यदी चुनाव भैहाल्यो, सोझा जनताले भोट हाल्न पाउने नै भए भने त चाहियो नि भोट माग्ने वाकस त । हामीलाई काकाले दिएको वाकसमा जनताले भोट हाल्छन त्यस पछि हामी तिनै सीधासाधा जनतालाई खाल्डोमा हाल्छौ । अनि जनताले भोट वाकसमा भोट भरे झैं हामी हाम्रो ढुकुटीमा नोट भर्छौं । कसैसँग गाडी मागेका छौं त कसैसँग साडी, कसैसँग कलम मसी मागेका छौं त कसैसँग खसी । खसीको कुराले अचम्म हुनुहोला तर खसी नकाटेसम्म भोट हल्नै आउँदैनन् भन्या जनता । सीधा भन्ने मात्रै हो कम्ता वाठा छन् हाम्रा जनता !
Entry filed under: विचार.
Trackback this post | Subscribe to the comments via RSS Feed