विदेश मोह

सेप्टेम्बर 27, 2013 at 7:54 अपराह्न टिप्पणी छोड्नुहोस्

bideshko-mohaम पनि विदेशबाट नै यो ब्लग लेख्दैछु । नेपालीहरुलाई विदेशको भुत चढेको छ । के युवक, के युवती सबै विदेश । के पढेका के नपढेका सबै विदेश । गाउँघरतिर गयो भने अहिले शुन्य छ, सबै बुढाखाडा मात्रै । विदेश गएर आएकाहरुको कुरै अर्को, उनीहरुको रहनसहन र वोलीचाली नै अर्कै । विदेशमा जस्तोसुकै काम गरोस नेपाल फर्केपछि फूर्ती नै अर्को हुन्छ । त्यही कुराले लोभ्याए पछि जान पर्ने त जाने नै भए विदेश, जान नपर्ने पनि विदेश हानिएका छन् । माथिको फोटो हेर्नुहोला यो कुनै आन्दोलनको भीड होइन । यो विदेश जानको लागि पासपोर्ट बनाउनेको भीड हो । सरकारी तथ्यांक अनुसार रोजगारका लागि प्रतिमिनेट एक युवा विदेशिने गरेको तथ्य पत्ता लागेको छ । त्यो तथ्यांकमा पुनः श्रमस्वीकृति लिनेहरुलाई गणना गरिएको छैन । उनीहरु समेतलाई गणना गर्ने हो भने त दैनिक २ हजारभन्दा बढी नेपालीहरु विदेशिने गरेको पाइएको छ । सबै विदेशिने हो भने देश कस्ले बनाउने हो ? देश फर्क अभियानमा कुनै संघसंस्था वा सरकारको ध्यान कहिले जाला ?

Entry filed under: प्रमुख समाचार.

नेपाली मेला सवैलाई मज्जैमज्जा मेरो फेसबुक …

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

सेप्टेम्बर 2013
सो मं बु बि शु
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

%d bloggers like this: