Archive for अक्टोबर 3, 2013

अल्ट्रालाइट विमान दुर्घटनामा दुइको मृत्यु

plain
पोखरा-पर्यटकलाई दृश्यावलोकनका लागि उडेको अल्ट्रालाइट विमान विहीवार बिहान ९ बजे पुग्दीभुम्दी गाविसको शान्तिस्तूप डाँडामा दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विमानचालक क्याप्टेन स्टेभेन श्रेष्ठ र र चिनियाँ पर्यटक जुन लियु छन् । सख्त घाइते भएपछि उनीहरुलाई उपचारार्थ चरक अस्पतालमा ल्याइएको थियो । घाइते दुइको उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरामा आज बिहानैदेखि पानी परेको र डाँडाकाँडा कुहिरोले ढाकेकोले विमान सन्तुलनमा लिन नसक्दा खसेको अनुमान प्रहरीले गरेको छ ।

अक्टोबर 3, 2013 at 4:24 अपराह्न टिप्पणी छोड्नुहोस्

बिम्बहरूसँग सरुभक्त…

जुलुसमा कुनै झण्डा छैन
’cause बहुलाही आमाहरुको कुनै झण्डा हुँदैन
जुलुसमा कुनै नारा छैन
किनकी बहुलाही आमाहरुको कुनै नारा हुँदैन
सम्सुद्दीनका आक्रमणहरुदेखि बेखबर
पशुपतिनाथ र स्वयम्भूनाथका बाँदरहरु
पिंजडामा तित्रा बोकेर
छाती भरिभरि
छातीमा नअटाउने गरी
‘मञ्जूश्रीपट्ट’ का विशिष्ट पदकहरु टाँसेर
भण्डारखालतर्फ कूचमार्च गर्दा
जंगबहादुरहरुको छालाको शिकार खेल्न
देशमा बहुलाही आमाहरुको जुलुस निस्केको छ…
‘ बहुलाही आमाहरुको जुलुस’ शीर्षकको यो कविता समकालीन नेपाली साहित्यमा सर्वाधिक सशक्त, सिर्जनशील र क्रियाशील हस्ताक्षरका रुपमा परिचित सरुभक्तको हो। पोखरामा स्थापित साहित्यकार सरुभक्त सरोकार केन्द्रले आइतबार राजधानीमा आयोजना गरेको ‘बिम्बहरुका साथ सरुभक्त’ नामक एकल कविता वाचनमा कवि सरस्वती प्रतिक्षाले उक्त कविता वाचन गरेकी थिइन्। करिब दुई दर्जन कविता वाचन गरेर सरुभक्तले राजधानीका साहित्यिक मनहरुलाई घरी भावुक बनाए त घरी इतिहास सम्झाए। अनि कुनै कविताले कीर्तिपुर र काठमाडौंको सेरोफेरोको सफर गराए त कुनै कविताले पोखरा र मुक्तिनाथसम्म पुयाए। (धेरै…)

अक्टोबर 3, 2013 at 3:52 अपराह्न टिप्पणी छोड्नुहोस्

मेरो फेसबुक …

पोखराबाट निस्कने समाधान राष्ट्रिय दैनिक म विदेशमा बसेपनि दैनिक जसो हेर्ने गर्दछु । जुन पत्रिका स्थापनाको लागि आफ्नो पनि त्यतिकै मायाँ र लगाब रहेको पत्रिकालाइ मायाँ नगर्ने त कुरै भएन । पहिले पहिले समाधानको वेभ पेज बनिसकेको थिएन । तर अहिले वेभपेज खोलेर पत्रिकाको पिडिएफ फाइल अपलोड गरेपछि त हामी जहाँ सुकै भए पनि पत्रिका नै पढे जसरी पत्रिका हेर्न पाउँनु खुशीको कुरा हो ।
समाधानमा काम गर्ने बेलामा कहिलेकाहीं यसो लेख रचना लेख्ने गर्दथें । त्यसपछि यता आएपछि कहिले काहीं नेपाल जाँदा साथीहरू भेटन जाने भन्दा अरू बढी केही हुँदैनथ्यो । तर आज समाधान हेर्दा मेरो फेसबुक वाल समाधानको फेसबुक स्तम्भमा छनोट भएको रहेछ । हाँसो पनि लाग्यो, खुशी पनि लाग्यो । जे होस् समाधानले यतिखेर पुरानै पेज संख्यामा फर्किएर नयाँ नयाँ स्तम्भहरू राखेकोमा खुशी तथा बधाइ छ । थुप्रै पाठकहरूको मन जित्दै जाअोस् । यही कामना छ । facebook

अक्टोबर 3, 2013 at 3:34 अपराह्न टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

अक्टोबर 2013
सो मं बु बि शु
 123456
78910111213
14151617181920
21222324252627
28293031