मेलामा जान खोज्ने केटाकेटीलाइ घाँस काटन पठाएर हुन्छ त ?
अक्टोबर 31, 2013 at 1:07 अपराह्न टिप्पणी छोड्नुहोस्
अभिभावकले लगाएको काम खुरुखुरु नगर्ने केटाकेटी के काम ? उ लिएर आइज भने कुन्नी के जाति लिएर आउने केटाकेटी भए पछि भविष्यमा गरिखाला भनेर कसरी भन्ने ? घाँस काटन भनेर डोको दिएर पठायो डोको चुहिने छ भनेर रित्तै डोको लिएर फर्केपछि अभिभावकलाई कस्तो भयो होला अनुमान लगाउनुहोस त ।
अहिले नेपालीहरुको दोस्रो महान पर्व दीपावली सँगसँगै देशमा अर्को चाड आएको छ दोस्रो संविधान सभाको चुनाव । चाडै भनेर त भन्नु पर्यो नि यसलाई पनि एक किसिमले । सबै नेपालीहरु कुनै न कुनै पार्टीमा लागेकै छन । चुनावी कार्यकर्तालाई मासुचिउराको व्यवस्था त नेताले गर्नै पर्यो । दिनदिनै मासु चिउरा खान पाउने भएपछि चाडवाड सरह नै भयो भनौं । देशमा चुनावी गर्मी बढीरहेको बेला एकाथरी भने हामी चुनाव हुनै दिंदैनौ भनेर लागि परेका थिए । हाम्रा वैद्य वाले आफनो पार्टीका सबै कार्यकर्ताहरुलाई जसरी हुन्छ चुनाव भाँडनु भन्ने निर्देशन दिएका थिए । चुनावको सक्रिय वहिष्कार गर्ने निर्णयसहित झडप र चुनाव प्रसारमा अवरोध शुरु गरेका वैद्य वाका चेलाहरु यतिखेर वैद्य वाले दिनुभएको निर्देशन नै फिर्ता पठाएर अन्य पार्टीको चुनाव प्रचारमा लागेको खबरहरु आएको छ । वैद्य वा पनि त्यस्तै हुन क्या । केटाकेटीहरुलाई चाडवाडको बेलामा घाँस काटन पठाएर पनि हुन्छ त ? माथि नै भनिसकियो चुनाव अहिले चाडवाड जसरी सबैको घरदैलोमा आएको छ । त्यही चाडवाडको अवसरमा रमाइलो गरी भोट माग्न जान चाहेका कार्यकर्ताहरुलाई अर्को काममा लगाए पछि पनि कहीं हुन्छ त ? मेला हेर्न जान मन लागेको केटाकेटीलाई घाँस काटन पठाउँदा के हुन्छ ? त्यो सबैलाई थाहा भएको कुरा हो, डोका सोका एकातिर हुर्याएर मेलामा नै जान्छन नि केटाकेटी त हुन ।
त्यसैजसो कार्यकर्ताले केन्द्रबाट दिएको सर्कुलर त्रुटीपूर्ण छ भनेर सर्कुरल नै वैद्य वालाई फर्काइदिएका छन । यो सर्कुलर ठीक छैन । हुनत वाले भनेको कुरा ठीक थियो कि थिएन त्यो जेसुकै होस तर केटाकेटीलाई मेलामा जान मन लागेको थियो । केटाकेटीको इच्छा नबुझी घाँस काटन पठाएपछि केटाकेटीले डोकै चुहिने छ भनेर आफूहरु मेलामा नै रमाइरहेको सुन्दा बैद्य वालाई कस्तो भयो होला भनेर यो पंक्तिकारलाई पनि केही वेर सोच्न मन लाग्यो । आखिर ‘किन चाम्रिएको मरिच, आफ्नै रागले’ भन्नु भन्दा अरु के नै भन्न सकिन्छ र ?
Entry filed under: अनुभव.
Trackback this post | Subscribe to the comments via RSS Feed