Archive for नोभेम्बर, 2013

पोखरामा जमीन भासियो, पोखरावासी त्रासमा

पोखरा-पोखराको उत्तरी भेगमा पर्ने अर्मलास्थित मजुवा खहरेमा जमीन भासिएर भ्वाङ पर्न थालेपछि स्थानीयवासीहरूमा गाउँ नै भासिएर जाने हो कि भन्ने त्रास उत्पन्न भएको छ । त्यसो त पोखराको अन्य ठाउँमा वसोवास गर्नेहरूमा पनि त्रास उत्पन्न गराएको छ ।

जमीन भासिएर भ्वाङ पर्न थालेपछि यतिखेर ५० घर परिवार विस्थापित हुने अवस्थामा रहेको छ । अघिल्लो दिनहरूमा परेका भ्वाङ बढ्दै जानु मात्र नभइ नयाँ ठाउँमा अन्य भ्वाङ देखिंदै जानुले अझै त्रास फैलाएको हो । ‘कम होला भन्दा झन-झन बढ्दै गइरहेको छ, यसले गाउँलेहरूमा भयको वातावरण सृजना गरेको छ’-अर्मला गाविसका सचिव रामचन्द्र पौडेलले भने । केही परिवारले घरका सामान अन्तै सारेका छन् भने केही परिवारका दिउँसो मात्रै घर आउने र राती आफन्तकोमा वास वस्न जाने गरेको स्थानीयहरू बताउँछन् ।

घरको ’roundमात्रै नभइ भान्सामानै भ्वाङ परेपछि घर नछाडेर के गर्नु? पूर्णकुमारी विकले त्रासपूर्ण भावमा भनिन । भ्वाङ परेका ठाउँमा कतै पानी जमेर इनारजस्तो बनेको छ त कतै सुख्खा प्वाल देख्न सकिन्छ । (धेरै…)

नोभेम्बर 30, 2013 at 3:22 अपराह्न टिप्पणी छोड्नुहोस्

लाहुरे वेलायतमा, जग्गा अर्कैको नाममा

 पोखरा-‘सोझाको एक दाउ, ठगको सय दाउ’ भन्ने उखान यतिखेर नेपालमा हावी भएको छ । विशेष गरी लाहुरेहरूको शहर भनेर चिनिने पोखरामा यतिखेर विदेशमा भएका लाहुरेहरूका जग्गा ठगहरूले जाली कागजपत्र बनाइ वेचविखन गर्ने धन्दा फस्टाएको छ ।

वेलायत सरकारले भूतपूर्व गोर्खाहरूलाइ वेलायतमा स्थायी बसोबासको अवसर दिएपछि लाहुरेहरू स-परिवार वेलायतिर लागेका छन् । कतिपयले आफ्नो नाममा भएको घरजग्गा आफन्तको जिम्मामा लगाएका छन् भने कतिपयको घरजग्गा विना रेखदेख त्यसै थन्किराखेको अवस्था छ । यही अवस्थाको फाइदा उठाउँदै  ठगहरूले नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा विक्री गरेको घटनाहरू बढ्न थालेका छन् । लालपूर्जा मात्र नभइ नागरिकता नै नक्कली बनाएर अर्कैको जग्गा बेचेको अभियोगमा काभ्रे बन्थलीका कृष्ण र उनलाइ सहयोग गरेकी अनिता शर्मा यतिखेर जेलको हावा खाँदै छन् । त्यसो त उनका अन्य सहयोगी सहित मुख्य योजनाकार भने अझै वेपत्ता रहेको अवस्था छ । (धेरै…)

नोभेम्बर 30, 2013 at 2:00 अपराह्न टिप्पणी छोड्नुहोस्

जापानकै जस्तो घर अब नेपालमा ठडिने

japanese-houseपोखरा-विकासले आकाश चुमे पनि, शहरमा ठूला-ठूला गगनचुम्वी महलहरू ठडिए पनि विदेशीका लागि जापान भन्ने वित्तिकै झट्टै मानस्पटलमा आउने कुरा हो ‘सुसी’ र एकै खालका चिटिक्क परेका खेलाउना जस्ता स-साना घर । एउटै डिजाइनका, एउटै रंगका अनि सानो घरभित्र सबै कुराको सुविधा हेर्दा पनि औधी राम्रा हुन्छन् । त्यसो त यी जापानी प्रविधीका घरहरू अब नेपाली भूमिमा पनि ठडिने भएका छन् । नेपाल र नेपालीका लागि उयुक्त हुने विश्वासका साथ जापानी प्रविधिका घरहरू नेपालमै निर्माण गरिन लागेको हो । सस्तो, बलियो र खतरामुक्त यस्ता घरबाट नेपालका मध्यम तथा उच्च वर्गीय नेपालीले फाइदा उठाउने निर्माणकर्ताको दावी छ । यतिखेर पोखराका युवा सुन्दर पौडेलले घर निर्माणको जापानी प्रविधि नेपाल भित्र्याएका हुन् । नेपाल इस्सुइसा प्रालि स्थापना गरेर उनले काठ र स्टिलबाट घर तथा भवनहरू बनाउने प्रविधिको सुरुवात गरेका हुन् । कम्पनीले लेखनाथ बुढीबजारमा काठ र स्टिलबाट घर तथा भवन तयार गरिसकेको छ । ६० वर्षभन्दा लामो समयदेखि घरजग्गा तथा निर्माण व्यवसायमा सक्रिय जापानी कम्पनी इस्सुइसा कर्पोरेसनको सहकार्यमा पौडेलले उक्त प्रविधि नेपालमा भित्र्याएका हुन् । जापानमै इन्जिनियरिङ पढेर त्यहीं व्यावसायिक अनुभवसमेत हाँसिल गरेका उनले न्यूनतम मूल्यमा बन्ने काठ तथा स्टिलबाट निर्मित घर भूकम्प प्रतिरोधात्मक पनि हुने जानकारी दिए । ‘नेपालमा चलन चल्तीमा रहेको निर्माण प्रविधिको सट्टा वातावरणमैत्री र मानवीय स्वास्थ्य अनुकूल घर निर्माण गर्ने नेपाल इस्सुइसा प्रालिको उद्देश्य हो,’ पत्रकार सम्मेलनमा उनले भने । (धेरै…)

नोभेम्बर 28, 2013 at 9:00 अपराह्न टिप्पणी छोड्नुहोस्

चुनावमा घरघडेरी सके, हारेपछि तिहारपछिको जुवाडे झैं एकोहोरिएका छन्…

यसपालीको निर्वाचनमा करोडौं रुपैयाँ खर्च गरेर पनि दर्जनौं उम्मेदवारले हार व्यहोर्नुपर्यो । कसैले चुनाव जित्न पुर्खाको सम्पत्ति नै बेचे भने कसैले जग्गा धितो राखेर बैंकबाट ऋण लिए । निर्वाचन जितेपछि कमाउँला भन्ने आशले करोडौं खर्च गरेका उम्मेद्वार हारेपछि भने पुर्पुरोमा हात राखेर झोक्राइरहेका छन् । बेफ्वाँकमा घर र जग्गा गुमाएर निर्वाचनमा भाग लिएकाहरु अहिले हारेको जुवाडे झैं भएका छन् । कसैको घर उड्यो, कसैको जग्गा लिलाम हुँदैछ । धादिङ क्षेत्र नम्बर ३ एमाले उम्मेदवार राजेन्द्र पाण्डेदेखि भक्तपुरका काँग्रेस उम्मेदवार रामेश्वर ढुंगेलसम्मले चुनावमा घर जग्गा बेचेका रोचक खबरहरु धमाधम प्राप्त भइरहेका छन् । पाण्डेद्वारा गत मंसिर ८ गते धादिङको मलेखु खोलाको बगर अर्थात् मलेखु दोभानमा ठूलै पिकनिकको आयोजना गरियो । त्यो पिकनिकमा कुल २ सय किलो मासु पुग्ने खसीहरु ढालिएका थिए । रक्सीको छेलोखेलो थियो । पिकनिकमा सहभागी हुन कृष्णभिरदेखी नौविसेसम्मका मानिस ओइरिएका थिए । त्यो पिकनीक अरु कसैले हैन, धादिङ क्षेत्र नम्बर ३ बाट संविधानसभामा निर्वाचित एमाले नेता राजेन्द्रप्रसाद पाण्डेले आयोजना गरेका थिए । राजेन्द्र पाण्डेले मंसिर ८ गते आयोजना गरेको पिकनिक यो चुनावी अभियानको अन्तिम भोज भत्तेर थियो । पाण्डेले निर्वाचन आउनु एक महिना अघिदेखि नै धादिङका विभिन्न गाउँहरुमा यस्तै खालको भोज भतेर लगाए । धादिङ क्षेत्र नम्बर ३ मा लेकतिर रहेका दुर्गम गाउँमा पुगेर राजेन्द्रले राँगा भैसी ढाल्न लगाए । चेपाङ वस्तीहरुमा पुगेर जनही पाँच-पाँच हजार रुपैयाँ बाँडेको उनकै निकट कार्यकर्ता बताउँछन् । ‘व्यक्ति व्यक्तिलाई पैसा बाँडनु पर्यो । (धेरै…)

नोभेम्बर 28, 2013 at 4:42 अपराह्न टिप्पणी छोड्नुहोस्

साठी वर्षपछि आफु बच्चामा साटिएको थाहा पाएपछि…

टोकियो-केटाकेटीमा कहिलेकाहीं ख्यालख्यालमै तँ त हाम्रो सन्तान होइनस् भनेर वावा आमाले भन्दा हामी कति दुःखी हुन्थ्यौं । ‘होइन, होइन ख्याल ख्यालमा भनेको तँ त हाम्रै सन्तान होस’ भनेर नभनेसम्म हामी रोइरहन्थ्यौं । दाजुभाईको त कुरै छाडौं आफ्नै बाबु आमाले त्यसो भने पछि मन नदुख्ने पनि त कुरै आएन । तर यहाँ कुरो एकछिनको पनि होइन अनि ख्यालख्यालको पनि ।
जापानमा यतिखेर चर्चाको विषय बनेको छ ६० वर्षअगाडि जन्मेको बच्चा साटिएर अहिले त्यो सत्यकुराको रहस्य खुलेको । त्यस्तो पत्याउनै नसकिने सिनेमाको कहानीजस्तो घटनाको रहस्य जापानी अदालतले भर्खरै सार्वजनिक गरेको छ । टोकियो जिल्ला अदालतले त्यस्तो लापरवाही गर्ने अस्पताललाई जरिवाना पनि गरेको छ ।

घटना अनुसार करिव आजभन्दा ६० वर्षअगाडि टोकियोको सुमिदा कुमा रहेको सानइकुखाई अस्पतालमा जन्मेको दुइ शिशु जन्मपश्चात साटिन पुगेको थियो । उक्त कुराको वास्तविकता वाहिर आएपछि ६० वर्षीय उक्त व्यक्तिले आफूलाई मनमा लागेका कुराहरु पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन् । उनले भने-‘सकिन्थ्यो भने म ६० वर्षपछाडि फर्कन चाहन्थें र आफ्नै वावाआमाको साथमा हुर्कन चाहन्थें ।’ त्यसो त उनले आफूलाई हुर्काउने अभिभावकलाई पनि उत्तिकै धन्यवाद भने । (धेरै…)

नोभेम्बर 28, 2013 at 2:55 अपराह्न टिप्पणी छोड्नुहोस्

होइन चुनाव त सकिइसकेछ क्या हो ?

निर्वाचन आउनु अझै २ दिन पुरा बाँकी छ । तर नेपाल निर्वाचन आयोजको होम पेजमा त संविधान सभा सदस्य निर्वाचन २०७० त ०० दिन बाँकी भनेर पो देखाउँछ त वावै । कि मैले त्यस्तो देखेको हो ? तपाई पनि एक पटक चेक गर्नुहोस त । यो के अचम्म हो ? हिजो राती म सुतिराखेको बेलामा निर्वाचन सकिईसकेछ कि क्या हो ? म त झसंगै भएँ बा ।

nirbachan
अनि फेरि मतदाता नामावलीमा मेरो नाम छ कि छैन भनेर यसो हेर्न खोजेको त यस्तो पो आउँछ त …. । त्यहाँ लेखिएको छ, जिल्ला, गाविस र वडा छान्नुहोस् नदेखिएमा Ctrl+F5 क्लिक गर्नुहोस् अरे । क्या हसाउँछ वा । Click गर्ने कि Press हो ? निर्वाचन आयोजको ताल त यस्तो छ चुनावको ताल कस्तो होला ?

error-name-list

 

नोभेम्बर 16, 2013 at 12:24 अपराह्न टिप्पणी छोड्नुहोस्

कस्ता छन् त नेपालका खानेकुराहरूको अवस्था ?

नेपालीहरुको दोस्रो महान पर्व तिहार आगनकै डिलमा आईसक्यो । यतिवेला के गाउँ के शहरबजार जताजतै मानिसहरु तिहारको रमझममा रमाएका छन । आफ्नो गच्छेले भ्याए सम्मको मेसोमेलो मिलाएर, मीठा-मीठा खाने कुरा जुटाएर वर्षमा एक पटक आउने चाडवाड मनाउने तयारी गरिरहेका छन । विशेष गरी तिहारको पर्व मिठाइका परिकारहरु खाने चाडले पनि चिनिन्छ । तपाईहरु मध्ये पनि कतिपय यस पटकको तिहारमा मिठाइ खाएर तिहार मनाउने योजनामा हुनुहुन्छ भने एकैछिन यो हेर्नुस अनि सोच्नुस । के तपाईले खाने मिठाइहरु साँच्चिकै स्वास्थ्यको हिसावले खाना लायक छन त ?
भर्खरै नेपाल खाद्य प्रविधि तथा गुण विभागले खाद्य पदार्थको गुणस्तर कायम गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको थियो । दशैं, तिहार, छठ लगायतका नेपाली मुख्य चाडहरुको अवसरमा खाद्य वस्तुहरुको विक्री पनि बढी नै हुने हुनाले यस वेला व्यवसायीहरुबाट लापरवाही गर्ने सम्भावना रहेकोले यो अवसरमा वर्षोनी अनुगमन टोलि खटाइन्छ । केही वर्षअगाडि पनि नेपाली मनहरुले मन पराएको लोकप्रिय मिठाइमध्येको गुँदपाकमा गरिएको लापरवाहीलाई अनुगमन टोलिले उदाङ्गो पारेपछि सबै मान्छेले जिब्रो टोकेका थिए । यसपटक पनि विभागले छापा मार्दा भेटिएका लापरवाहीहरुको केही नमूना हेर्नुस । यो हेर्दा के तपाईले दैनिक उपभोग गर्ने खाद्य पदार्थहरु साँच्चै सुरक्षित छन् त ? (धेरै…)

नोभेम्बर 1, 2013 at 8:09 अपराह्न टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

नोभेम्बर 2013
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
252627282930