कस्ता छन् त नेपालका खानेकुराहरूको अवस्था ?
नोभेम्बर 1, 2013 at 8:09 अपराह्न टिप्पणी छोड्नुहोस्
नेपालीहरुको दोस्रो महान पर्व तिहार आगनकै डिलमा आईसक्यो । यतिवेला के गाउँ के शहरबजार जताजतै मानिसहरु तिहारको रमझममा रमाएका छन । आफ्नो गच्छेले भ्याए सम्मको मेसोमेलो मिलाएर, मीठा-मीठा खाने कुरा जुटाएर वर्षमा एक पटक आउने चाडवाड मनाउने तयारी गरिरहेका छन । विशेष गरी तिहारको पर्व मिठाइका परिकारहरु खाने चाडले पनि चिनिन्छ । तपाईहरु मध्ये पनि कतिपय यस पटकको तिहारमा मिठाइ खाएर तिहार मनाउने योजनामा हुनुहुन्छ भने एकैछिन यो हेर्नुस अनि सोच्नुस । के तपाईले खाने मिठाइहरु साँच्चिकै स्वास्थ्यको हिसावले खाना लायक छन त ?
भर्खरै नेपाल खाद्य प्रविधि तथा गुण विभागले खाद्य पदार्थको गुणस्तर कायम गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको थियो । दशैं, तिहार, छठ लगायतका नेपाली मुख्य चाडहरुको अवसरमा खाद्य वस्तुहरुको विक्री पनि बढी नै हुने हुनाले यस वेला व्यवसायीहरुबाट लापरवाही गर्ने सम्भावना रहेकोले यो अवसरमा वर्षोनी अनुगमन टोलि खटाइन्छ । केही वर्षअगाडि पनि नेपाली मनहरुले मन पराएको लोकप्रिय मिठाइमध्येको गुँदपाकमा गरिएको लापरवाहीलाई अनुगमन टोलिले उदाङ्गो पारेपछि सबै मान्छेले जिब्रो टोकेका थिए । यसपटक पनि विभागले छापा मार्दा भेटिएका लापरवाहीहरुको केही नमूना हेर्नुस । यो हेर्दा के तपाईले दैनिक उपभोग गर्ने खाद्य पदार्थहरु साँच्चै सुरक्षित छन् त ?
Entry filed under: प्रमुख समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed