चुनावमा घरघडेरी सके, हारेपछि तिहारपछिको जुवाडे झैं एकोहोरिएका छन्…

नोभेम्बर 28, 2013 at 4:42 अपराह्न टिप्पणी छोड्नुहोस्

यसपालीको निर्वाचनमा करोडौं रुपैयाँ खर्च गरेर पनि दर्जनौं उम्मेदवारले हार व्यहोर्नुपर्यो । कसैले चुनाव जित्न पुर्खाको सम्पत्ति नै बेचे भने कसैले जग्गा धितो राखेर बैंकबाट ऋण लिए । निर्वाचन जितेपछि कमाउँला भन्ने आशले करोडौं खर्च गरेका उम्मेद्वार हारेपछि भने पुर्पुरोमा हात राखेर झोक्राइरहेका छन् । बेफ्वाँकमा घर र जग्गा गुमाएर निर्वाचनमा भाग लिएकाहरु अहिले हारेको जुवाडे झैं भएका छन् । कसैको घर उड्यो, कसैको जग्गा लिलाम हुँदैछ । धादिङ क्षेत्र नम्बर ३ एमाले उम्मेदवार राजेन्द्र पाण्डेदेखि भक्तपुरका काँग्रेस उम्मेदवार रामेश्वर ढुंगेलसम्मले चुनावमा घर जग्गा बेचेका रोचक खबरहरु धमाधम प्राप्त भइरहेका छन् । पाण्डेद्वारा गत मंसिर ८ गते धादिङको मलेखु खोलाको बगर अर्थात् मलेखु दोभानमा ठूलै पिकनिकको आयोजना गरियो । त्यो पिकनिकमा कुल २ सय किलो मासु पुग्ने खसीहरु ढालिएका थिए । रक्सीको छेलोखेलो थियो । पिकनिकमा सहभागी हुन कृष्णभिरदेखी नौविसेसम्मका मानिस ओइरिएका थिए । त्यो पिकनीक अरु कसैले हैन, धादिङ क्षेत्र नम्बर ३ बाट संविधानसभामा निर्वाचित एमाले नेता राजेन्द्रप्रसाद पाण्डेले आयोजना गरेका थिए । राजेन्द्र पाण्डेले मंसिर ८ गते आयोजना गरेको पिकनिक यो चुनावी अभियानको अन्तिम भोज भत्तेर थियो । पाण्डेले निर्वाचन आउनु एक महिना अघिदेखि नै धादिङका विभिन्न गाउँहरुमा यस्तै खालको भोज भतेर लगाए । धादिङ क्षेत्र नम्बर ३ मा लेकतिर रहेका दुर्गम गाउँमा पुगेर राजेन्द्रले राँगा भैसी ढाल्न लगाए । चेपाङ वस्तीहरुमा पुगेर जनही पाँच-पाँच हजार रुपैयाँ बाँडेको उनकै निकट कार्यकर्ता बताउँछन् । ‘व्यक्ति व्यक्तिलाई पैसा बाँडनु पर्यो । घ्याम्पाभरी रक्सी बोकेर गाउँ गाउँमा बाँडदै हिँड्नुपर्यो । कसलाई के चाहिन्छ, त्यो सबै पुरा गर्नुपर्यो’, पाण्डेको प्रचारमा सहभागी एक कार्यकर्ता भन्छन्, ‘यति गर्दा पनि नजितेको भए पाण्डे सरको बिजोग हुन्थ्यो ।’ पूर्व शिक्षक, सहकारी आन्दोलनका अगुवा एवं धादिङका चर्चित नेता पाण्डेलाई पनि यसपाली चुनाव जित्न करोडौं खर्च गर्नुपर्यो । पाण्डेले चुनाव त जिते, तर जितको यो खुशीमा पाण्डेका आफ्नै बेदना छन् । यो जितका लागि पाण्डेले करोडौं क्षती व्यहोर्नुपर्यो । पाण्डेले निर्वाचन खर्चका लागि भनेर निर्वाचन आउनु दुई महिनाअघि मात्र स्वयम्भूस्थित अढाई रोपनी जग्गासहितको घर बेचेका थिए । पाण्डेको प्रचारमा सहभागी एक कार्यकर्ताका अनुसार पार्टीले ‘जसरी पनि जित्नुपर्छ, पछि मन्त्री बनाउँला, खर्च उठिहाल्छ’ भन्ने आश्वासन दिएपछि पाण्डेले मन कुँडाएर भए पनि स्वयम्भूको घर करीब ६ करोड रुपैयाँमा बेचेका हुन् । निर्वाचनमा उनको करीव ५ करोड रुपैयाँ खर्च भएको छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारले १० लाख मात्र खर्च गर्ने सीमा तोकेको थियो । पाण्डेका प्रतिस्पिर्धी तथा एमाओवादी मजदुर नेता शालिकराम जम्मरकट्टेलले पनि चुनावी खर्च बोराबाट पैसा निकालेर चलाउने गरेको उनका कार्यकर्ता बताउँछन् । पाण्डेजस्तै जम्मरकट्टेलले घर–जग्गा त बेच्नु परेन बरु आफ्नो संगठनमार्फत् देशभरका हाइप्रोफाइल उद्योगी व्यवसायीसँग मोटै रकम चन्दा स्वरुप उठाएका थिए । पुर्खेली जग्गा गुम्यो भक्तपुर–२ बाट विजयी नेपाली कांग्रेसका रामेश्वर ढुंगेलले पनि कटुञ्जे गाविसस्थित पुख्र्यौली १० आना जग्गा बेचेर चुनाव लडेका रहेछन् । उनले परिवार बस्ने घर मात्र बाँकी राखेर जग्गा बेचेका हुन् । चुनावमा उनले डेढ करोड रुपैयाँ खर्च गरेको उनकै प्रचारमा लागेका कार्यकर्ता बताउँछन् । रामेश्वर आफना कार्यकर्तालाई भन्न थालेका छन्, ‘चुनाव त जितियो, सभासद मात्र भएर त खर्च उठाउन गाह्रो छ, मन्त्री त हुनैपर्छ । सहायक मन्त्री भए पनि चल्छ ।’ यसरी चुनावमा करोड खर्च गर्नेहरु दर्जनौं उम्मेदवार छन् । चुनाव जित्नेलाई त मन बुझाउने आधार होला, तर हार्नेहरुको कन्तविजोक छ । चुनाव सकिए पछि तिहारमा जुवा हारेर रन्थन्निएका जुवाडे झैं भएका छन्, एकोहोरिएका छन् । झापा क्षेत्र नम्बर पाँचका एमाले उम्मेदवार एलपी साँवाले हार व्यहोर्नुपर्यो । अहिले उनको घरमा रुवाबासी छ । उनले यसपाली चुनावमा करोडभन्दा बढी खर्च गरेका थिए । महोत्तरी–३ का एमाओवादी उम्मेदवार रामआधार कापड बैंकबाट जग्गा धितो राखेर ३० लाख ऋण लिएका थिए । उनी पनि हारेका छन् । संखुवासभा–२ का कांग्रेस उम्मेदवार जलविद्युत व्यवसायी दीपक खड्काले त झन् चुनावकै नाममा २५ करोड रुपैयाँमा हाइड्रोपावर नै बेचे । अहिले खड्काको घरमा पनि कोलाहल छ । झापा–६ का एमाओवादी उम्मेदवार पुष्प ढकालले पनि चुनावकै लागि गौरादहस्थित खेत ४० लाख रुपैयाँमा बेचे, तर हारे । झापास्थिति एमाओवादीकै एक जिल्ला स्तरीय नेता भन्छन्, ‘ढकाल कमरेडले पनि झण्डै करोडको खर्च गर्नुभयो, उहाँका प्रतिस्पर्धीले त ती गुणै बढी खर्च गरेर चुनाव आफ्नो हातमा पारे । (साभारः रातोपाटी)
**************************************************************************
यसरी पैसा खर्च गरेर चुनाव जितेपछि अब खर्च गरेको पैसा उठाउन पट्टी लाग्ने कि जनता र देशको सेवामा ? 

Entry filed under: प्रमुख समाचार.

साठी वर्षपछि आफु बच्चामा साटिएको थाहा पाएपछि… जापानकै जस्तो घर अब नेपालमा ठडिने

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

नोभेम्बर 2013
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
252627282930  

%d bloggers like this: