जापानकै जस्तो घर अब नेपालमा ठडिने

नोभेम्बर 28, 2013 at 9:00 अपराह्न टिप्पणी छोड्नुहोस्

japanese-houseपोखरा-विकासले आकाश चुमे पनि, शहरमा ठूला-ठूला गगनचुम्वी महलहरू ठडिए पनि विदेशीका लागि जापान भन्ने वित्तिकै झट्टै मानस्पटलमा आउने कुरा हो ‘सुसी’ र एकै खालका चिटिक्क परेका खेलाउना जस्ता स-साना घर । एउटै डिजाइनका, एउटै रंगका अनि सानो घरभित्र सबै कुराको सुविधा हेर्दा पनि औधी राम्रा हुन्छन् । त्यसो त यी जापानी प्रविधीका घरहरू अब नेपाली भूमिमा पनि ठडिने भएका छन् । नेपाल र नेपालीका लागि उयुक्त हुने विश्वासका साथ जापानी प्रविधिका घरहरू नेपालमै निर्माण गरिन लागेको हो । सस्तो, बलियो र खतरामुक्त यस्ता घरबाट नेपालका मध्यम तथा उच्च वर्गीय नेपालीले फाइदा उठाउने निर्माणकर्ताको दावी छ । यतिखेर पोखराका युवा सुन्दर पौडेलले घर निर्माणको जापानी प्रविधि नेपाल भित्र्याएका हुन् । नेपाल इस्सुइसा प्रालि स्थापना गरेर उनले काठ र स्टिलबाट घर तथा भवनहरू बनाउने प्रविधिको सुरुवात गरेका हुन् । कम्पनीले लेखनाथ बुढीबजारमा काठ र स्टिलबाट घर तथा भवन तयार गरिसकेको छ । ६० वर्षभन्दा लामो समयदेखि घरजग्गा तथा निर्माण व्यवसायमा सक्रिय जापानी कम्पनी इस्सुइसा कर्पोरेसनको सहकार्यमा पौडेलले उक्त प्रविधि नेपालमा भित्र्याएका हुन् । जापानमै इन्जिनियरिङ पढेर त्यहीं व्यावसायिक अनुभवसमेत हाँसिल गरेका उनले न्यूनतम मूल्यमा बन्ने काठ तथा स्टिलबाट निर्मित घर भूकम्प प्रतिरोधात्मक पनि हुने जानकारी दिए । ‘नेपालमा चलन चल्तीमा रहेको निर्माण प्रविधिको सट्टा वातावरणमैत्री र मानवीय स्वास्थ्य अनुकूल घर निर्माण गर्ने नेपाल इस्सुइसा प्रालिको उद्देश्य हो,’ पत्रकार सम्मेलनमा उनले भने ।

उनका अनुसार जापानमा चलनचल्तीमा रहेको ‘टु बाई फोर’ प्रविधि बमोजिम निर्माण गर्दा छोटो समयमा घर तथा भवन तयार गर्न सकिन्छ । यो प्रविधिअनुसार काठ वा स्टिल अथवा कंक्रिटको संरचनामा घर तथा भवन निर्माण गर्न सकिने जानकारी पनि पौडेलले दिए । ‘उपभोक्ताको चाहना र आवश्यकता हेरी तिनैथरी विधिको मिश्रण (हाइब्रिड) समेत गरी निर्माण गर्न सकिन्छ,’ उनले भने । आफ्नो कम्पनी नाफामूलक भए पनि सामाजिक उत्तरदायित्वको अभिभारा सम्झेर ‘सबैका लागि घर’ भन्ने उद्देश्य राखेको उनले बताए । न्यूनआय भएका ग्रामीण क्षेत्रका उपभोक्ताका लागि विशेष सहुलियत मूल्यमा घर निर्माण गर्ने प्रतिबद्धता पौडेलले जनाएका छन् । उनले सस्तोमा १० लाखदेखि महङ्गोमा ५० लाख सम्मका घर बनाउने योजना सुनाउदै एक महिनादेखि ३ महिना भित्रमा घर तयार बनाइदिने बताए ।कम्पनीले सस्तोभन्दा सस्तोमा घर एवम् भवनको निर्माण तथा डिजाइन गर्ने जनाइएको छ । ‘हामी निजी आवासदेखि ठुला-ठुला संस्थागत भवन, कार्यालय, अस्पताल, स्कुल तथा विलासी होटल, रिसोर्ट र भिल्लाहरू निर्माण गर्नेछौं । हामी परम्परागत प्रविधिको निर्माणमा लाग्नेभन्दा ७० प्रतिशत कम समयमा निर्माण पुरा गर्न सक्छौं,’ कम्पनीद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ । इस्सुइसा कम्पनीले टु बाई फोर प्रविधिका घरमा काठको अत्यधिक प्रयोग हुने हुनाले वातावरण संरक्षणका लागि वृक्षारोपण अभियानलाई पनि सँगसँगै लैजाने उद्देश्य राखेको छ । नेपालमै उत्पादित काठ लगायत कच्चा पदार्थ प्रयोगमा ल्याई निर्माण क्षेत्रमा दिगो विकास गर्ने कम्पनीको लक्ष्य रहेको छ । संसारका विकसित मुलुकमा काठका घरको निर्माण गर्ने चलन भएको कम्पनी प्रमुख पौडेलले बताए । उनका अनुसार जापान, अमेरिका, बेलायत लगायत युरोपका थुप्रै मुलकमा ८० प्रतिशतजसो घरहरू काठ र स्टिलबाट बनेका हुन्छन् । तर त्यस विपरीत नेपालमा कंक्रिट बाहुल्य घर तथा भवन निर्माणले गति लिइरहेकाले समृद्ध देशहरूकै निर्माण प्रविधि नेपालमा भित्र्याउन कम्पनी नेपालमा स्थापना गरेको उनले बताए ।***

Entry filed under: प्रमुख समाचार.

चुनावमा घरघडेरी सके, हारेपछि तिहारपछिको जुवाडे झैं एकोहोरिएका छन्… लाहुरे वेलायतमा, जग्गा अर्कैको नाममा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

नोभेम्बर 2013
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
252627282930  

%d bloggers like this: