साठी वर्षपछि आफु बच्चामा साटिएको थाहा पाएपछि…

नोभेम्बर 28, 2013 at 2:55 अपराह्न टिप्पणी छोड्नुहोस्

टोकियो-केटाकेटीमा कहिलेकाहीं ख्यालख्यालमै तँ त हाम्रो सन्तान होइनस् भनेर वावा आमाले भन्दा हामी कति दुःखी हुन्थ्यौं । ‘होइन, होइन ख्याल ख्यालमा भनेको तँ त हाम्रै सन्तान होस’ भनेर नभनेसम्म हामी रोइरहन्थ्यौं । दाजुभाईको त कुरै छाडौं आफ्नै बाबु आमाले त्यसो भने पछि मन नदुख्ने पनि त कुरै आएन । तर यहाँ कुरो एकछिनको पनि होइन अनि ख्यालख्यालको पनि ।
जापानमा यतिखेर चर्चाको विषय बनेको छ ६० वर्षअगाडि जन्मेको बच्चा साटिएर अहिले त्यो सत्यकुराको रहस्य खुलेको । त्यस्तो पत्याउनै नसकिने सिनेमाको कहानीजस्तो घटनाको रहस्य जापानी अदालतले भर्खरै सार्वजनिक गरेको छ । टोकियो जिल्ला अदालतले त्यस्तो लापरवाही गर्ने अस्पताललाई जरिवाना पनि गरेको छ ।

घटना अनुसार करिव आजभन्दा ६० वर्षअगाडि टोकियोको सुमिदा कुमा रहेको सानइकुखाई अस्पतालमा जन्मेको दुइ शिशु जन्मपश्चात साटिन पुगेको थियो । उक्त कुराको वास्तविकता वाहिर आएपछि ६० वर्षीय उक्त व्यक्तिले आफूलाई मनमा लागेका कुराहरु पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन् । उनले भने-‘सकिन्थ्यो भने म ६० वर्षपछाडि फर्कन चाहन्थें र आफ्नै वावाआमाको साथमा हुर्कन चाहन्थें ।’ त्यसो त उनले आफूलाई हुर्काउने अभिभावकलाई पनि उत्तिकै धन्यवाद भने ।

१९५३ साल ३ महिना ३० तारिखको राती सानइकुखाई अस्पतालमा एक नवजात शिशुको जन्म हुन्छ, त्यसैको १३ मिनेट पछि सोही अस्पतालमा अर्कै महिलाबाट फेरि अर्को शिशु जन्मिन पुग्छ । ती दुइ नवजात शिशुको सरसफ़ाई पछि के कारणले साटिन पुग्यो त्यो कारण भने अझै खुल्न आएको छैन । सुन्दा लाग्छ यो एक सिनेमाको कहानी जस्तो तर वास्तविकता ।
अहिले ६० वर्ष पुगेका ती व्यक्तिको पालनपोषण पनि आफ्नो वावा आमासँग नभई अर्को परिवारमा भयो । दुइ वर्षको उमेरमा साटिएर गएको घरमा वावाको मृत्यु भएपछि ४ जनाको परिवारमा आर्थिक समस्याले च्यापेको अनि नाजुक आर्थिक अवस्थाकै कारण निम्नमाध्यमिक तहसम्म अध्ययन गरेपछि काम गर्न वाध्य भएको कुरा उनले बताएका छन् । ६० वर्ष पुगेका उनी अहिले पनि एक कम्पनीमा ट्रक ड्राइभरको काम गरिरहेका छन् ।
त्यसैगरी उनीसँग साटिएर गएका व्यक्तिको भने राम्रोसँग लालनपालन भएको, सभ्रान्त परिवारमा गनिने घरमा शिक्षादिक्षा पनि राम्रै प्राप्त गरेको बुझिएको छ । उक्त परिवारमा हुर्केका ४ जना छोराछोरी कलेजको अध्ययन सकेर कति त अहिले कम्पनीको मालिक बनेका छन् ।

६० वर्ष अगाडि साटिएर आर्थिक अवस्था कमजोर घरमा परेका सो व्यक्तिले आफ्नो वाल्यकाल सम्झँदै पत्रकार सम्मेलनमा भने-‘कहिलेकाहीं आमाले दाजुलाई वावाजस्तो र भाइलाई आफ़ु जस्तो छ अनुहार भएको तर मलाई भने  तं को जस्तो ?’ भनेर अनौठो पारामा सोध्ने गरेको घटनाको  स्मरण गरे । शारीरिक बनावट, उचाइ तथा अनुहारको भिन्नतामा कत्तिपनि मेल नखाएपछि सो व्यक्तिको वास्तविक दाजुभाइले अस्पतालमा भएको कागजपत्रहरुको आधारमा २००९ सालमा डिएनए परीक्षण गरेपछि जन्मने बेलामा साटिएको कुराको रहस्य खुलेको हो ।

एकपटक अनुहार देख्न सम्म नपाएका आफ्नो वावाआमाको फोटो देखेर उनको महिनौं आँसु नथामिएको बताउँछन् । यही २६ तारिख अस्पतालको तर्फबाट गल्ती भएको स्वीकार गरी ३ करोड ८० लाख (३ हजार ८ सय मान) जापानी येन जरिवाना तिर्ने सुनुवाई भएको  बुझिएको

Entry filed under: जापान समाचार.

होइन चुनाव त सकिइसकेछ क्या हो ? चुनावमा घरघडेरी सके, हारेपछि तिहारपछिको जुवाडे झैं एकोहोरिएका छन्…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

नोभेम्बर 2013
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
252627282930  

%d bloggers like this: