पोखरामा जमीन भासियो, पोखरावासी त्रासमा

नोभेम्बर 30, 2013 at 3:22 अपराह्न टिप्पणी छोड्नुहोस्

पोखरा-पोखराको उत्तरी भेगमा पर्ने अर्मलास्थित मजुवा खहरेमा जमीन भासिएर भ्वाङ पर्न थालेपछि स्थानीयवासीहरूमा गाउँ नै भासिएर जाने हो कि भन्ने त्रास उत्पन्न भएको छ । त्यसो त पोखराको अन्य ठाउँमा वसोवास गर्नेहरूमा पनि त्रास उत्पन्न गराएको छ ।

जमीन भासिएर भ्वाङ पर्न थालेपछि यतिखेर ५० घर परिवार विस्थापित हुने अवस्थामा रहेको छ । अघिल्लो दिनहरूमा परेका भ्वाङ बढ्दै जानु मात्र नभइ नयाँ ठाउँमा अन्य भ्वाङ देखिंदै जानुले अझै त्रास फैलाएको हो । ‘कम होला भन्दा झन-झन बढ्दै गइरहेको छ, यसले गाउँलेहरूमा भयको वातावरण सृजना गरेको छ’-अर्मला गाविसका सचिव रामचन्द्र पौडेलले भने । केही परिवारले घरका सामान अन्तै सारेका छन् भने केही परिवारका दिउँसो मात्रै घर आउने र राती आफन्तकोमा वास वस्न जाने गरेको स्थानीयहरू बताउँछन् ।

घरको ’roundमात्रै नभइ भान्सामानै भ्वाङ परेपछि घर नछाडेर के गर्नु? पूर्णकुमारी विकले त्रासपूर्ण भावमा भनिन । भ्वाङ परेका ठाउँमा कतै पानी जमेर इनारजस्तो बनेको छ त कतै सुख्खा प्वाल देख्न सकिन्छ ।

स्थलगत अनुगमन गरेका भूगोलका प्राध्यापक डा. कृष्ण केसीले कालीखोलाले ल्याएको पाँगो माटोले त्यहाँको भूगोल बनेको र खहरेखोला आसपास ढाँपिलो खेत रहेको बताए । उक्त क्षेत्रमा ४-५ फिट चुनयुक्त तह रहेको र खहरे तथा घरबाट निस्केको पानीले कमेरो तह खियाएपछि यस्तो समस्या देखिएको बताउँछन् ।पानीले कमेरोको तह बगाएर लगेपछि भ्वाङ पर्नु स्वभाविकै हो, खोला तथा घरबाट निस्केको पानीलाइ जमीनभित्र छिर्न नदिनु नै तत्कालको उपाय रहेको केसीले बताए ।

घरको जगमै खाल्डो परेपछि त्रसित बनेका हिमलाल आचार्यले त्रास र तनावमा नै दिनरात विताउनु परेको बताए । ‘भ्वाङ परेर घरको जग नै देखिएको छ, ढुंगा गिटी हालेर खाल्डो पुर्न थालेको छु तर त्यसले के हुन्थ्यो’-उनले भने, ‘रातभिर पनि पहिरो गएजस्तो आवाज सुनिन्छ, यसले त झनै त्रास बढायो ।’ उनले एक वर्ष अगाडि मात्रै २ तले पक्की घर बनाएका थिए ।

स्मरण रहोस् हरेक वर्ष सेती नदी भासिंदै गएको अवस्थालाइ हेर्ने हो भने पनि पोखराको भविष्य खतरा रहेको भूगोल विद्हरूको भनाइ छ ।

Entry filed under: प्रमुख समाचार.

लाहुरे वेलायतमा, जग्गा अर्कैको नाममा थसेसको भलिवल प्रतियोगिता सम्पन्न, प्रथम पुरस्कार यस वर्ष पनि गल्कोटकै पोल्टामा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

नोभेम्बर 2013
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
252627282930  

%d bloggers like this: