Archive for डिसेम्बर, 2013
शुरू गर्यो गुगुलले नेपाली भाषाको अनुवाद पनि…
गुगलले नेपाली भाषाको अनुवाद शुरू गरेको छ । शब्द, वाक्यदेखि ग्रामर सबै ट्याक्कै नमिले पनि नेपाली भाषालाइ संसारको अन्य ७९ भाषाहरूमा परिवर्तन गरेर हेर्न भने सकिने भएको छ ।
सायद अहिले देखिएको कमीकमजोरीहरू विस्तारै सच्चिंदै जानेछन् । कस्तो अनुवाद गर्दछ त हेर्नुहोस् केही उदाहरणहरू ।
जुम्लामा १२ प्रतिशत घरपरिवार शौचालयको पहुँच बाहिर
जुम्ला- जुम्लाका करिब १२ प्रतिशत घरपरिवार अहिले पनि शौचालयको पहुँच बाहिर रहेको एक सूचकले देखाएको छ ।
जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय जुम्ला र एसएनभी नेपालको समन्वयमा जुम्लाका सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा आगामी फागुन २४ गते जुम्लालाई खुला दिसामुक्त जिल्ला घोषणाका लागि सञ्चारमाध्यमबाट चाल्नु पर्ने भूमिका र प्रवाह गर्नुपर्ने सन्देशका विषयमा छलफल भएको छ ।
अन्तरक्रियामा जिल्लाका ३० वटा गाविसका २१७ बस्तीमा २१ हजार ४९९ घरधुरी सङ्ख्या रहेको छ । जसमा १८ हजार ९२८ (करिब ८८ प्रतिशत) घरधुरीमा मात्र शौचालयको पहुँच रहेको एसएनभी नेपालका खानेपानी तथा स्वास्थ्य सरसफाइ सल्लाहकार गोविन्द रोकायले बताउनुभयो ।
अहिले जुम्लामा २३ वटा गाविस दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने बाँकी सात गाविस पनि घोषणा हुने तीव्र तयारीमा छन् । हुम्ला, मुगु र डोल्पा जिल्लामा आठ/आठ वटा गाविस मात्र दिसामुक्त क्षेत्र घोषणा भएका छन् ।
सरसफाइका दृष्टिकोणले अन्य जिल्लाभन्दा जुम्ला धेरै अगाडि छ । जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय र एसएनभी नेपालले गाविस सचिव, विद्यालय स्रोत व्यक्ति र सञ्चारकर्मीसँगको अन्तरक्रिया तथा छलफलबाट आएका सुझाव सल्लाहलाई राष्ट्रिय सरसफाइ गुरुयोजना २०६८ को मर्म पूरा गर्नमा सहयोग मिल्ने जनाएको छ ।
थसेसको भलिवल प्रतियोगिता सम्पन्न, प्रथम पुरस्कार यस वर्ष पनि गल्कोटकै पोल्टामा
टोकियो-थकाली सेवा समिति जापानको आयोजनामा यही डिसेम्बर १ तारिक टोकियोमा भएको ‘दोस्रो मैत्रीपूर्ण भलिवल प्रतियोगिता’मा गल्कोट समाज, जापानले प्रथम स्थान हासिल गरेको छ भने तमुधीं जापान दोस्रो भएको छ ।
प्रथम हुने गल्कोट समाजले प्रथम पुरस्कार स्वरूप एक लाख येन (१० मान), शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी दोस्रो हुने तमुधीं जापानले पचास हजार येन (५ मान), शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । १३ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा पहिलो चरणबाट नै निकै सनसनीपूर्ण खेलहरू भएको थियो । त्यसो त गल्कोट समाज अघिल्लो वर्षको विजेता टिम हो भने तमुधीं जापान यस वर्ष नयाँ शक्तिको रूपमा उदाएको छ । यस वर्ष तमुधींले प्राप्त गरेको दोस्रो उपाधि अघिल्लो वर्ष म्याग्देली सञ्जालले प्राप्त गरेको थियो । यस वर्षको वेस्टप्लेयर उपाधि तमुधींका खेलाडी समर मगरले हात पारे ।
थकाली सेवा समितिका अध्यक्ष शरद कुमार गौचनको सभापतित्वमा सम्पन्न भएको उक्त प्रतियोगिताका प्रमुख अतिथि नेपाली दुतावासका राजदूत डा. मदनकुमार भट्टराई हुनुहुन्थ्यो । त्यसैगरी विशेष अतिथिमा टोकियो नाकानो भलिवल एसोसिएसन जापानका उपाध्यक्ष मुनेता सेचुको रहनुभएको थियो ।
प्रतियोगिताको पहिलो चरणमा सभापतिले कार्यक्रमको ’boutमा जानकारी राख्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिले खेलको उद्घाटन गर्नुभएको थियो ।
खेलको अन्त्यमा प्रथम हुने टिमका खेलाडीहरूलाइ शिल्ड, मेडल तथा प्रमाणपत्रको हस्तान्तरण एनआरएन आईसीसी सदस्य तथा निवर्तमान एनआरएन अध्यक्ष, ओम गुरुङले गर्नुभएको थियो भने देस्रो हुने टिमका खेलाडीहरूलाइ माया नेपाली संगीत संस्थाका अध्यक्ष युको ओकामोतोले प्रदान गर्नुभएको थियो । (धेरै…)