जुम्लामा १२ प्रतिशत घरपरिवार शौचालयको पहुँच बाहिर
डिसेम्बर 2, 2013 at 4:38 अपराह्न टिप्पणी छोड्नुहोस्
जुम्ला- जुम्लाका करिब १२ प्रतिशत घरपरिवार अहिले पनि शौचालयको पहुँच बाहिर रहेको एक सूचकले देखाएको छ ।
जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय जुम्ला र एसएनभी नेपालको समन्वयमा जुम्लाका सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा आगामी फागुन २४ गते जुम्लालाई खुला दिसामुक्त जिल्ला घोषणाका लागि सञ्चारमाध्यमबाट चाल्नु पर्ने भूमिका र प्रवाह गर्नुपर्ने सन्देशका विषयमा छलफल भएको छ ।
अन्तरक्रियामा जिल्लाका ३० वटा गाविसका २१७ बस्तीमा २१ हजार ४९९ घरधुरी सङ्ख्या रहेको छ । जसमा १८ हजार ९२८ (करिब ८८ प्रतिशत) घरधुरीमा मात्र शौचालयको पहुँच रहेको एसएनभी नेपालका खानेपानी तथा स्वास्थ्य सरसफाइ सल्लाहकार गोविन्द रोकायले बताउनुभयो ।
अहिले जुम्लामा २३ वटा गाविस दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने बाँकी सात गाविस पनि घोषणा हुने तीव्र तयारीमा छन् । हुम्ला, मुगु र डोल्पा जिल्लामा आठ/आठ वटा गाविस मात्र दिसामुक्त क्षेत्र घोषणा भएका छन् ।
सरसफाइका दृष्टिकोणले अन्य जिल्लाभन्दा जुम्ला धेरै अगाडि छ । जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय र एसएनभी नेपालले गाविस सचिव, विद्यालय स्रोत व्यक्ति र सञ्चारकर्मीसँगको अन्तरक्रिया तथा छलफलबाट आएका सुझाव सल्लाहलाई राष्ट्रिय सरसफाइ गुरुयोजना २०६८ को मर्म पूरा गर्नमा सहयोग मिल्ने जनाएको छ ।
Entry filed under: समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed