थसेसको भलिवल प्रतियोगिता सम्पन्न, प्रथम पुरस्कार यस वर्ष पनि गल्कोटकै पोल्टामा
डिसेम्बर 2, 2013 at 1:33 अपराह्न टिप्पणी छोड्नुहोस्
टोकियो-थकाली सेवा समिति जापानको आयोजनामा यही डिसेम्बर १ तारिक टोकियोमा भएको ‘दोस्रो मैत्रीपूर्ण भलिवल प्रतियोगिता’मा गल्कोट समाज, जापानले प्रथम स्थान हासिल गरेको छ भने तमुधीं जापान दोस्रो भएको छ ।
प्रथम हुने गल्कोट समाजले प्रथम पुरस्कार स्वरूप एक लाख येन (१० मान), शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी दोस्रो हुने तमुधीं जापानले पचास हजार येन (५ मान), शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । १३ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा पहिलो चरणबाट नै निकै सनसनीपूर्ण खेलहरू भएको थियो । त्यसो त गल्कोट समाज अघिल्लो वर्षको विजेता टिम हो भने तमुधीं जापान यस वर्ष नयाँ शक्तिको रूपमा उदाएको छ । यस वर्ष तमुधींले प्राप्त गरेको दोस्रो उपाधि अघिल्लो वर्ष म्याग्देली सञ्जालले प्राप्त गरेको थियो । यस वर्षको वेस्टप्लेयर उपाधि तमुधींका खेलाडी समर मगरले हात पारे ।
थकाली सेवा समितिका अध्यक्ष शरद कुमार गौचनको सभापतित्वमा सम्पन्न भएको उक्त प्रतियोगिताका प्रमुख अतिथि नेपाली दुतावासका राजदूत डा. मदनकुमार भट्टराई हुनुहुन्थ्यो । त्यसैगरी विशेष अतिथिमा टोकियो नाकानो भलिवल एसोसिएसन जापानका उपाध्यक्ष मुनेता सेचुको रहनुभएको थियो ।
प्रतियोगिताको पहिलो चरणमा सभापतिले कार्यक्रमको ’boutमा जानकारी राख्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिले खेलको उद्घाटन गर्नुभएको थियो ।
खेलको अन्त्यमा प्रथम हुने टिमका खेलाडीहरूलाइ शिल्ड, मेडल तथा प्रमाणपत्रको हस्तान्तरण एनआरएन आईसीसी सदस्य तथा निवर्तमान एनआरएन अध्यक्ष, ओम गुरुङले गर्नुभएको थियो भने देस्रो हुने टिमका खेलाडीहरूलाइ माया नेपाली संगीत संस्थाका अध्यक्ष युको ओकामोतोले प्रदान गर्नुभएको थियो ।
त्यसैगरी थसेसका अध्यक्ष तथा कार्यक्रमका सभापति शरद कुमार गौचनले सर्वोत्कृष्ट खेलाडी, रेफ्री, चिआरलेडिज डान्सरहरूलाइ प्रशंसा पत्र तथा खादार्पण गर्नुभएको थियो ।
निकै नै मैत्रीपूर्ण खेल खेलेका खेलाडीहरूलाइ दर्शकहरूको पनि तालीका पर्राले उत्तिकै हौसला दिएका थिए । खेलको विचविचमा चिआरलेडिहरूद्वारा विभिन्न किसिमका डान्स प्रस्तुति भएको थियो ।
स्मरण रहोस, स्वर्गिय डा.योगेन तुलाचनको स्मृतिमा आयोजना भएको यस प्रतियोगिताबाट संकलित
रकमले थसेस जापानकै आयोजनामा स्व. तुलाचनको जन्मस्थान मुस्ताङ जिल्लाको बिभिन्न गाविसमा नि:शुल्क स्वास्थ शिविर सञ्चालन गर्नुका साथै स्वास्थ्य परीक्षणमा सहभागीहरूलाई नि:शुल्क उपचार र औषधी बितरण गरिने योजना रहेको जनाइएको छ ।
Entry filed under: जापान समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed