हाम्रो ’boutमा

समय लगाम नभएको घोडा हो । समय लिंडे ढिपी भएको मान्छे जस्तै हो । एकोहोरो आफ्नै गतिमा वितिरहेको हुन्छ । यसलाई कसैको वास्ता पनि हुँदैन । यसलाई कसैको वास्ता गर्ने फुर्सद् पनि हुँदैन । अरुको चासो राख्न जान्दैन पनि । यही समयको हुरीले जता जता उडाउँछ हामी नाथे पतिंगर पनि उतै उतै वत्तिईराख्छौं । साँचै वास्तवमा चारमाना माटो र एक टुक्रा आकाशसम्म पनि आफ्नो भन्ने नभए तापनि सारा संसार नै मेरो हो भनेर गर्वका साथ छाति फुलाएर हिडिरहन्छ मान्छे । लडाईमा जितेको सिपाही झैं —- तर वास्तविकता अर्कै छ, सँधै जितिरहँदैन मान्छे । एक दिन जीवनबाटै हार्छ अनि वेपत्ता भएर जान्छ मान्छे । खै के नियम हो यो – सँधै जित्छ जित्छ अनि एकै पटकमा सबै हार्छ मान्छे कहिल्यै नजित्ने गरेर—- सँधै सँधैको लागि । तैपनि तँ पोइला गै हाल्छेस, म मरी हाल्छु भन्ने आमा छोरीको कथाको पात्र बन्न चाहँदैन मान्छे । मान्छेको असली स्वाभाव लोभ हो । एउटा पशुले लोभ गर्छ केवल एक पेट भर्नको लागि तर मान्छे लोभ गर्छ आफू पँूजीले मोटाएर दुब्लोमाथि शासन गर्नको लागि । अर्कोतिर लोभ नै विकासको जननी हो । मान्छे कहिल्यै सन्तुष्टि हुँदैन । प्रत्येक दिन एशियामा एउटा मृग जन्मन्छ र उसलाई यो थाहा छ कि उ सबै भन्दा छिटो दौडने बाघ भन्दा छिटो दौडनु पर्दछ, अन्यथा उसलाई वाघले खान्छ । र फेरि प्रत्येक दिन एशियामा एउटा बाघ जन्मन्छ, उसलाई यो पनि थाहा छ कि उ सबै भन्दा छिटो दौडने मृग भन्दा पनि छिटो दौडनु पर्दछ अन्यथा उ भोकै मर्नु पर्दछ । हुनत दुई सत्यलाई हेर्ने हाम्रो बानी छैन र कहिल्यै हुँदैन होला पनि । एउटा गिलासमा आधा पानी हुनु भनेको त्यहाँ दुइ कुरा सत्य हुनु हो । पहिलो भनेको गिलासमा आधा पानी छ दोस्रो भनेको गिलास आधा खाली छ । यी दुई कुरा सत्य हुन् तर हामी गिलासको आधा खालीलाई देखेर चित्त बुझाउन सक्दैनौ फगत आधा पानीलाई हेरेर मन दुखाउँछौं । तर आजको यो युग प्रतिस्पर्धाको युग हो । विज्ञानको युग हो । मृग झैं वाघको शिकार बन्न पनि चाहँदैन मान्छे, बाघ झैं भोकै मर्न पनि चाहँदैन मान्छे । आजको यो कम्प्युटरको विकासले यो सिंगो संसारलाई नै एउटा कम्प्यूटरको स्क्रीनमा सीमित गरिदिएको छ । कोठामा बसी बसी संसारको ’boutमा जानकारी लिन, संसारको कुना कुनामा रहेका आफन्तहरुसँग धोको फेरुन्जेल कुरा गर्न सबै यही विकासको फल नै हो भन्दा अत्युत्ति नहोला । त्यसैले हामीले पनि सूचना जगतका विविध कुराहरुको जानकारी सबै सामु पुरयाउँ भन्ने धेयले यो पेज बनाईएको छ । कृपया यसमा भएका कमी कमजोरीहरुलाई हेरेर हामीलाई सुझाव पठाईदिनु भए हामी आभारी हुनेछौ । धन्यवाद ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


%d bloggers like this: