Posts filed under ‘जापान समाचार’

थसेसको भलिवल प्रतियोगिता सम्पन्न, प्रथम पुरस्कार यस वर्ष पनि गल्कोटकै पोल्टामा

टोकियो-थकाली सेवा समिति जापानको आयोजनामा यही डिसेम्बर १ तारिक टोकियोमा भएको ‘दोस्रो मैत्रीपूर्ण भलिवल प्रतियोगिता’मा गल्कोट समाज, जापानले प्रथम स्थान हासिल गरेको छ भने तमुधीं जापान दोस्रो भएको छ ।

प्रथम हुने गल्कोट समाजले प्रथम पुरस्कार स्वरूप एक लाख येन (१० मान), शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी दोस्रो हुने तमुधीं जापानले पचास हजार येन (५ मान), शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । १३ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा पहिलो चरणबाट नै निकै सनसनीपूर्ण खेलहरू भएको थियो । त्यसो त गल्कोट समाज अघिल्लो वर्षको विजेता टिम हो भने तमुधीं जापान यस वर्ष नयाँ शक्तिको रूपमा उदाएको छ । यस वर्ष तमुधींले प्राप्त गरेको दोस्रो उपाधि अघिल्लो वर्ष म्याग्देली सञ्जालले प्राप्त गरेको थियो । यस वर्षको वेस्टप्लेयर उपाधि तमुधींका खेलाडी समर मगरले हात पारे ।
IMG_8036थकाली सेवा समितिका अध्यक्ष शरद कुमार गौचनको सभापतित्वमा सम्पन्न भएको उक्त प्रतियोगिताका प्रमुख अतिथि नेपाली दुतावासका राजदूत डा. मदनकुमार भट्टराई हुनुहुन्थ्यो । त्यसैगरी विशेष अतिथिमा टोकियो नाकानो भलिवल एसोसिएसन जापानका उपाध्यक्ष मुनेता सेचुको रहनुभएको थियो ।

प्रतियोगिताको पहिलो चरणमा सभापतिले कार्यक्रमको ’boutमा जानकारी राख्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिले खेलको उद्घाटन गर्नुभएको थियो ।

खेलको अन्त्यमा प्रथम हुने टिमका खेलाडीहरूलाइ शिल्ड, मेडल तथा प्रमाणपत्रको हस्तान्तरण एनआरएन आईसीसी सदस्य तथा निवर्तमान एनआरएन अध्यक्ष, ओम गुरुङले गर्नुभएको थियो भने देस्रो हुने टिमका खेलाडीहरूलाइ माया नेपाली संगीत संस्थाका अध्यक्ष युको ओकामोतोले प्रदान गर्नुभएको थियो । (धेरै…)

डिसेम्बर 2, 2013 at 1:33 अपराह्न टिप्पणी छोड्नुहोस्

साठी वर्षपछि आफु बच्चामा साटिएको थाहा पाएपछि…

टोकियो-केटाकेटीमा कहिलेकाहीं ख्यालख्यालमै तँ त हाम्रो सन्तान होइनस् भनेर वावा आमाले भन्दा हामी कति दुःखी हुन्थ्यौं । ‘होइन, होइन ख्याल ख्यालमा भनेको तँ त हाम्रै सन्तान होस’ भनेर नभनेसम्म हामी रोइरहन्थ्यौं । दाजुभाईको त कुरै छाडौं आफ्नै बाबु आमाले त्यसो भने पछि मन नदुख्ने पनि त कुरै आएन । तर यहाँ कुरो एकछिनको पनि होइन अनि ख्यालख्यालको पनि ।
जापानमा यतिखेर चर्चाको विषय बनेको छ ६० वर्षअगाडि जन्मेको बच्चा साटिएर अहिले त्यो सत्यकुराको रहस्य खुलेको । त्यस्तो पत्याउनै नसकिने सिनेमाको कहानीजस्तो घटनाको रहस्य जापानी अदालतले भर्खरै सार्वजनिक गरेको छ । टोकियो जिल्ला अदालतले त्यस्तो लापरवाही गर्ने अस्पताललाई जरिवाना पनि गरेको छ ।

घटना अनुसार करिव आजभन्दा ६० वर्षअगाडि टोकियोको सुमिदा कुमा रहेको सानइकुखाई अस्पतालमा जन्मेको दुइ शिशु जन्मपश्चात साटिन पुगेको थियो । उक्त कुराको वास्तविकता वाहिर आएपछि ६० वर्षीय उक्त व्यक्तिले आफूलाई मनमा लागेका कुराहरु पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन् । उनले भने-‘सकिन्थ्यो भने म ६० वर्षपछाडि फर्कन चाहन्थें र आफ्नै वावाआमाको साथमा हुर्कन चाहन्थें ।’ त्यसो त उनले आफूलाई हुर्काउने अभिभावकलाई पनि उत्तिकै धन्यवाद भने । (धेरै…)

नोभेम्बर 28, 2013 at 2:55 अपराह्न टिप्पणी छोड्नुहोस्

लमजुङ समाज टोकियोको तीज कार्यक्रम सम्पन्न

lamjungटोकियो-लमजुङ्ग सेवा समाज जापानले नारीहरुको महान पर्व हरितालिका अर्थात तीजको उपलक्ष्यमा भगवान श्रीकृष्णको पूजा सहित तीज कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष ऋतुकुमार दुराको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन नेपाली दूतावासका महामहिम राजदूतकी धर्मपत्नी श्रीमती अम्विका भट्टराईले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । उद्घाटनपछि कार्यक्रममा सहभागीहरुले नेपाली राष्ट्रिय गान गाएर कार्यक्रमलाई औपचारिकता दिईएको थियो । दुर्इ चरणमा विभाजन गरिएको कार्यक्रममा पहिलो चरणमा भगवान श्रीकृष्णको पूजाआजा गरिएको थियो । पण्डित लिलामणि न्यौपानेद्वारा मन्त्र वाचन गरी सहभागीहरुले विधिवत श्रीकृष्णको पूजाआजा गरे ।
कृष्ण जन्मअष्टमीको अवसरमा यसरी विधिवत रुपमा पूजा गरिएको जापानमा सायद पहिलो भएको पूजामा सहभागीहरुले बताए । भौगोलिक रुपमा आफ्नो जन्मभूमिबाट टाढा रहेर पनि आफ्नो श्रीमानको लामो आयुको कामना सहित कृष्णअष्टमीमा व्रत वसेका नेपाली चेलीहरु विधिवत रुपमा श्रीकृष्णको पूजा गर्न पाउँदा खुशी देखिन्थे ।
गोर्खा सेवा समाजका उपाध्यक्ष कमला काप्रीले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा अन्य मन्तव्य राख्नेहरुमा नारी कुन्ज जापानकी अध्यक्ष छक्कु उदासी, माया नेपाली संगीत संस्थाकी अध्यक्ष युको ओकामोतो मल्ल लगायत रहनुभएको थियो ।
कार्यक्रमको सभापति तथा संस्थाका अध्यक्ष ऋतुकुमार दुराले प्रमुख अतिथि भट्टराईलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो । (धेरै…)

अगस्ट 29, 2013 at 6:54 अपराह्न टिप्पणी छोड्नुहोस्

लमजुङ सेवा समाजको तीजे कार्यक्रमको सम्पूर्ण तयारी पूरा

टोकियो-लमजुङ सेवा समाज जापानले नारीहरुको महान पर्व हरितालिका अर्थात तीजको उपलक्ष्यमा श्रीकृष्णको पूजा सहित २८ तारिक वुधवार आयोजना गरेको तीज कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त भएको छ ।

सिन कोयन्जीको गोदावरी रेष्टुरेन्टमा साँझको ६ बजेबाट आयोजना गरिन लागेको उक्त तीज कार्यक्रमको उद्घाटन नेपाली दूतावास टोकियोका महामहिम राजदूतकी धर्मपत्नीबाट गरिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा तीजे गीत प्रतियोगिता  पनि हुने जनाएको छ ।

तीजे गीत प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेहरुलाई साडी पुरस्कार दिइने कार्यक्रम पनि रहेको छ । उक्त पुरस्कारको प्रयोजन इजी लिंक रेमिटेन्सले गर्ने भएको छ । साथसाथै सो कार्यक्रममा गोर्खा सेवा समाजको पनि नैतिक सहयोग हुने बताएको छ ।
(धेरै…)

अगस्ट 27, 2013 at 7:37 अपराह्न टिप्पणी छोड्नुहोस्

ओठ तालु सुक्यो ए-नारान उम्मेदवारहरूको…

e-nrnएनआरएनको उम्मेदवारहरुको यतिखेर ओठ तालु सुकेको अवस्था छ । पोष्टल भोटको लागि निर्वाचन कमिटीले मतपत्र मतदाताहरुको घरमा पठाईसकेको अवस्थामा यतिखेर मत पत्र पुग्ने क्रम पनि जारी रहेको बुझिएको छ । टोकियो भन्दा टाढा टाढाको क्षेत्रहरुमा अझै मतपत्र नपुगेको गुनासोहरु पनि सुनिएको छ । ओसाका, नागोया लगायतका क्षेत्रहरुमा सामुहिक भोट हालेको तथ्यहरु पनि खुलेको छ । मतदाताले आफनो घरमै बसेर आफूलाई मन परेको व्यक्तिलाई भोट दिने व्यवस्थाको लागि पोष्टल भोटको व्यवस्था गरिएको थियो ।
पोष्टल भोट खुसुक्क आफुलाई मन परेको व्यक्तिलाई दिन पाइने मत भए तापनि मतदाताहरु आफू आफूमा सल्लाह गरेर भोट हाल्ने सुरसार गरेको बुझिएको छ । त्यसो त एकछापे भोट पर्न सक्ने कारणले कतिपय उम्मेदवारहरुलाई चिन्ताको विषय बनेको छ ।
हेरौ केही दिनमा नै नजिता त थाहा होला अनि साँच्चै मत हाल्न पाउनेहरुले मत पनि हाल्नुभयो होला । हाल्नुहोला । तर अहिले लाइ साँचिकै मतदान गर्न नपाउनेहरूलाइ भनेर मतदानको व्यवस्था गरिएको छ । एकछिनलाई तपाई पनि भोट हाल्ने भए आउनुहोस भित्र । (धेरै…)

अगस्ट 23, 2013 at 5:42 अपराह्न 1 comment

सिन ओकुवोमा नाइजेरियन पुरूषको चर्तिकला

sinokuboनाइजेरियन एक पुरूषले आज दिउँसो सिन ओकुवोमा चर्तिकला देखाएका छन् । उनबाटै सुनिएको गुनासो अनुसार आफूलाइ विदेशी भएकै कारण जापानी प्रहरीले वाराम्वार चेक गर्ने गरेकोले आफूलाइ रिस उठेको कुरा बताएका छन् । उनको श्रीमती पनि जापानी र जापानीसँग विवाह गरेर लामो समय भएको कुरा गरेका छन् । त्यसो त उनको छोरी पनि १३ वर्ष भएको कुरा उनले सबैलाइ सुनाए । तर कतिले बुझे बुझेनन् भगवान जानून तर मलाइ पनि जापानी प्रहरीले वाराम्वार चेक गरेर हैरानी पार्ने गर्दछ । उसले वारमाथि चढेर तल झर्न मान्दै मान्दैन । पुलिसले जति फकाए पनि तल झर्दैन । नेपालमा भए गोर्खे लौरी लगाईहाल्थे । उ आफै नओर्लिएसम्म पुलिसहरू केही नगरी पर्खेरै वसे ।
(धेरै…)

जुलाई 10, 2013 at 7:11 अपराह्न टिप्पणी छोड्नुहोस्

पाउरोटीमा सियो राख्ने पक्राउ परे

panटोकियो-जापानको चिवा प्रान्तको नागारेयामासी एदोगावादाईनिसीमा रहेको कम्बिनी स्टोर्समा विक्रीको लागि राखिएको पाउरोटीमा सियो राख्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका २८ वर्षीय तोमोया नागाकीले उक्त क्षेत्रमा रहेको आठवटा भन्दा बढी पसलहरूमा रहेको खाध्य पदार्थमा सियो घुसाएका थिए । उनलाई सेक्युरिटी क्यामेराले खिचेको भिडियो रेकर्डको आधारमा पक्राउ गरिएको थियो । उनले उक्त कार्य आफूले गरेको स्वीकार गरेका छन् । ४ सेन्टीमिटर लम्बाईको सियो घुसारिएको पाउरोटी सोही प्रान्तमा बस्ने एक महिलाले अघिल्लो महिनाको २९ तारिख बेलुका किनेकी थिइन । ३० तारिख विहान पाउरोटी खान लाग्दा सियो भेटिए पछि उनले पुलिसलाई खबर गरेकी हुन् । त्यतिबेला सोही प्रान्तमा रहेको अन्य पसलहरूमा पनि पाउरोटीमा सियो भेटिएको थियो । सो व्यक्तिले के कति कारणले उक्त कार्य गरेको भन्ने कुरा अझै खुलिसकेको छैन ।***

जुलाई 6, 2013 at 11:11 अपराह्न टिप्पणी छोड्नुहोस्

पाउरोटी खानुहुन्छ ? होशियार, पाउरोटीमा सियो भेटियो

panवेलुकी अवेरसम्म काम गर्‍यो कोठामा गएपछि नुहायो अनि थाकेको ज्यान त्यतिकै लखतरान पर्दै जान्छ त्यही माथि ओच्छ्यान देखेपछि त केही गर्न नै मन लाग्दैन । अनि यसो विस्तारामा पल्टियो फेसवुकमा केहीवेर भुल्यो अनि त निदाईहालिन्छ, विहान उठदा कलेज जान ढिलो भैसकेको हुन्छ । अनि के गर्ने खाना पकाउन त भ्याईदै भ्याईदैन । उठेर मुखमात्र धोयो अनि लाग्यो झोला बोकेर स्कूलतिर । स्कूलमा आधा घन्टा व्रेक हुन्छ त्यही बेलामा कम्विनीमा गयो यसो पान सान ओनिगिरी के के हुन्छ खायो त्यही सजिलो । (धेरै…)

जुलाई 1, 2013 at 12:23 अपराह्न टिप्पणी छोड्नुहोस्

आउनुस् एकैछिन जापानि एन्का सुनौं

जुन 25, 2013 at 4:02 अपराह्न टिप्पणी छोड्नुहोस्

गुल्मेलीको अधिवेशनको तयारी पूरा

टोकियो- ‘आफ्नो जिल्ला, आफ्नो गाऊँ, हामी सबै मिली बनाऔं’ भन्ने मूल नाराका साथ गुल्मी जिल्लाबाट जापान आई विभिन्न पेशा तथा व्यवसायमा आवद्ध गुल्मेलीहरुको समाज “गुल्मेली समाज जापान”ले यही जून १६ तारिख आईतवारका दिन गर्न गइरहेको दोश्रो अधिवेशन तथा घोषणा सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख चन्द्र भन्डारी रहनुहुनेछ भने विशेष अतिथिमा नेपाली दूतावास जापानका राजदूत डा. मदनकुमार भट्टराइको उपस्थित रहने जनाइएको छ । अधिवेशनमा उपस्थित हुनको लागि जापानमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधहरू, अन्य पेशा तथा व्यवसायसँग आवद्ध सबै गुल्मेली तथा नेपालीहरूलाई निमन्त्रणा गरिसकिएको तर कुनै कारणवश निमन्त्रणा प्राप्त गरिनसक्नुभएका महानुभावहरूलाई पनि यसै समाचारलाई निमन्त्रणा मानेर उपस्थित भईदिन पनि अनुरोध गरेको छ ।
सोही अवसरमा वामी सेवा समितिको होमपेज (वेभसाइट) को पनि उद्घाटन गर्ने कार्यक्रम रहेको समितिले बताएको छ ।

जुन 14, 2013 at 5:56 अपराह्न टिप्पणी छोड्नुहोस्

सिवुया टोकियो

Road-Cross-Gardaiटोकियो-टोकियोको अति व्यस्त मानिने ठाउँ सिवुयामा सडक पार गर्दै पदयात्रीहरू ।

जुन 14, 2013 at 11:45 बिहान टिप्पणी छोड्नुहोस्

रमाइलो नै भो जापानमा ट्रेन बन्दको बेलाको पैदल यात्रा

photo (11)नेपाल भन्ने वित्तिकै हिमालको देश भनेर चिन्छन धेरै जापानीजहरुले । त्यसो त त्यति मात्रै होइन, यसको अलावा वन्द हुने देश भने पनि चिन्छन् । नेपालमा बन्द भन्ने वित्तिकै पैदल यात्रा गरेको याद आउँछ होला तपाईलाई पनि । अनि अर्को साइकल सिकेको, रोडमा फुटवल खेलेको । आजभोलि वन्द र क्रिकेट भने पनि सँगसँगै सम्झन्छन् नेपालीहरु । वन्दको बेलामा रोडमा क्रिकेटको अभ्यास गर्न पाएकोले अहिले नेपाली क्रिकेट स्तर हृवात्तै माथि उठेको रे । (धेरै…)

मे 18, 2013 at 4:05 अपराह्न टिप्पणी छोड्नुहोस्

परिवारका ३ सदस्य मारी आफूपनि मरे

चिवा-नेपालमा हत्या हिंसाको घट्ना हालैका दिनहरुमा अत्यान्तै बढेको पाइएको छ । हरेक दिन समाचारहरुमा एकले अर्कोलाई मारेको, ठगेको, वलात्कार गरेको घट्नाहरु छ्यापछ्याप्ती पढ्न पाइन्छ । त्यसो त नेपालमा मात्र होइन हालैका दिनहरुमा जापानमा पनि हत्या हिंसाका घटनाहरु बढिरहेको छ । यसैवीच जापानको चिवा प्रिफेक्चरका प्रहरीका अनुसार एकै परिवारका ४ जना सदस्यहरुको मृत लाश भेटिएको छ । प्रहरीले परिवारका सबै सदस्यहरुले सुसाइट गरेको शंका गरिएको छ ।
फुजि टेलिभिजनले दिएको जानकारी अनुसार मृतकहरुको लास विल्डिङ्ग म्यानेजरले फेला पारेको थियो । मृतकहरुमा दुइ जना परिपक्क उमेरको र दुइ जना केटाकेटीहरु रहेको जनाएको छ । दिउँसोको २ बजेतिर एक्कासी चार जनाको शव फेला पारेपछि उसले तुरुन्तै प्रहरीलाई खवर गरेको थियो । प्रहरीको घटनास्थलको निरीक्षण गरेपछि मृतकहरुमा सिनो नोनाका ३९ वर्ष उनको ४३ वर्षको श्रीमान, १२ वर्षीय छोरी आयाने, १० वर्षीय छोरा जुन्पेइ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुको घरको ढोका भित्रवाट बन्द गरिएको थियो । तसर्थ परिवारमा वावुले आफ्नो अन्य परिवारहरुलाई मारेर आफूले पनि आत्माहत्या गरेको प्रहरीले शंका गरेको छ ।

मे 17, 2013 at 7:57 अपराह्न टिप्पणी छोड्नुहोस्

हिमालयन साँझ सम्पन्न

टोकियो-गोल्डेन वीकको अवसर पारेर रोविनप्रसाद शेरचन र प्रेम श्रेष्ठको संयुक्त आयोजनामा “हिमालयन साँझ” टोकियोमा सम्पन्न भएको छ । नेपालबाट आमन्त्रित युगल जोडी गायक उदय सोताङ्ग र गायिका मनिला सोताङ्गका साथमा टोकियोमा रहेका नेपालीहरुले सँगसँगै गाए, नाचे अनि रमाए । पर्वतको रानीपानी गाविसमा रहेको एउटै परिवारका ५ जना अपाङ्ग वालवालिकाहरुको सहयोगार्थ उक्त कार्यक्रमको आयोजना गरिएको थियो । निर्धारित समयभन्दा केही ढिला शुरु भएको कार्यक्रममा टोकियो आसपासमा वसोवास गर्ने नेपालीहरुले हल खचाखच भरिएको थियो भने नेपाल र नेपाली गीत संगीतलाई माया गर्ने जापानी नागरिकहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो ।
सोही अवसरमा जापानमै स्थापित चौतारी व्याण्डको पनि धमाकेदार प्रस्तुतीहरु रहेको थियो । विशेषतः चौतारी व्याण्डको प्रस्तुतीमा बाँसुरीको धुनले सबै दर्शकहरुलाई मन्त्रमुग्ध बनाएको थियो । उपस्थित जापानिज दर्शकहरु पनि बाँसुरीको तालमा ताल मिलाई थपडी बजाई आफूहरुलाई नेपाली संगीतमा लिप्त बनाईरहेका थिए । त्यसै क्रममा सुदिन गुरुङले पनि आफ्नो सांगीतिक कोशेलीहरु पस्केका थिए । कार्यक्रममा चौतारी व्याण्डले संगीतको माध्यमबाट नेपाललाई विदेशमा चिनाउन प्रयत्न गरिरहेको जानकारी दिईएको थियो । कार्यक्रमको पहिलो चरणमा नै जापनिज गायिका सायाले पनि आफ्नो केही प्रस्तुतीहरु राखेकी थिइन । त्यसो त कार्यक्रममा जादूगर तोकोले आकर्षक जादू देखाएर दर्शकहरुलाई वेग्लै स्वाद चखाएका थिए । (धेरै…)

मे 7, 2013 at 10:01 बिहान टिप्पणी छोड्नुहोस्

फुनेसोले पहिलो पटक हाकाता दोन्ताकुमा सहभागीता जनायो

फुकुओका-प्रत्येक वर्षगोल्डेन वीकको अवसर पारेर मनाईंदै आएको जापानकै प्रमुख पर्व मध्येको एक हाकाता दोन्ताकु पर्वमा यस पटक नेपालीहरुको सामाजिक संस्था फुकुओका नेपाल सोसाइटीले पनि पहिलो पटक सहभागीता जनाएको छ । फुकुओका नेपाल सोसाइटीका अध्यक्ष मोति श्रेष्ठले दिनुभएको जानकारी अनुसार मे ३ तारिकका दिन दिउँसो ४ बजे हाकाताको रेर्इसेन पार्कबाट नेपाली पञ्चेबाजा सहित शुरु भएको परेडमा यस भेगमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो । (धेरै…)

मे 7, 2013 at 9:59 बिहान टिप्पणी छोड्नुहोस्

मान्डवी र हेमन्तले नचाए टोकियोवासी नेपालीहरूलार्इ

आज नागोयामा धमाका मच्चाउने

टोकियो-गोल्डेन वीकको अवसर पारेर गोर्खाली समाजले आयोजना गरेको “ईन्टरड्यूसिङ्ग साँझ” टोकियोमा सम्पन्न भएको छ । नेपालबाट आमन्त्रित गायकगायिका हेमन्त राना तथा मान्डवी त्रिपाठीका साथमा जापानको टोकियो क्षेत्रमा रहेका नेपालीहरुले यसपालीको गोल्डेन वीक सांगीतिक माहौलका साथमा नाच्ने, गाउने र रमाउने अवसर पाए ।
“फरक छ अरुको भन्दा, मेरो देश नेपालको झण्डा” बोलको राष्ट्रप्रेमको भाव झल्किएको गीतसँगै आफ्नो प्रश्तुती शुरु गरेका गायिका मान्डवी त्रिपाठीले पहिलोपटक जापान आएर दर्शकहरुको धेरै मायाँ पाउँदा आफूलाई निकै नै खुशी लागेको कुरा व्यक्त गरिन् । त्यसैगरी उनले नेपालीहरु संसारको जुनसुकै ठाउँमा गए पनि आफ्नो देश नेपाल, नेपाली र अरुको भन्दा भिन्दै खालको नेपालको झण्डालाई विर्सन नहुने कुराहरु पनि उनले सबै सामु राखिन । गायिका त्रिपाठीले कार्यक्रममा “तिमीले साथ छोडेपछि”, “मेरो वारुले कम्मर”, “ढल्क्यो ढल्क्यो मेरो जोवन”, “फूल थिए”, “सिम्पल सिम्पल कान्छीको” जस्ता आफ्ना लोकप्रिय गीतहरु गायकी थिइन । (धेरै…)

मे 5, 2013 at 12:11 अपराह्न टिप्पणी छोड्नुहोस्

मन्त्रीको उपचारको लागि मगरसंघ जापानको आर्थिक संकलन अभियान

imageटोकियो-नेपाल मगर संघ जापानले मगर संघका पूर्व केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्री गोरेवहादुर खपांगी मगरको उपचारको लागि आर्थिक सहयोगको लागि अनुरोध गरेको छ ।
पूर्व मन्त्री खपांगी केही दिन अगाडि मोटरसाईकलको ठक्करवाट घाईते हुनुभएको थियो ।
अन्नपूर्ण न्यूरो अस्पतालको आइसीयूमा उपचार गराईरहनु भएका पूर्व मन्त्री खपांगीको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको तर आईसीयू बाट कहिले बाहिर निकालिने हो भन्ने कुरा अझै थाहा नभैसकेको अबस्था रहेको छ । उहाँको उपचारार्थ दैनिक ठूलो रकम खर्च भईरहेको अवस्था रहेकोले मगर संघ जापानको पहलमा आर्थिक संकलन अभियान शुरु गरिएको जानकारी मगर संघ जापानका अध्यक्ष शैलेन्द्र थापामगरले दिनुभयो ।
विभिन्न पेशा, व्यवसायमा तथा संघसंस्थामा आवद्ध जापानवासी नेपालीहरूलाई आर्थिक सहयोग गरिदिनु हुन संघले अनुरोध गरेको छ  ।
सहयोग गर्न चाहनुहुने संघसंस्था तथा महानुभावहरुले मगर संघ जापानका अध्यक्ष शैलेन्द्र थापा मगरको हुलाक वैंकको खाता नम्वरमा रकम जम्मा गरिदिनु हुन अनुरोध गरेको छ ।
12230-06411791
タパサイレンドラビクラム

मे 4, 2013 at 10:21 अपराह्न टिप्पणी छोड्नुहोस्

सिम्पल सिम्पल कान्छीको …… डिम्पलले धमका मच्चाउने

टोकियो-गोर्खाली सेवा समाजको आयोजनामा आज मे ४ तारिक हुने कार्यक्रममा नेपालका ख्यातीप्राप्त गायक-गायिका हेमन्त राना र मान्डवी त्रिपाठीले धमका मच्चाउने भएका छन् । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको गोर्खाली समाजका अध्यक्षा कृष्ण घले गुरूङले जानकारी दिनुभयो ।
साथै उहाँले सम्पूर्ण जापानवासी नेपालीहरूलाइ कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्नुभएको छ । साँच्चैको सिम्पलसिम्पल कान्छीको गालाको डिम्पल भोलि हेर्नुहोला मेगुरोको कुन्मिन हलमा । अहिलेलाइ भने यो गीत सुन्नुहोस् ।

मे 3, 2013 at 11:40 अपराह्न टिप्पणी छोड्नुहोस्

इन्टरड्यूसिङ्ग नाइटको लागि कलाकार आर्इपुगे

gorkhali-samajगोर्खाली सेवा समाज, जापानको आयोजनामा भोलि हुन गर्इरहेको कन्सर्टको लागि नेपालबाट कलाकार द्वय हेमन्त राना र मान्डवी त्रिपाठी टोकियो आर्इपुगेका छन् ।

मे 3, 2013 at 3:24 अपराह्न टिप्पणी छोड्नुहोस्

नमस्ते व्यान्डको शुभकामना कार्यक्रम सम्पन्न (भिडियो सहित)

टोकियो-नमस्ते व्याण्डले आफ्नो स्थापनाको २५ वर्ष प्रवेश गरेको उपलक्ष्यमा तथा नेपालीहरुको नयाँ वर्ष २०७० को अवसरमा नमस्ते व्याण्डका संस्थापक ईश्वर गुरुङ्गले आयोजना गरेको गीत संगीत सहितको शुभकामना आदानप्रदान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । नेपालका ख्यातीप्राप्त गायक राजेश पायल राईको साथमा टोकियोको आजिया योकोच्यो, सिन्जुकुमा सम्पन्न उक्त कार्यक्रममा जापानवासी नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रममा ज्ञात अज्ञात दिवांगत स्रष्टाहरुको सम्झनामा एक मिनेट मौन धारणा गरिएको थियो भने नेपाली राष्ट्रिय गान सयौं फूलका थुङ्गा हामीका गायक राजेश पायल राईकै साथमा राष्ट्रिय गीत गाएर उदघाटन गरिएको थियो । (धेरै…)

अप्रील 29, 2013 at 6:24 अपराह्न टिप्पणी छोड्नुहोस्

जापानी प्रधानमन्त्री आबे गाडी दुर्घटनामा

Abeटोकियो-जापानी प्रधानमन्त्री सिन्जो आबे चढ्नुभएको सुविधासम्पन्न गाडी (लिमोजिन) शनिवार टोकियोमा पाँच गाडीसँगको दुर्घटनामा परेपनि उहाँलाई कुनै पनि चोट नलागेको जानकारी प्रहरीले दिएको छ ।
प्रधानमन्त्री आबेको गाडीलाई सुरक्षा दिएको अर्को गाडीका दुइ सुरक्षाकर्मीको अनुहारमा केही चोट लागेको महानगरपालिका प्रहरी विभागका प्रवक्ताले बताए ।
प्रहरीको गाडी अकस्मात रोकिँदा प्रधानमन्त्री आबेको गाडीले त्यसलाई ठक्कर दिएको थियो ।
प्रहरीका अन्य दुइ गाडी तथा पत्रकारहरू रहेको अर्को गाडी प्रधानमन्त्रीको गाडीसँग ठक्कर खाएको अधिकारीहरूले बताएका छन् । रासस/एएफपी

अप्रील 28, 2013 at 9:10 बिहान टिप्पणी छोड्नुहोस्

नमस्ते व्यान्डको सांगीतिक आन्दोलन शुरू

Ishor-Gurung-300x251

भोलि राजेश पायल राईले धमका मच्चाउने

टोकियो-नेपालको ख्यातीप्राप्त व्याण्ड नमस्ते व्याण्डका संस्थापक ईश्वर गुरुङले आफ्नो व्याण्ड “नमस्ते व्यान्ड” २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना गरेको गीत संगीत कार्यक्रममा नेपालका ख्यातीप्राप्त गायक राजेश पायल राईले धमकेदार प्रस्तुती दिने भएका छन् । भोलि अप्रिल २८ गते आईतवार वेलुकी ६ वजेवाट टोकियोको आजिया योकोच्यो, सिन्जुकुमा हुन गईरहेको जानकारी व्याण्डका संस्थापक ईश्वर गुरुङले वताउनुभयो । उहाँले भन्नुभयो-”यो २५ औं वर्ष प्रवेश गरेको अवसरमा शुरु गरिएको सांगीतिक आन्दोलनको थालनी हो ।” उहाँले यसपछि लगातार रुपमा देश तथा विदेशमा सांगीतिक कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो । पहिलो (कास्टीङ्ग) शुरुवात स्वारुप जापानमा राजेश पायल राईको साथमा हुन लागेको उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध पनि गर्नुभएको छ । त्यसो त गुरुंगले यसपछि लगातार रूपमा जापानको विभिन्न शहरहरुमा पनि सांगीतिक कार्यक्रमको आयोजना गर्ने कुराको जानकारी दिनुभयो । स्मरण रहोस ख्यातीप्राप्त व्यान्ड नमस्ते व्यान्डको स्थापना जापानमै भएको थियो । ***

अप्रील 27, 2013 at 11:22 अपराह्न टिप्पणी छोड्नुहोस्

रोजगार सम्बन्धी सेमिनार आज हुँदै

टोकियो-जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरी स्टुडियो म्याजिक वर्क्स कम्पनीले आज ११:३० बजेदेखि रोजगार सम्बन्धी सेमिनार शुरू हुँदैछ । सम्बन्धित विषयको विशेषज्ञ मार्फत जापानी भाषामा सन्चालन गरिने उक्त सेमिनारबाट जापानमा कलेज तथा प्राविधिक स्कुल (सेन्मोन गाक्को) अध्ययन पश्चात रोजगारीमा कसरी लाग्ने भन्ने विषयहरुको ज्ञान सहभागीहरुलाइ दिइनेछ । त्यसो त अहिले कलेज तथा स्कुलको पढाई सकेर जब हन्टिङ भिसा लिएर बसेकाहरुले पनि यस सेमिनारबाट फाइदा लिन सक्नेछन । सेमिनारमा नेपाली तथा अन्य विदेशी विद्यार्थीहरुलाई रोजगार दिन इच्छुक कम्पनीहरुको ’boutमा पनि जानकारी दिईनेछ । सेमिनार पश्चात व्यक्तिगत रुपमा सल्लाह तथा सुझाव लिन इच्छुकहरुको लागि छुट्टै समयको व्यवस्था पनि गरिएको छ । त्यसो त व्यक्तिगत सल्लाह र सुझाव लिन चाहनेहरुको संख्या बढी भएमा अन्य दिनमा पनि कम्पनीको कार्यालयमा आई सल्लाह सुझाव लिन सकिने कुरा जानकारी प्राप्त भएको छ ।

पहिलो पटक आयोजना गरिएको यस किसिमको सेमिनारलाई आगामी दिनहरुमा पनि निरन्तरता दिइने कुरा कम्पनीको तर्फबाट मोरिता हिकारुले बताउनुभयो । केही दिन अगाडिदेखि नै आजको सेमिनारको लागि  सहभागी हुन इच्छुक विद्यार्थीहरूबाट फारम  दर्ता आव्हान गरिएको थियो ।

ठेगानाः Ikegawa bldg. Aasagaya, Minami 3-34-16, Suginami-ku, Tokyo (166-0004)

अप्रील 27, 2013 at 10:43 बिहान टिप्पणी छोड्नुहोस्

“नमस्ते व्यान्ड”ले २५ औं वर्ष प्रवेश

Ishor-Gurung-300x251टोकियो-ख्यातीप्राप्त व्याण्ड नमस्ते व्याण्डका संस्थापक ईश्वर गुरुङले आफ्नो व्याण्ड “नमस्ते व्यान्ड” २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा साथै नेपाली नयाँ वर्ष २०७० को अवसरमा गीत संगीत सहितको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपालका ख्यातीप्राप्त गायक राजेश पायल राईको साथमा टोकियोको आजिया योकोच्यो, सिन्जुकुमा यही अप्रिल २८ तारिक आइतवार ६ बजेदेखि सांगीतिक कार्यक्रमको आयोजना हुन गईरहेको जानकारी व्याण्डका संस्थापक ईश्वर गुरुङले  दिनुभयो । उहाँले भन्नुभयो-“यो २५ औं वर्ष प्रवेश गरेको अवसरमा शुरु गरिएको सांगीतिक आन्दोलनको थालनी हो ।” उहाँले यसपछि लगातार रुपमा देश तथा विदेशमा सांगीतिक कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो । पहिलो (कास्टीङ्ग) शुरुवात स्वारुप जापानमा राजेश पायल राईको साथमा हुन लागेको कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध पनि गर्नुभएको छ । साथै यसपछि लगातार रूपमा जापानको विभिन्न शहरहरुमा पनि सांगीतिक कार्यक्रमको आयोजना गरिने कुराको जानकारी गुरुङले दिनुभयो । स्मरण रहोस ख्यातीप्राप्त व्यान्ड नमस्ते व्यान्डको स्थापना जापानमै भएको थियो । ***

अप्रील 26, 2013 at 7:49 अपराह्न टिप्पणी छोड्नुहोस्

एनआरएन जापानद्वारा विभिन्न कार्यक्रममा सहभागीताको लागि अनुरोध

टोकियो-गैर आवासीय नेपाली संघ जापानले एक विज्ञप्ति प्रकाशित गरी विभिन्न तीनवटा विषयको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ । गैरअवासीय नेपाली संघ, जापानको प्रवक्ता शरदकुमार गौचनद्वारा हस्ताक्षरित विज्ञप्तिमा एनआरएनको एसिया प्रशान्त क्षेत्रीय भेलामा सहभागिको लागि अनुरोध गर्नुभएको छ । आउदो मे महिनाको १७ र १८ तारीकमा फिलिपिन्सको राजधानी मनिलामा हुन गईरहेको गैर-आवासीय नेपाली संघद्वारा आयोजित एशिया प्रशान्त क्षेत्रीय भेलामा सहभागि हुनको लागि एनआरएनका शुभचिन्तक तथा समस्त जापानबासी नेपालीहरुलाई सार्वजनिक अपिल तथा खुला निमन्त्रणा गरिएको छ । उक्त बैठकमा  भाग लिन एक सय अमेरिकन डलर प्रति ब्यक्ति शुल्क लाग्ने  ब्यहोरा समेत जनाईएको छ । बैठकमा भाग लिनको लागि अन एराईभल भिसा उपलब्ध हुने हुनाले बैठकमा सहभागि जनाउने महानुभावहरुले आफ्नो बिवरण एनआरएन जापानलाई दरखास्त दिनु हुन पनि अनुरोध गरिएको छ । उक्त बैठक मनिलाको Mandarin Oriental Hotel, Makati City मा हुने भएकोले हवाई टिकट बुकिङ्ग र होटल तर्जुमाको लागि आफ्नो अनुकुलता अनुसार आफैले मिलाउन सक्नुहुने ब्यहोरा समेत उल्लेख गरिएको छ । (धेरै…)

अप्रील 26, 2013 at 6:09 अपराह्न टिप्पणी छोड्नुहोस्

सुट वक्सिन्ग च्याम्पियन मोहन ड्रागनको जित (भिडियो सहित)

टोकियो-मार्शल आर्ट जापान, किक बक्सिङ्ग फेडरेशन च्याम्पियनसीप उपाधी हाँसिल गरिसकेका मोहन महर्जन “ड्रागन”ले अप्रिल २० तारिक भएको महत्वपूर्ण खेलमा विजय हाँसिल गरेका छन् । सेमी फाइनल इभेन्ट गेम टोकियो डोम कोराकुयन हलमा भएको उक्त खेलमा सुट बक्सिङ्ग जापानका च्याम्पियन सुजुकी आकिहिरोसँग भिडेका मोहनले पहिलो राउन्डमै प्रतिद्वान्दीलाई ढलाईदिएका थिए । ६५ केजी तौल समूह अन्तर्गत भएको सुजुकी आकिहिरोसँगको यो खेल भने मोहनको पहिलो खेल थियो । मोहनका अनुसार सुजुकी आकिहिरोले यस अघि नै ७ जना च्याम्पियनलाई जितिसकेका छन् । त्यसो त आकिहिरो मोहन भन्दा उमेरले पनि जवान छन् । (धेरै…)

अप्रील 26, 2013 at 11:02 बिहान टिप्पणी छोड्नुहोस्

टोकियोमा आज यो वर्षको पहिलो हिउँ

20130115-002228.jpgसोमवार टोकियोमा यो वर्षको पहिलोपटक वाक्लो हिउँ परेर जनजीवन निकै प्रभावित पारेको थियो । वाक्लो हिउँ परेपछि टोकियो र ’roundका क्षेत्रहरूमा ट्रेन लाईनहरू पनि निकै प्रभावित वन्न पुगेको थियो । त्यसैगरी सवारी साधनहरूको चाप पनि निकै पातलिएको िथयो । सवारी साधनहरूको गति निकै कम िथयो भने कतिपय सवारी साधनहरूको पान्ग्रामा चेन लगाएर चलाएका थिए । सिवुया, सिन्जुकु लगायतका ठाउँहरूमा पैदलयात्रीहरूलाई हिड्न पनि निकै अप्ठेरो पारेको थियो । ट्रेन साविक वंोमोजिमको समय अनुसार नचल्नु तथा केही समयको लागि सेवा वन्द हुनाले कतिपय कामदारहरू काममा पनि जान सकेनन् । कतिपयलाई भने काममा विदा वस्ने वहाना वनाउन पनि सजिलो भएको थियो । हिमालै हिमालको देश नेपालवाट जापान आएपनि जीवनमा पहिलो पट्क हिउँ परेको देखेर निकै खुशी लागेको कुरा व्यक्त गरे टोकियोमा वस्दै आएका दिलिप मगरले । (धेरै…)

जनवरी 14, 2013 at 11:46 बिहान टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

डिसेम्बर 2022
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
262728293031