Posts filed under ‘रासस’

भाइरल ज्वरोका कारण लमजुङ कारागारका कैदी बिरामी

लमजुङ-केही दिनयता फैलिएको भाइरल ज्वरोले लमजुङ कारागारका बन्दीहरू थलिएका छन् ।
कारागार स्रोतका अनुसार झन्डै २५ जना बन्दी बिरामी छन् । कारागारमा एक नाबालिकासहित ७६ जना बन्दी रहेकामा भाइरल ज्वरो अन्य बन्दीलाई समेत सर्ने सम्भावना रहेको बताइएको छ ।
‘घ’ श्रेणीको लमजुङ कारागारको क्षमता २५ जना रहे पनि तेब्बर कैदीबन्दी भएपछि उनीहरूलाई सुत्ने र खान बस्नको समस्या रहेको छ ।
बिरामी परेका कैदीबन्दीलाई सोमबार कारागारमै उपचार गरिएको छ । लमजुङ जिल्ला सामुदायिक अस्पतालबाट खटिएका डाक्टरसहितको स्वास्थ्यकर्मीले उपचार गरेको कारागारका खरिदार सागर बरालले जानकारी दिनुभयो । दुइ/तीन दिनअघि केही बन्दीमा देखापरेको भाइरलले सोमबारसम्ममा २५ जना बिरामी परेका छन् ।

जुलाई 2, 2013 at 3:56 अपराह्न टिप्पणी छोड्नुहोस्

महानगरपालिकाभित्र पोलेथिन झोलामाथि प्रतिबन्ध

काठमाडौँ- काठमाडौँ महानगरपालिका क्षेत्रभित्र आजदेखि पोलिथिन झोलाको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
पोलिथिन झोलाले वातावरण प्रदूषण तथा ढल जाम गर्ने भएकाले त्यसको उत्पादनलाई निरुत्साहित गर्न महानगरपालिकाले यो अभियान सञ्चालन गरेको हो ।
महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले व्यवसायी तथा उद्योगीले ३५ माइक्रोनभन्दा बढीका पोलिथिन झोला उत्पादनमा चासो नदेखाएको र त्यसभन्दा मुनिका पोलिथिन प्रयोगका लागि उपयुक्त नरहेकाले प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो ।
आजदेखि १४ गतेसम्म महानगरभित्रका ३५ वडाका प्रत्येक टोलटोलमा यस अभियान’bout प्रचारप्रसार गरिने छ । पोलिथिन झोला बेच्नेलाई रु एक हजार र किन्नेलाई ५०० जरिवाना गरिने भएको हो ।
स्वास्थ्यकर्मीले पोलिथिनका झोलामा आर्सेनिक रसायन प्रयोग हुने र त्यसले क्यान्सर, छालालगायतका रोग निम्त्याउने भएकाले यस्ता वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउन सुझाव दिँदै आएका थिए ।

जुन 15, 2013 at 3:32 अपराह्न टिप्पणी छोड्नुहोस्

संविधानसभा निर्वाचन मिति घोषणाको चीनद्वारा स्वागत

काठमाडौँ-नेपाल सरकारले संविधानसभा निर्वाचनको मिति घोषणा गरेकामा चीनले स्वागत गरेको छ । 
छिमेकी मित्रका नाताले संविधानलेखनको प्रक्रियामा चीनको सहयोग रहने उल्लेख गर्दै यहाँस्थित चिनियाँ राजदूतावासले आज जारी गरेको वक्तव्यमा बिनाव्यवधान संविधानसभाको निर्वाचन हुने आशा व्यक्त गरिएको छ ।

जुन 15, 2013 at 3:29 अपराह्न टिप्पणी छोड्नुहोस्

ठमेलमा आगलागी

काठमाडौँ-राजधानीको ठमेलस्थित फेसेस क्लबमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता हेमन्त पालका अनुसार सो क्लबमा गए राति १०:३० बजेबाट सुरु भएको आगलागी नियन्त्रणका लागि रातभर प्रयास भएको र अहिले ६:३० बजेसम्म ७० प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ । आगो नियन्त्रणका लागि काठमाडौँ, ललितपुर र भक्तपुर तिनैवटै जिल्लाका अतिरिक्त त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट समेत दमकल झिकाएर सो आगो निभाउन प्रयोस भइरहेको छ । आगलागीबाट हालसम्म २० करोड मूल्यबराबरको धनमाल जलेर क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रवक्ता पालले जानकारी दिनुभयो । आगो निभाउने क्रममा उपत्यकाभित्रका दुइ दर्जनभन्दा बढी खानेपानीका टयाङ्कर प्रयोग भइरहेका छन् । नेपाली सेना, सशक्त प्रहरी, नेपाल प्रहरीसहित स्थानीयवासीसमेत आगो निभाउनमा जुटिरहेका छन् । यससम्बन्धी पूर्ण विवरण आउन बाँकी नै छ ।

मे 17, 2013 at 2:00 अपराह्न टिप्पणी छोड्नुहोस्

सगरमाथामा एक विदेशी आरोहीको मृत्यु

everestसोलुखुम्बु-लोत्से हिमाल आरोहण गर्न गएका एक विदेशी आरोहीको रक क्लाइमिङ तालिम लिने क्रममा माथिबाट झरेको ढुङ्गा लागेर मृत्यु भएको छ ।
बुधबार बिहान रक क्लाइमिङ तालिम लिन सगरमाथा आधार शिविरबाट लोत्से हिमालको फेदीमा जाँदा ढुङ्गा झरेर रुसी नागरिक एलेक्से बोलोटोभको मृत्यु भएको हो ।
लोत्से हिमाल आरोहण गर्न नेपाल आएका बोलोटोभको पासपोर्ट नं. ७२३२३१९७९ रहेको छ । पचास वर्षीय रुसी नागरिकको आरोहण टोलीमा चार सदस्य थिए ।
बोलोटोभको मृत्युपछि सगरमाथाको आधार शिविरमा रहेका सर्म्पर्क अधिकारीहरुले मुचुल्का उर्ठाई सम्बन्धित निकायमा जानकारी गराएको किताबसिं तामाङले जानकारी दिनुभयो ।
एलेक्से चोयू टे्रकिङ कम्पनीमार्फत इन्टरनेशनल एभरेस्ट साउथ वेष्ट एस्पिडिसन स्प्रिङ २०१३ टोलीले लोत्से हिमाल आरोहण गर्ने अनुमति पर्यटन मन्त्रालयबाट पाएको थियो । यो वर्षअहिलेसम्म सगरमाथा हिमालमा पाँच आरोहीको मृत्यु भइसकेको छ ।

मे 16, 2013 at 12:39 बिहान टिप्पणी छोड्नुहोस्

दबाबपछि पाए दलित बालबालिकाले भत्ता

खोटाङ-स्थानीय अगुवाको दवावपछि खोटाङ सदरमुकाम दिक्तेल-५ का दलित बालबालिकाले दलित भत्ता पाएका छन् ।
लामो समयदेखि गाविस सचिवले विभिन्न बहानामा भत्ता दिन आलटाल गर्दै आएको गुनासो आएपछि स्थानीय अगुवाहरुको दवावमा ६ बालबालिकाले भत्ता पाएका हुन् ।
आफ्ना बालबच्चासहित गाविसको कार्यालयमा गएका दलित परिवार प्रतिबालबालिका दुइ सय रुपैयाँका दरले भत्ता बुझेर फर्किएका छन् । गत असोजयता भत्ता पाउन नसकेका दलित बालबालिकाहरुलाई गाविसको कार्यालयमा बोलाएर सचिवलाई भत्ता दिन लगाइएको स्थानीयबासी एवम् नेपाल कम्युनिष्ट पार्टी खोटाङका सचिव मीनप्रसाद आचार्यले बताउनुभयो ।
कतिपय दलित अभिभावकलाई आफ्ना पाँच वर्षुनिका बालबच्चाले भत्ता पाउने कुरा थाहा नपाउँदा दलित बालबालिका सो भत्ता लिनबाट वञ्चित बनिरहेका आचार्यको भनाइ छ । दुइ रोपनीभन्दा कम जग्गा भएका र पाँच वर्षउमेर ननाघेका दलित परिवारका दुइजना बालबच्चाले मासिक दुइ सय रुपैयाँ भत्ता पाउने व्यवस्था छ ।

मे 16, 2013 at 12:38 बिहान टिप्पणी छोड्नुहोस्

घुम्ती शिविरमा अवरोध, झडपमा प्रहरीसहित ५ घाइते

सुर्खेत-मैनतडाको जहरेमा बुधबारदेखि सुरु भएको एकीकृत घुम्ती शिविरमा नेकपा-माओवादीले अवरोध पुर्‍याएको छ । घुम्ती शिविरको काम सुरु हुन बित्तिकै माओवादीका कार्यकर्ताहरुले नारा जुलुससहित ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र माओवादी कार्यकर्ताबीच झडपसमेत भएको छ ।
दश मिनेटसम्म भएको झडपमा २ प्रहरी र ३ माओवादी कार्यकर्ता घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीले १६ राउन्ड अश्रुग्याँस हानेको थियो । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका सहायक हवल्दार मानबहादुर बुढा, जवान नरबहादुर आचार्य र माओवादी कार्यकर्ताहरु सहवीर महर, टेकबहादुर तिरुवा र रामबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । (धेरै…)

मे 16, 2013 at 12:35 बिहान टिप्पणी छोड्नुहोस्

जन्ती बोकेको बसले ट्रकमा ठक्कर, पच्चीस घाइते

गौशाला-एक जन्ती बोकेका बसले रोकिराखेको ट्रकमा ठक्कर दिँदा बसमा सवार २५ जनाभन्दा बढी घाइते भएका छन् ।
घाइतेमध्ये रौतहट जिल्ला चन्द्रनिगाहपुर- २ बस्ने रामतलेवर यादव र सोही जिल्लाको पिपरा रजवास ७ बस्ने रामदेव दासको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक भीष्म हुमागाईंले बताउनुभयो । हिजो अबेर साँझ धनुषाको जनकपुरबाट जन्ती बोकी रौतहट गइरहेको ना ४ ख ६१६५ नंको बसले बर्दिवासको भोला बसन्त चोकमा रोकिराखेको ना ३ ख २५०६ नम्बरको ट्रकमा ठक्कर दिँदा बसमा सवार घाइते भएका हुन् ।
घाइतेहरुको उपचार बर्दिवासस्थित विभिन्न अस्पताल तथा निजी क्लिनिकमा भइरहेको प्रहरीले बताएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको प्रहरी निरीक्षक हुमागार्इंले बताउनुभयो ।

मे 10, 2013 at 1:09 अपराह्न टिप्पणी छोड्नुहोस्

नाइजेरियामा धार्मिक कट्टरपन्थी बन्दुकधारीले तेइस प्रहरीको हत्या गरे

कानो -नाइजेरियाको मध्यभागमा ओमबात्से धार्मिक समुदायका सदस्य रहेका बन्दुधकारीले प्रहरी अधिकारीहरूको एक समूहमा आक्रमण गरी २३ प्रहरीको हत्या गरेको र उनीहरूको शरीरमा आगो लगाएको जानकारी नासारावा राज्यका प्रहरी प्रमुख अबायोमी आकेरेमेल बिहीबार बताउनुभयो । 
उहाँले मङ्गलबार करिब ६० प्रहरीमाथि आक्रमण भएको उल्लेख गर्नुभयो । उहाँले थप १७ प्रहरी हालसम्म हराइरहेको पनि जानकारी दिनुभयो ।
उक्त आक्रमण नासारावामा भएको र यो नाइजेरियाको इसाइ धर्मावलम्बी बाहुल्य रहेको दक्षिणी भाग तथा इस्लाम धर्मावलम्बी बाहुल्य रहेको उत्तरी भागको बीचमा रहेको बताइन्छ ।

मे 10, 2013 at 11:55 बिहान टिप्पणी छोड्नुहोस्

निजी विद्यालयका किताब एकैपटक पाइँदैन

रौतहट- निजी विद्यायलको पुस्तकहरु स्टेसनरी पसलमा पूरै नपाइने गरेको गुनासो अभिभावकको छ । विभिन्न कक्षाका किताब एकैपटक स्टेसनरी पसलमा नपाइने गरेका कारण अभिभावहरु समस्या परेका छन् । 
निजी विद्यालयको नयाँ शैक्षिकसत्र शुरु भएसँगै पुस्तक बजारमा किन्न जाँदा अपूरो दिने गरेका चन्द्रनिगाहपुरका अभिभावक मञ्जु कार्कीले बताउनुभयो ।
सदरमुकाम चन्द्रनिगाहपुर, गौर, गरुडामा रहेका स्टेसनरी पसलमा एकैपटक किताब नदिने र पछि दिने भन्दै अपूरो किताब बिक्री गर्ने गरेको अभिभावकले गुनासो गरेका छन् ।
स्टेसनरी सञ्चालकले भने पब्लिकेसनबाट नै अपूरो पुस्तक आएको र चाँडै नै अन्य पुस्तक आउने भन्दै पुस्तकहरु बिक्री गरेका छन् ।
समयमा नै सम्पूर्ण पुस्तक स्टेसनरी पसलले नल्याएका कारण अभिभावक मात्र नभई विद्यालयमा शिक्षक शिक्षिकासमेत पढाउन समस्यामा परेको बताउँछन् ।
यसैबीच रौतहटको ग्रामीण भेगहरुमा अहिले नाम मात्रको विद्यालय सञ्चालनमा छन् । (धेरै…)

मे 9, 2013 at 1:01 अपराह्न टिप्पणी छोड्नुहोस्

कहिल्यै नसुक्ने ताल सुक्यो

बागलुङ, २५ वैशाख । बाह्रैमास पानीले भरिभराउ हुने यहाँको हीराताल ताल सुकेर बगरमा परिणत भएको छ । भकुण्डे गाविस-१, मा रहेको हीराताल अहिले वषर्ायाममा पनि राम्ररी पानी नअडिने अवस्थामा पुगेको छ । 
पर्यटकीय हिसाबले पनि महत्वपर्ूण्ा उक्त ताल सुकेपछि त्यसक्षेत्रको आर्कषण नै गुमेको छ । डेढसय मिटर लम्बाइ, ६० मिटर चौडाइ र पाँच मिटर गहिराइमा अवस्थित उक्त ताल संरक्षणमा स्थानीयवासी जुटे पनि तालको पानी सुकेर गएपछि गाउँलेहरू अचम्मित भएका छन् ।
ताल संरक्षणको क्रममा डोजरको प्रयोग गरेपछि सतह भासिएर पानी नरहने समस्या भएको सक्ने स्थानीयवासीको अनुमान छ । तीन वर्षघि तालको वरिपरि पर्खाल लगाउन र पोखरीको माटो झिक्दा डोजर लगाइएको भकुण्डे-२ का यम थापाले बताउनुभयो । ‘डोजर लगाएर काम गरिएकै सालदेखि पोखरीको पानी सुक्यो- थापाले भन्नुभयो । (धेरै…)

मे 8, 2013 at 10:22 अपराह्न टिप्पणी छोड्नुहोस्

विवाहमा सहभागी हुन गएका युवक मासुको कराहीमा परेर जले

विवाहमा सहभागी हुन गएका कञ्चनरको झलारी-७ का २७ वषर्ीय ठगीबहादुर सार्की पाक्दै गरेको मासुको कराहीमा परेर जलेका छन् ।
गएराति पिपलाडी-८ मा विवाहमा सहभागी हुन गएका उनी मासुको कराहीमा खसेका थिए । टाउको तलको पूरै भाग जलेर उनको अवस्था चिन्ताजनक बनेको पीडित सार्कीकी आमा नारु सार्कीले बताउनुभयो ।
तत्कालै उपचारका लागि कोहलपुरको अस्पतालमा पुर्‍याइएको भएपनि त्यहाँ उपचार हुन नसक्दा उनलाई भारततर्फलगिएको छ ।

मे 4, 2013 at 4:17 अपराह्न टिप्पणी छोड्नुहोस्

दुइ महिनाकी छोरी छाडेर महिला बेपत्ता

कञ्चनपुर-कञ्चनपुरको दैजी-४ बगुनकी २२ वर्षीय मनिषा महरा दुइ महिनाकी छोरी घरमै छाडेर बेपत्ता भएकी छिन् ।
उनी दुइ तोला सुन र केही नगदसहित तीन दिनअघि घरबाट बेपत्ता भएकी हुन् ।
भारतमा काम गर्न गएका श्रीमान् डम्बरबहादुर महरा घरमा पुगेको भोलिपल्ट नगद र गहनासहित उनी घर छाडेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरीनायब निरीक्षक राजेन्द्र नाथले बताउनुभयो । उनी कुनै पुरुषसँग भागेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । मनिषा घरबाट बेपत्ता भएपछि घरमा रहेकी दुइ महिनाकी छोरीको विचल्ली भएको छ ।
श्रीमती बेपत्ता भएपछि छोरीलाई गाईको दूध मुखमा हालेर पाल्नु परेको डम्बर महराले बताए । उनका दुइ महिना र दुइ वर्षका दुइ छोरी रहेका छन् । मनिषाको खोजीका लागि डम्बरले इप्रका झलारीमा निवेदनसमेत दिएका छन् ।

मे 4, 2013 at 4:15 अपराह्न टिप्पणी छोड्नुहोस्

बाबुले छोरीलार्इ गोली हान्दा गाउँलेहरूले ताली बजाए

काबुल-अफगानिस्तानको एक धार्मिक मान्यताले जकडिएको गाउँ छ र त्यहाँ करिब ३०० जना गाउँले जम्मा भएका छन् । किन भने त्यहाँ एकजना युवतीलाई गोली हानेर मारिँदै थियो ।
तर ती गाउँलेले ती युवतीलाई बचाउनका लागि होइन कि उनलाई कथित कारबाहीस्वरुप हत्या गरेको हेर्न वा हत्याको साक्षी बस्नका लागि त्यहाँ उपस्थित भएका थिए ।
तिनै मानिसको भीडबाट एकजना १९ वर्षीय युवतीका पिता निस्किए । हातमा बन्दुक लिएका उनले आफ्नी छोरीमाथि प्रहार गरे ।
ती युवतीका पिताले आफ्नी छोरीलाई टाउको, पेट र छातीमा गरी तीनवटा गोली हाने, तर गाउँलेले त्यसको कुनै विरोध गरेनन् बरु उनीहरुले ताली बजाएर समर्थन गरे ।
धार्मिक अन्धविश्वासमा जकडिएको एक गाँउमा महिलामाथि गरिने कारबाहीको स्वरुप हो यो । ती गाउँहरुमा गल्ती गर्ने अथवा उनीहरुले तोकेका निश्चित कामहरुको विरुद्धमा जाने महिलालाई यसरी नै कारबाहीस्वरुप हत्या गर्ने गरिन्छ । हालिमा अफगानिस्तानकी एक १९ वर्षीय युवती हुन् । उनी यसअघि नै विवाहित युवती हुन् । उनका दुर्इवटा बालबच्चा पनि छन् । तर यी छोरीलाई आफ्नै पिताले कारबाहीस्वरुप यसरी गोली हानेर हत्या गरे । हालै भएको यस घटना सरसर्ती सुन्दा एउटा कुनै चलचित्रको काल्पनिक कथाजस्तो लाग्छ । तर यो अफगानिस्तानका महिलाको वास्तविकता हो र यसरी नै उनीहरुले आफूविरुद्धको हिंसा सहनु परेको छ ।
यसरी गोली खाएर ज्यानै गुमाउनुपर्नाको उनको दोष के थियो त ? उनको दोष थियो- उनी एकजना परपुरुषसँग लागेकि थिइन् रे । तर यसको कुनै प्रमाण छैन र उनले त्यो स्वीकारेकी पनि छैनन् ।
यसरी परपुरुषसँग लागेको भन्नेजस्ता कैयन काल्पनिक दोषारोपणबाट यो आधुनिक एवम् वैज्ञानिक समाजमा पनि अफगानिस्तानका कयौँ महिलाले वर्षेनी ज्यान गुमाउने गर्दछन् ।Transcend 32 GB Class 10 SDHC Flash Memory Card (TS32GSDHC10E)

(धेरै…)

मे 3, 2013 at 4:56 अपराह्न टिप्पणी छोड्नुहोस्

स्कुल बसमा आगजनी

कैलाली (अत्तरिया)- कैलालीको लम्कीस्थित पाइनियर्स एकेडेमीको बसमा आज बिहान अज्ञात समूहले आगजनी गरेको छ ।
स्कूल प्राङ्गणमा राखिएको भे१ख १२१८ नम्बरको स्कुल बस आगजनीबाट पुर्णरूपमा जलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक भक्त विष्टले जानकारी दिनुभयो ।
बसमा आगजनी गर्नेको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

मे 3, 2013 at 4:12 अपराह्न टिप्पणी छोड्नुहोस्

भारतीय प्रधानमन्त्रीद्वारा पाकिस्तानसँग न्याय माग

नयाँ दिल्ली-भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले पाकिस्तानको थुनामा एकजना भारतीय नागरिकको हत्या भएको सम्बन्धमा पाकिस्तानसँग न्याय माग्नुभएको छ ।
भारतीय गुप्तचरको आरोपमा पाकिस्तानले लाहोर जेलमा राखिएका एकजना भारतीय नागरिक सरावजित सिंहको सोही जेलमा भएको झडपमा परी हत्या भएको हो ।
प्रधानमन्त्री डा सिंहले बिहीबार आफ्नो ट्वीटर एकाउण्टमा पाकिस्तानले एकजना भारतीय नागरिकको अनाहकमा जेलहाली जेलभित्रै हत्या गरेको भन्दै उनीप्रति न्यायका लागि सो माग गर्नुभएको हो ।
प्रधानमन्त्री डा सिंहले सरावजित एक महान भारतीय नागरिक रहेको पनि बताउनुभयो । उहाँले सो एकाउण्टमा भन्नुभएको छ- उनी भारत माताका एक महान छोरा हुन् ।
एकजना थुनुवाप्रति पनि पाकिस्तानले मानवीयता देखाउन नसकेको भन्दै प्रधानमन्त्री डा सिंहले यस्तो अवस्थमा आफूले पाकिस्तानका लागि न्यायका लागि स्मरण गराउन चाहन्छु भन्नुभएको छ । (धेरै…)

मे 3, 2013 at 3:35 अपराह्न टिप्पणी छोड्नुहोस्

विश्वमा हरेक वर्ष दुर्इ लाख सत्तरी हजार बटुवाको मृत्यु

जेनेभा, १९ वैशाख । हरेक वर्षविश्वका सडकमा दुर्इ लाख ७० हजार बटुवाको मृत्यु हुने गरेको जानकारी विश्व स्वास्थ्य सङ्गठनले बिहीबार दिएको छ भने यस संस्थाले यातायातका साधनका पक्षमा रही दशकौँसम्म बटुवाको सुरक्षामा ध्यान दिन नसकेको भनी आलोचना गरेको छ ।
विश्वमा हरेक वर्ष१२ लाख ४० हजार व्यक्तिको सडक दुर्घटनामा मृत्यु हुने गरेको र त्यसमा २२ प्रतिशत बटुवा हुने गरेको संयुक्त राष्ट्रसङ्घको स्वास्थ्यसम्बन्धी यस संस्थाले उल्लेख गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका घाउचोट निवारण विभागका प्रमुख एटिन क्रगले विश्वका सडकहरूमा प्रत्येक साता पाँच हजार बटुवाको मृत्यु हुनेगरेको र दशकौँसम्म गाडीहरूको पक्षमा बटुवाको आवश्यकतालाई ध्यान नदिइएकाले यस्तो भएको बताए ।
(धेरै…)

मे 3, 2013 at 3:29 अपराह्न टिप्पणी छोड्नुहोस्

निर्वाचन आयोग अगाडि ३३ दलको प्रदर्शन

काठमाडौँ-नेकपा-माओवादीसहितका आन्दोलनरत ३३ दलीय मोर्चाले राष्ट्रपतिद्वारा जारी २५ बुँदे बाधा अड्काउफुकाउ आदेश खारेज नहुँदासम्म दल दर्तालगायतका सम्पूर्ण निर्वाचनका कार्यक्रम स्थगित गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन्
निर्वाचन आयोग अगाडि कान्तिपथ सडकमा आज बिहान ९ देखि ११ बजेसम्म विरोध प्रदर्शन गर्दै उनीहरुले धर्नासमेत दिएका थिए ।
आन्दोलनकारी दलहरुले वर्तमान सरकारका अध्यक्षको राजीनामा माग्नुका साथै राष्ट्रिय स्वाधिनतका लागि गोलबन्द हुनसमेत आहृवान गरे । उनीहरुले चार दलीय सिन्डिकेट खारेज गर्नुपर्ने मागसमेत गरेका थिए । कार्यालय समयमा भएकाले दलहरुको पर््रदर्शनका कारण राजधानीको सवारी आवागमनमा बाधा पुगेको थियो ।

मे 3, 2013 at 3:17 अपराह्न टिप्पणी छोड्नुहोस्

निजी विद्यालयहरुले कमिसन खान आफँै पाठ्यपुस्तक बिक्री गर्दै

गोलबजार (सिरहा)-सिरहाका निजी विद्यालयहरुले अवैध तरिकाले स्कुलमै पसल राखेर पाठ्यपुस्तक बिक्री गर्दै आएको छ । तर सम्बन्धित निकाय अझै मौन देखिएको छ ।
नयाँ शैक्षिकसत्र सुरु भएसँगै निजी विद्यालयहरुले आफैँ पाठ्यपुस्तक बिक्री गर्दै आएका कारण अभिभावकहरु ठगिन बाध्य छन् । शिक्षा नियमावली अनुसार निजी विद्यालयहरुले पाठ्यपुस्तक बिक्री गर्न पाउँदैनन् । तर नियम कानुन मिचेर मोटो कमिसन खान विद्यालयका संस्थापकहरुले आफैँ पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् ।
सिरहा सदरमुकाम, लहान, मिर्चैया, गोलबजारका करिब तीन दर्जन निजी विद्यालयहरुले पाठ्यपुस्तक विद्यालय हाताभित्रै पसल थालेर बिक्री गर्दै आएको अभिभावक सङ्घ सिरहाका अध्यक्ष रामानन्द गुप्ताले जानकारी दिनुभयो ।

(धेरै…)

मे 3, 2013 at 12:53 अपराह्न टिप्पणी छोड्नुहोस्

साँघुरो भयो ‘कमल दह’

Amazon.co.jp ウィジェット
गौशाला-महोत्तरी जिल्लाको महदैया तपनपुर गाविस-४ मा अवस्थित ऐतिहासिक एवम् पौराणिक ‘कमल दह’ साँघुरो भएको छ ।
जिल्लाको पूर्व उत्तर कुनामा धनुषा जिल्लाको सिमानासँग जोडिएको कमल दह कुनै बेला करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको थियो भने अहिले सो दह केवल डेढ कट्ठा क्षेत्रफलमा सीमित भएको छ ।
स्थानीय बासिन्दाले सो कमल दह चारैतिरबाट अतिक्रमणको सिकार भई आफ्नो अस्तित्व नै गुमाउने गरी साँघुरिएको बताएका छन् । (धेरै…)

मे 3, 2013 at 11:33 बिहान टिप्पणी छोड्नुहोस्

भवनमा परी मृत्युहुने चारसय नाघे, अझै डेढ सय बेपत्ता

१८ वैशाख । बङ्गलादेशको राजधानी ढाकामा भत्किएको भवनबाट उद्वारको काम जारी नै रहँदा बुधबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या चार सय नाघेको समाचारमा जनाइएको छ ।
उद्वारकर्मीहरुले बुधबार विहानसम्ममा सो भत्किएको भवनको भग्नावशेषबाट ४०२ जनाको शव निकालिएको जनाएका छन् । साथै बङ्गलादेशको राष्ट्रिय सेनाले पनि सो समाचारको पुष्टि गरेको छ ।
उक्त भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या चारसय नाघिसकेको र बिहानसम्ममा सो सङ्ख्या ४०२ पुगेको समाचार बङ्गलादेशको सेनालाई उद्धृतगर्दै बुधबारका अन्तर्रर्ााट्रय सञ्चारमाध्यमले जनाएका छन् ।
पाँचवटा जति साना ठूला तयारी पोशाकका कारखाना रहेको आठतले सो भवन बुधबार बिहान भत्किएको थियो । त्यसमा परी घाइते भएका व्यक्तिको सङ्ख्या एक हजार नाघेको पनि समाचारमा जनाइएको छ । (धेरै…)

मे 1, 2013 at 8:00 अपराह्न टिप्पणी छोड्नुहोस्

अफगानिस्तानमा तीन बेलायती सैनिकको हत्या

काबुल-अफगानिस्तानमा तीनजना बेलायती सैनिकको हत्या भएको समाचारमा जनाइएको छ । ती सैनिकलाई बम विस्फोट गर्राई हत्या गरिएको हो ।
बुधबार बिहान अफगानिस्तानका अधिकारी एवम् नेटो सैनिक सहयोग बलले सो विषयमा जानकारी दिएको हो । यस विषयको बेलायती रक्षा मन्त्रालयले पनि पुष्टि गरेको छ ।
मङ्गलबार साँझ सडक किनारामा राखिएको बम विस्फोट गराएर उनीहरुको हत्या गरिएको समाचारमा जनाइएको छ । उनीहरु अफगानिस्तानको नार ए सरोज जिल्लामा नियमित रुपमा गस्तीमा रहेका बेला सडकमा बम राखिएको र उक्त बम नियोजित रुपमा विस्फोट गराइएको बताइएको छ ।
सो गस्ती टोली उक्त बम राखिएको स्थानमा पुगेपछि तालिवानीहरुले दुर नियन्त्रित यन्त्रका माध्यमबाट लुकेर विस्फोट गराएको पनि समाचारमा जनाइएको छ । (धेरै…)

मे 1, 2013 at 7:54 अपराह्न टिप्पणी छोड्नुहोस्

चना चटपटे बेचेरै मदनले राम्रो आम्दानी गर्दै

सप्तरी, १७ वैशाख । नेपालमा बसेर राम्रो आम्दानी गर्न सकिदैन भनेर सप्तरीमा दिनहुँ युवाहरू विदेशीने क्रम बढ्दै गएको छ ।
तर यहाँ यस्ता पनि युवाहरू छन् जो दिनहुँ श्रम गरेर बर्सर्ेे लाखौँ रुपैयाँ आम्दानी गरी परिवारको लालनपालन गर्दै आएका छन् । यस्तै युवा मध्येका हुन् सप्तरीको शम्भुनाथ गाविस-३ निवासी मदन कुमार साह ।
साहले चना चटपटे बेचेरै ६ जनाको परिवार चलाउँदै आउनुभएको छ ।
सानै उमेरदेखि चना चटपटे बनाएर बेच्ने पेशा सुरु गर्नुभएका ३० वषर्ीय साहले अहिले सोही पेशाबाट परिवारको गुजारा चलाउनुको साथै दर्ुइ वटा छोरालाई निजी विद्यालयमा पढाउँदै आउनुभएको छ ।
उहाँ भन्नुहुन्छ, “कम पुँजीमा पनि राम्रो परिश्रम गर्न सके घरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने आफूले जीवनमा अनुभव गरेको छु ।”
बुवा चन्देश्वर साहसँगै १९ वर्षै उमेरदेखि चना चटपटे बेच्ने सुरु गरेका साहलेे सुरुमा गाउँमा पैदल हिँडेर चना चटपटे बेच्दै आउनुभएको थियो । आफैले व्यावसायिक रूपमा चना चटपटे बेचेर अहिले सम्ममा रु १० लाख भन्दा बढी पुँजी तयार गरिसकेको साह बताउनुहुन्छ ।
विगत ११ वर्षेखि चना चटपटे बेच्ने पेशा सुरु गर्नुभएका साह अहिले सो पेशा गरेर दैनिक ४०० देखि ७०० रुपैयाँसम्म कमाउने गरेको र त्यही कमाइबाट ६ जना परिवारलाई पाल्दै आएको बताउनुहुन्छ ।
चना चटपटे बेचेरै सदरमुकाम राजविराज नगरपालिका-२ चनौरा पडरियामा ६ धुर जग्गासमेत उहाँले खरिद गरिसक्नु भएको छ ।
पैदल हिँडेर व्यवसाय सुरु गर्नुभएका उहाँले चना चटपटे बेचेर मोटरसाइकल खरिद गरी व्यवसायीलाई निरन्तरता दिँदै आउनुभएको छ । (धेरै…)

अप्रील 30, 2013 at 8:30 अपराह्न टिप्पणी छोड्नुहोस्

घरमा चर्पी नहुँदा विद्यालय जान बन्चित

रुकुम- यहाँका एक गाविसका झन्डै ३० प्रतिशत विद्यार्थी शैक्षिकशत्र सुरु भएको आधाआधीसम्म पनि विद्यालय भर्ना हुन पाएका छैनन् ।
गाउँ विकास समितिले जन्मदर्ताको प्रमणपत्र उपलब्ध नगराएपछि विद्यार्थीहरू विद्यालय भर्ना हुनबाट वञ्चित भएका हुन् ।
विद्यालयले नयाँ भर्नाका लागि जन्मदर्ताको प्रमाणपत्र पेस गर्नुपर्ने नियमलाई अनिवार्य बनाएको छ भने गाउँ विकास समितिको कार्यालयले शौचालय नबनाइकन पञ्जिकरणसम्बन्धी कुनै पनि सेवा उपलब्ध नगराउने भएपछि घरमा शौचालय नभएका विद्यार्थीहरू समस्यामा परेका हुन् ।
विभिन्न वडाका र्घर्तीकाँडा, गर्ुतालगाउँ, कोटगाउँ, नार्जी, सोतिखोला, बसिगाउँ, बडाखोला, कुमाइगाउँलगायतका ठाउँमा बसोवास गर्ने विद्यार्थीहरूले घरमा शौचालय नभएकै कारण विद्यालय भर्ना हुन पाएका छ्रैनन् । (धेरै…)

अप्रील 30, 2013 at 8:27 अपराह्न टिप्पणी छोड्नुहोस्

भारतीय नागरिकको हराएको सामान फिर्ता

सोलुखुम्बु, १७ वैशाख । भारतीय नागरिकको हराएको सामान भेट्टाउने एक नेपालीले आज भेट्टाएको नगद सहितको सामान सम्बन्धित व्यक्तिलाई बुझाएका छन् ।
भारतीय नागरिक सुदन सु चिन्तमणि पानसेले बाटोमा हराएको नगद २१ हजार भारतीय रुपियाँ,सोनी क्यामरा,डेबिट तथा भिसा कार्ड,पेन ड्राइभ र्,पर्स र डायरी समेतको सामान भेट्ने लीला अन्जना खत्रीले बाटोमा भेटनुभएकेा थियो ।
अन्जनाका श्रीमान् इन्द्रहाङ लिम्बूखिमले आज लुक्लामा प्रहरीको अगुवाइमा स्थानीय बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि, इलाका प्रहरी कार्यालय तथा विमानस्थल सुरक्षा गार्डप्रमुख, पत्रकार लगायतको उपस्थितिमा निज भारतीय नागरिक पानसेलाई नगद र ती सामानहरु बुझाउनु भएको हो । (धेरै…)

अप्रील 30, 2013 at 5:45 अपराह्न टिप्पणी छोड्नुहोस्

इराकमा हप्ता दिनमा २३० मारिए

बग्दाद, १६ वैशाख । इराकमा गत सात दिनयता भएका आक्रमणहरुमा कम्तीमा पनि २३० को हत्या भएको समाचार छ ।
प्राप्त समाचारअनुसार त्यहाँ गत हप्ताका लागि आहृवान गरिएको निर्वाचनको मुखमा आएर हत्या हिंसाका घटनामा वृद्धि भएको हो ।
ती घटनामा परी २३० जनाको ज्यान गइसकेको र अरु सयौँ नागरिक घाइते भएका समाचारमा जनाइएको छ ।
सोमबार पनि दक्षिणी इराकमा भएको हमलामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको बताइएको छ । ती मारिएका नागरिक सिया मुस्लिम समुदायका भएका पनि समाचारमा उल्लेख छ ।
गत मङ्गलबार उत्तरी इराकमा सिया र सुन्नी मुस्लिम समुदायका नागरिकका बीचमा भएका हिंसामा परी केही नागरिकको ज्यान गएपछि इराकभर हत्याको शृङ्खला सुरु भएको बताइएको छ । (धेरै…)

अप्रील 30, 2013 at 11:19 बिहान टिप्पणी छोड्नुहोस्

आगलागीबाट रु १० लाख बराबरको क्षति

आगलागीबाट रु १० लाख बराबरको क्षति
गौशाला, १६ वैशाख । गएराति महोत्तरीको मझौरा बिसनपुर गाविस ९ गोबरौरामा भएको भीषण आगलागीबाट रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।
गोबरौरा बस्ने देवकिसुन यादवको दुइकोठे खपरेली घरमा अचानक आगलागी हुँदा निजको घरभित्र रहेका नगद, सुनचाँदीका गरगहना, लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न वस्तु र घरसमेत जलेर रु पाँच लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
राति करिब ७ बजे चलेको तेज हावाहुरीको कारण सोही ठाउँ निवासी कोकवा यादवको दुइतल्ले काठको घरमा पनि आगलागी हुँदा निजको पनि घर र घरभित्रका नगद, गरगहना, भाँडाकुँडा, लत्ताकपडा, खाद्यवस्तु अन्नपात जलेर नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।
गोबरौराको दुइ घरमा भीषण आगलागी भएको बेला जिल्लाको जलेश्वर नगरपालिकाको कार्यालयमा रहेको बारुण यन्त्रलाई टेलिफोन गर्दा बारुण यन्त्र घटनास्थलमा नगएको गुनासो पीडितहरूले गरेका छन् । (धेरै…)

अप्रील 29, 2013 at 2:25 अपराह्न टिप्पणी छोड्नुहोस्

महिलाको पहलमा खानेपानी

भक्तपुर, १६ वैशाख । वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका भक्तपुर सिपाडोल गाविस गुन्चाटोलका महिलाहरुले आफनै पहलमा खानेपानी ल्याएका छन् ।
खानेपानीको समस्या समाधान गर्न यहाँका महिलाले ११ जनाको लालीगुराँस खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरी ६०० मिटरमाथिको मुहानबाट पानी ल्याएपछि यहाँका २९ घरधुरीका ३०० भन्दा बढी स्थानीय बासिन्दा खानेपानी समस्याबाट मुक्त भएका छन् ।
समूहकी अध्यक्ष खड्गकुमार वज्रगाई टोलका महिलाहरुलाई सचेत गराएर टोलमाथि रहेको पानीको मूलबाट गाउँमा पानी ल्याएको बताउनुभयो ।
समूहकी सचिव रुपलक्ष्मी दुलालले महिलाहरुकै पहलमा लालीगुराँस उपभोक्ता समितिबाट ६२९ जनाले रु ३१६ हजार ३१२ बराबरको श्रमदान गरेका बताउनुभयो ।
आयोजनाका लागि वर्ल्ड भिजनबाट रु चार लाख ६१ हजारको सहयोगमा योजना सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।
वर्ल्ड भिजन इन्टरनेसनल भक्तपुर एडिपीको आर्थिक सहयोग र युवा क्रियाकलाप समाज भक्तपुरको प्राविधिक सहयोगमा गत मङ्सिरमा सुरु गरेको पानीको मुहानबाट पाइप राखेर टयाङ्की निर्माण गरेर यही वैशाखमा खानेपानी योजना सम्पन्न गरेका हुन् ।

अप्रील 29, 2013 at 2:17 अपराह्न टिप्पणी छोड्नुहोस्

ल हेर्नुस् मर्ने र मार्ने वाहेक अरू केही छ त समाचार ?

मोटरसाइकल दुर्घटना प्राध्यापकको निधन
कावासोती -पूर्वपश्चिम राजमार्गअर्न्तर्गत नवलपरासीको कावासोती हाटबजार नजिकै शुक्रबार साँझ रोकिराखिएको ट्रकमा मोटरसाइल ठक्कर खाँदा मोटरसाइकलमा सवार मध्यविन्दु बहुमुखी क्याम्पसका अङ्गे्रजी विषयका प्राध्यापक सन्तोष न्यौपानेको निधन भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १७ प ८०५६ नम्बरको मोटरसाइकल सोही दिशातर्फ रोकिराखेको बा २ ख ९३७६ नम्बरको ट्रकमा पछाडिबाट छिर्दा मोटरसाइकलमा सवार प्रतिनगर घर भएका करिब ३० वर्षीय न्यौपानेको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका ट्राफिक प्रहरी सहायक निरीक्षक प्रेम श्रेष्ठले बताउनुभयो ।
घाइतेको मृत्यु
राजविराज- पूर्वपश्चिम लोकमार्गअर्न्तर्गत सप्तरीको कल्याणपुर गाविसस्थित सडक खण्डमा शुक्रबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको आज बिहान मृत्यु भएको छ ।
दुर्घटनामा घाइते खोजपुर गाविस-६ का ४० वर्षीय घुरन मण्डलको उपचारका क्रममा आज बिहान ७ बजे विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (धेरै…)

अप्रील 28, 2013 at 9:38 बिहान टिप्पणी छोड्नुहोस्

दक्षिण कोरियाली बाँकी कामदार केसोङ छोड्न थाले

south korea and north koreaसोल-उत्तर कोरियामा अवस्थित केसोङ औद्योगिक क्षेत्रमा रहेका दक्षिण कोरियाका बाँकी कामदार शनिबार त्यहाँबाट स्वदेश फर्कन लागेको स्थानीय आमसञ्चारले समाचार दिएका छन् । त्यहाँ रहेका चिनियाँ कामदारका साथै १२६ कामदारले शनिबार अपरान्ह उक्त औद्योगिक क्षेत्र छोडेका छन् । त्यसपछि बाँकी रहेका ५० कामदर पनि सोमबार त्यहाँबाट फर्कने बताइएको छ । दक्षिण कोरियाली सरकारले एक दिनअगाडि केसोङबाट आफ्ना कामदार फिर्ता लैजाने घोषणा गरेको थियो ।
दक्षिण कोरियाले केसोङ औद्योगिक क्षेत्रका विषयमा उत्तर कोरियासँग वार्ताका लागि समय सीमा तोकेको थियो र उत्तर कोरियाले उक्त सीमालाई अस्वीकार गरेको थियो । रासस/सिन्हृवा

अप्रील 28, 2013 at 9:21 बिहान टिप्पणी छोड्नुहोस्

जापानी प्रधानमन्त्री आबे गाडी दुर्घटनामा

Abeटोकियो-जापानी प्रधानमन्त्री सिन्जो आबे चढ्नुभएको सुविधासम्पन्न गाडी (लिमोजिन) शनिवार टोकियोमा पाँच गाडीसँगको दुर्घटनामा परेपनि उहाँलाई कुनै पनि चोट नलागेको जानकारी प्रहरीले दिएको छ ।
प्रधानमन्त्री आबेको गाडीलाई सुरक्षा दिएको अर्को गाडीका दुइ सुरक्षाकर्मीको अनुहारमा केही चोट लागेको महानगरपालिका प्रहरी विभागका प्रवक्ताले बताए ।
प्रहरीको गाडी अकस्मात रोकिँदा प्रधानमन्त्री आबेको गाडीले त्यसलाई ठक्कर दिएको थियो ।
प्रहरीका अन्य दुइ गाडी तथा पत्रकारहरू रहेको अर्को गाडी प्रधानमन्त्रीको गाडीसँग ठक्कर खाएको अधिकारीहरूले बताएका छन् । रासस/एएफपी

अप्रील 28, 2013 at 9:10 बिहान टिप्पणी छोड्नुहोस्

टेलिसेन्टर सेवा सञ्चालनपछि सेवाग्राही लाभान्वित

नेपालगन्ज-सूचना प्रविधिमा पनि ग्रामीण जनताको पहुँच बढाउने उद्देश्यले जिल्ला हुलाक कार्यालयले बाँके जिल्लाको चिसापानी, कोहलपुर, वागेश्वरी र राधापुर गाविसमा ‘टेलिसेन्टर’ सेवा सञ्चालन गर्दैआएको छ ।

टेलिसेन्टरबाट सर्वसाधारणलाई फोटोकपी, फ्याक्स, लेमिनेसन, इमेल-इन्टरनेट, स्कानिङ, वेभ-फोन सेवा र आधारभूत कम्प्युटर तालिम सहुलियत शुल्कमा उपलब्ध गराइएको छ । टेलिसेन्टर सेन्टर सेवा सञ्चालन भएपछि गाविस र त्यस ’roundका ग्रामीण जनताको सहर पुग्नुपर्ने बाध्यता समाप्त हुनाका साथै छिटो, छरितो सेवाको उपलब्धताले उनीहरुको श्रम र आर्थिक खर्चमा पनि बचत भएको छ । कार्यालय प्रमुख केशरजङ्ग माझीका अनुसार जिल्लामा हाल एक जिल्ला हुलाक, ११ इलाका हुलाक र ३५ अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् ।

सबै हुलाक कार्यालयमा १०३ दरबन्दीको व्यवस्था गरिएकामा ६५ जना मात्र कार्यरत रहनु र स्थानीय तहबाट हल्कारा र हुलाकी कर्मचारी नियुक्त गर्न नपाइने व्यवस्था भएकाले चिठ्ठीपत्र वितरण र डाँक ढुवानीमा समस्या आएको बताइएको छ ।एकातिर कर्मचारीको अभाव छ भने अर्कातर्फ जिल्ला हुलाक कार्यालयमा अहिले लोकसेवा आयोगका लागि शाखा अधिकृत, नायबसुब्बा र खरिदारको आवेदन दर्ता र स्वीकृतिको काम थपिँदा हुलाक सेवा थप प्रभावित भएको त्यहाँका कर्मचारी बताउँछन् ।

अप्रील 27, 2013 at 2:28 अपराह्न टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

डिसेम्बर 2022
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
262728293031