Posts filed under ‘समाचार’

जुम्लामा १२ प्रतिशत घरपरिवार शौचालयको पहुँच बाहिर

जुम्ला- जुम्लाका करिब १२ प्रतिशत घरपरिवार अहिले पनि शौचालयको पहुँच बाहिर रहेको एक सूचकले देखाएको छ ।
जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय जुम्ला र एसएनभी नेपालको समन्वयमा जुम्लाका सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा आगामी फागुन २४ गते जुम्लालाई खुला दिसामुक्त जिल्ला घोषणाका लागि सञ्चारमाध्यमबाट चाल्नु पर्ने भूमिका र प्रवाह गर्नुपर्ने सन्देशका विषयमा छलफल भएको छ ।
अन्तरक्रियामा जिल्लाका ३० वटा गाविसका २१७ बस्तीमा २१ हजार ४९९ घरधुरी सङ्ख्या रहेको छ । जसमा १८ हजार ९२८ (करिब ८८ प्रतिशत) घरधुरीमा मात्र शौचालयको पहुँच रहेको एसएनभी नेपालका खानेपानी तथा स्वास्थ्य सरसफाइ सल्लाहकार गोविन्द रोकायले बताउनुभयो ।
अहिले जुम्लामा २३ वटा गाविस दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने बाँकी सात गाविस पनि घोषणा हुने तीव्र तयारीमा छन् । हुम्ला, मुगु र डोल्पा जिल्लामा आठ/आठ वटा गाविस मात्र दिसामुक्त क्षेत्र घोषणा भएका छन् ।
सरसफाइका दृष्टिकोणले अन्य जिल्लाभन्दा जुम्ला धेरै अगाडि छ । जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय र एसएनभी नेपालले गाविस सचिव, विद्यालय स्रोत व्यक्ति र सञ्चारकर्मीसँगको अन्तरक्रिया तथा छलफलबाट आएका सुझाव सल्लाहलाई राष्ट्रिय सरसफाइ गुरुयोजना २०६८ को मर्म पूरा गर्नमा सहयोग मिल्ने जनाएको छ ।

डिसेम्बर 2, 2013 at 4:38 अपराह्न टिप्पणी छोड्नुहोस्

खाद्यान्न समस्या हुने जिल्लामा ४० प्रतिशत अन्न मदिरा उत्पादनमा

rakshiरुकुम-सँधैजसो भोगमरीको समस्याले ग्रस्त दुर्गम जिल्लाहरुमा उत्पादित खाद्यान्नमध्ये ४० प्रतिशत खाद्यान्न मदिरा उत्पादनमा प्रयोग हुने गरेको पाइएको छ । जिल्लास्तरीय खाद्य सुरक्षा सञ्जालको पछिल्लो प्रतिवेदनअनुसार जिल्लाको कलस्टर ए अर्न्तर्गत पर्ने गाविसमा उत्पादन हुने खाद्यान्नमध्ये ७० प्रतिशत खानामा, २० प्रतिशत पशुचौपायालाई खुवाउन र १० प्रतिशत जाँड रक्सी बनाउनमा प्रयोग हुने गरिएको छ । त्यस्तै कलस्टर बी अर्न्तर्गत पर्ने गाविसहरुमा हुने उत्पादनमध्ये ५० प्रतिशत खाद्यान्न खानामा, २० प्रतिशत पशुचौपाया र ३० प्रतिशत खाद्यान्न जाँड रक्सी बनाउनमा प्रयोग हुने गरेको समितिको दाबी छ । (धेरै…)

जुन 14, 2013 at 11:52 बिहान टिप्पणी छोड्नुहोस्

जता पनि केटीहरू विज्ञापनमा

नेपालमा मात्र होइन संसारको जुनसुकै ठाउँमा पनि केटीहरूलाइ विज्ञापनमा प्रदर्शनको साधन बनाउनु साधारण कुरा रहेछ । यी केटीहरूले वोर्ड उचालेर वोर्ड देखाएका हुन् कि आफ्नो के जाति देखाएका हुन् ? केही बुझ्न सकिएन वावा । जे होस् तपाइ पनि हेरिहाल्नुस यो हट भिडियो ।

 

मे 16, 2013 at 1:00 बिहान टिप्पणी छोड्नुहोस्

पुरानो जुत्ता ल्याउनुहोस्, नयाँ लिएर जानुहोस्

काठमाडौं-मोटरसाइकल एक्सचेन्ज हुने कुरा तपार्इहरूलार्इ थाहै होला । तर अब नेपालमा मोटरसार्इकल मात्र होइन, जुत्ताको पनि एक्सचेन्ज सुविधा ल्याइएको छ । पुराना जुत्ता ल्याउनुहोस नयाँ लिएर जानुहोस् । एडिडासको नेपालका लागि आधिकारीक विक्रेता रुट्स फेशन प्रालीले बुधबारदेखि ‘ओल्ड सुज एक्सचेञ्ज’ योजना सार्वजनिक गरेको छ । योजना अन्तरगत ग्राहकहरुले पुराना जुत्ता ल्याएर एडिडासका नयाँ जुत्ता खरिद गर्दा १ हजार ५ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले राजधानीमा रहेका एडिडासका ९ वटा शो-रुममा योजना लागु हुने जनाएको छ । योजना झण्डै डेढ महिनासम्म सञ्चालन हुनेछ । संकलन भएका पुराना जुत्ताहरु कम्पनीले माइती नेपाललाई हस्तान्तरण गर्ने जनाएको छ । कम्पनीका अनुसार माइती नेपालले जुत्ताको समेत पहुँच नपुगेका गरिव तथा दिन दुखीहरुलाई संकलित जुत्ताहरु हस्तान्तरण गर्नेछ ।

मे 2, 2013 at 3:35 अपराह्न टिप्पणी छोड्नुहोस्

“टाउको झोलामा खुट्टा खोलामा बनाउँछु” भन्नेले माफी मागे

काठमाण्डौ-पत्रकारलाई टाउको भोलामा खुट्टा खोलामा बनाइदिने धम्की दिएकी नायिका सुमिना घिमिरेले आफूले गरेको गल्तीको लिखित रुपमै माफी मागेकी छिन् । सुमिनाले एक प्रेस विज्ञप्ति जारी गरी फोनमा भएको सम्वादमा गरिएको कुराकानी नियतवश नभई आवेशमा आएर भनेकोले उक्त भनाईलाई फिर्ता लिएको उल्लेख गरेकी छिन् । ती शब्द मानवीय स्वाभाव र आवेशवश भावनामा वगेर व्यक्त गरेकोले धम्कीका रुपमा नलिन विज्ञप्तिमार्फत आग्रह गरेकी छिन । साथै उनले नेपाली पत्रकारीता जगतप्रति आफ्नो सदैव उच्च सम्मान रहने कुराको पनि जानकारी गराएकी छिन् ।
त्यसो त सुमिनाले उक्त विज्ञप्तिको वोधार्थ नेपाल चलचित्र पत्रकार संघ र पत्रकार महासंघलाई पठाएकी छिन् । सुमिनाले विज्ञप्ति प्रकाशित गरी माफी मागेपछि चलचित्र पत्रकार संघले पनि प्रेश विज्ञप्ति जारी गरी यो कदमलाई स्वागत गरेको छ । आगामी दिनमा कलाकार, चलचित्रकर्मी तथा पत्रकारवीच सुमधुर सम्बन्ध रहने आशा गरिएको छ । (धेरै…)

मे 2, 2013 at 1:41 अपराह्न टिप्पणी छोड्नुहोस्

फराकिलो भो पोखराको सडक

कास्की, १६ वैशाख । पोखराका सडकपेटीमा बसेर व्यापार व्यवसाय गर्दै आएका साना व्यवसायीहरूले नगरपालिकाले तोकेको निश्चित ठाउँमा आफैँले टहरा बनाएर व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
छरिएर रहेका साना व्यवसायीहरूले एकै ठाउँबाट व्यवसाय सञ्चालन गर्न थालेपछि यहाँको बजार व्यवस्थित देखिन थालेको छ भने सडकहरू फराकिला बनेका छन् । साना व्यवसायीले सञ्चालनमा ल्याएको बजारलाई व्यवस्थित गर्ने, यसको प्रचारप्रसार र सरसफाई गर्ने जिम्मासमेत पोखरा उपमहानगरपालिकाले लिएको छ ।
सडकपेटीमा व्यापार गर्न दिँदा पोखराको सुन्दरतामा आँच आउन थालेपछि नगरपालिकाले स्थानीय प्रशासनको सहयोगमा गत फागुनमा एक हजार २०० फुटपाथ व्यवसायीलाई सडकबाट हटाएको थियो । (धेरै…)

अप्रील 29, 2013 at 8:05 अपराह्न टिप्पणी छोड्नुहोस्

ढुकुटी धन्दाले कलाकारहरूको भागाभाग

आपासी वोलचाल वन्द, कोही विदेशतिर सुइकुच्चा

sirjanaकाठमाण्डौ-ढुकुटी खेल्ने र खेलाउने धन्दामा लोक गायिका सिर्जना विरही थापा पक्राउ परे लगत्तै ढुकुटीको धन्दामा संलग्न सम्पूर्ण कलाकारहरूको भागदौड शुरु भएको छ । लामै समयदेखि यसै धन्दामा संलग्न करीव एक दर्जन भन्दा बढी कलाकारहरुवीच अहिले खैलावैला मच्चिएको छ । कतिपय कलाकारहरु भने यसै धन्दामा करोडौं डुवाएपछि आफै लापत्ता भई  सम्पर्क विहीन भएका छन् । यी कलाकारहरुले आफ्ना साथीभाई तथा अन्य धनाढ्य व्यक्तिहरुलाई ढुकुटी खेलाउँदै आएको बुझिएको छ । ढुकुटी डुवेपछि कतिपय कलाकारहरुबीच वोलचाल नै वन्द भएको छ । सृजना विरही थापाले केही कालकारहरुको ढुकुटी रकम तिर्न कागजमा ल्याप्चे ठोके लगत्तै शुरु भएको भागाभागमा उनी पक्राउ परेपछि अन्य कलाकारहरु पनि त्रसित बनि भागाभाग गरिरहेका छन् ।
थापाजस्तै याम क्षेत्री, कर्ण चापागाइ , प्रजा जोशी, करण न्यौपाने, रामजी खाँड धेरै ढुकुटी कारोवार गर्ने कलाकारहरु मध्येका हुन् । लोक, आधुनिक र म्यूजिक भिडियोबाट नाम र दाम कमाएका कलाकारहरु अझै कमाउने लोभले गर्दा भागाभागको अवस्था सृजना भएको हो । थापाले आफ्नो ४० लाख रुपैयाँ तिर्न बसुन्धराको एउटा पार्टी प्यालेसमा कागज गराएपछि गीत संगीत क्षेत्रबाट नाम अनि दाम कमाएका कर्ण चापागाइ लापत्ता भएका छन् । पछिल्लो समयका चर्चित लोक गायक रामजी खाँडले गीत गाएर कमाएको करीव १५ लाख रुपैयाँ ढुकुटीमा झ्वाम पारेको श्रोतको दावी छ । घिन्ताङ्ग म्यूजिक कम्पनीका सञ्चालक करण न्यौपाने ५० लाख डुवाएपछि विदेशतिर हानिएका छन् ।

अप्रील 28, 2013 at 12:27 अपराह्न टिप्पणी छोड्नुहोस्

माटाका कोठी र भकारी लोप हुने अवस्थामा

बर्दिवास-महोत्तरी जिल्लाका गाउँबस्तीमा अब माटाका कोठी (भकारी) देखिन छाडेका छन् । चामल, गहुँ, चना, रहरलगायतका खाद्यान्न भण्डारण गर्न बनाइने माटाका कोठी अब गाउँघरमा देखिन छाडेका हुन् । अन्नपात भण्डारणका लागि घरघरमै बनाइने गरिएका माटाका कोठीका ठाउँमा अब प्लास्टिकका डोल, बाल्टिन र अन्य भाँडाको प्रयोग बढेपछि कोठी निर्माण हुन छाडेको हो । व्यक्तिको स्वामित्वमा जग्गाको क्षेत्रफल घट्दै आएपछि घरमा भित्रिने फसलको मात्रासमेत कम भएर कोठी बन्न छाडेको ग्रामीण किसान बताउँछन् । अब उत्पादित फसल प्लास्टिकका भाँडामै अटाउने भएपछि कोठी बन्ने र बनाउने क्रम सिद्घएिको पशुपतिनगर-४ की किसान पुकारी महतोको भनाइ छ । मिथिलाक्षेत्रमा खासगरी थारू महिलामा कलाकौशलको हिसाबले समेत माटाको कोठी निर्माण गर्ने कार्य पछिल्लो पुस्ताको अरुचिले अब निर्माण हुन छाडेको थारू कला, संस्कृतिका जानकार बताउँछन् । मिथिला क्षेत्रका थारूबस्तीमा माटाका कोठी बनाउने सीप वैवाहिक सम्बन्धका लागि कन्याको विशेष योग्यताकै रुपमा हेरिने गरेको विगत सम्झँदै प्राध्यापन पेसामा रहनुभएका हरिहरपुरहरिनमरी-९ का महेशकुमार चौधरीले पछिल्लो पुस्ताका थारू युवतीले कोठी निर्माणमा अरुचि देखाउन थालेपछि अब नयाँ कोठी बन्न छाडेको जानकारी दिनुभयो । लेसिलो माटामा भुस मिसाएर त्यसलाई मुछ्दै महिनौँ लगाएर बनाइने माटाका कोठी अब देख्न छाडिएको छ । एकदशक अघिसम्म बस्तीमा कैयौँ महिलाले एकसाथ आ-आफना घरमा बनाउने कोठी विगतमा कला प्रर्दशनीको समेत मौका हुने गरेको बूढापाकाहरु बताउँछन् । कस्ले कस्तो कोठी बनाउँदैछन्, त्यो हेर्न भीडभाड नै लाग्ने गरेको विगत सम्भFmदै बिजलपुरा-१ का समाजसेवी ६५ वर्षीय प्रमोदकुमार सिंहले बताउनुभयो ।  (धेरै…)

अप्रील 27, 2013 at 6:40 अपराह्न टिप्पणी छोड्नुहोस्

नवविवाहित जोडीलाई अस्थायी साधन’bout परामर्श

खलङ्गा – बैतडीको उत्तर पूर्वी हाट गाविसका बासिन्दा जो कसैले पनि अब बिहे गरेकै दिन स्थानीय स्वयम्सेविकासँग कम्तीमा पनि एक घन्टा अनिवार्य बसेर परिवार नियोजनका अस्थायी साधन’bout जानकारी लिनुपर्ने भएको छ । स्थानीय हाट स्वास्थ्यचौकीले गरेको निर्णयअनुसार विवाहित जोडीले परिवार नियोजनका साधन’bout अनिवार्य रुपमा परामर्श लिनैपर्ने व्यवस्था गरिएको हो । ‘घरपैसो साधन परिचय कार्यक्रम’ अर्न्तर्गत व्यवस्थित परिवार नियोजनका लागि यस्तो सल्लाह लिनुपर्ने निर्णय गरेको स्वास्थ्यचौकी प्रमुख विनोद कुँवरले जानकारी दिनुभयो । गाउँघरमा अझै पनि कम उमेरमा विवाह हुने र सानै उमेरमा गर्भाधारण भई आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने हुँदा यस्तो निर्णय गरी कार्यान्वयनको अन्तिम चरणमा रहेको कुवँरले बताउनुभयो । घरपैसो साधन परिचय अभियान नाम दिइएको यस कार्यक्रम’bout महिला स्वयम्सेविकाहरुलाई तालिम दिइसकिएको र परिवार नियोजनका साधनसहितको पोस्टर छपाएर योजना कार्यान्वयनमा लैजाने हाट स्वास्थ्यचौकीले जनाएको छ । (धेरै…)

अप्रील 27, 2013 at 5:32 अपराह्न टिप्पणी छोड्नुहोस्

दुरा भाषाको प्रशिक्षण कक्षा शुरू

काठमाडौं- दुरा भाषाको सारक्षता बढाउने उद्देश्यले दुरा सेवा समाजले वैशाख १२ गतेदेखि “दुरा भाषाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम” शीर्षकमा दुरा भाषाको कक्षा सञ्चालन गरेको छ ।
कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै भाषाविद प्रा.डा. माधव पोखरेलले दुरा भाषाको कक्षा सञ्चालन भएकोले दुरा भाषा फेरि अस्तित्वमा आउनसक्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले कार्यक्रमका सहभागीहरूलाई आग्रह गर्नुभयो, “यहाँ सिकेका कुरा जतिसक्दो धेरै मानिसलाई सिकाउनुहोस् ।”
कार्यक्रममा बोल्दै दुरा भाषाका खोजकर्ता मुक्तिनाथ घिमिरेले आफूले दुराबस्तीहरूबाट नै दुरा भाषा संकलन गरेको र अझै पनि दुरा भाषाका शब्दहरू पाउन सकिने बताउनुभयो । (धेरै…)

अप्रील 27, 2013 at 3:05 अपराह्न टिप्पणी छोड्नुहोस्

अपहरणमा परेको बालकको उद्धार

गौशाला– भारतको सीतामाढी जिल्लाअन्तरगत सुरसन्ड शहरबाट बिहीबार राति अपहरणमा परेका एक बालकलाई आज सकुशल उद्धार गरिएको छ ।

महोत्तरीको सीमासँगै जोडिएको सुरसन्ड पञ्चायतको वडा नम्बर १० बाट स्थानीय हरिवंश मुखियाको १० वर्षीय छोरा उदय मुखियालाई आज महोत्तरी प्रहरीले जिल्लाको अनकार गाविसबाट मुक्त गरेको प्रहरी नायव निरीक्षक विजय भण्डारीले बताउनुभयो ।

बालक मुखियालाई महोत्तरीकै भटौलिया गाविसका भोला साहले अपहरण गरी अनकारा-६ स्थित साथीको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

अपहरणकारीले छोरा भनेर साथी रामलाई जिम्मा दिएको र रामले बालकलाई घर ठेगाना सोध्दा फरक परेको र बालकले पनि आफू भारतीय भनेपछि रामले बालकलाई प्रहरी चौकी कट्टीकैयामा बुझाएका थिए ।

फरार अपहरणकारी साहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अप्रील 27, 2013 at 2:04 अपराह्न टिप्पणी छोड्नुहोस्

राउटेले भिटामिन खान मानेन

raute3सुर्खेत – सरकारले अभियानको रुपमा सञ्चालन गरेको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रममा फिरन्ते जीवन बिताउँदै आएका राउटे सहभागी भएनन् ।
उनीहरूले औषधि खानुलाई आफ्नो संस्कृतिविपरीत भएको भन्दै खान नमानेपछि जिल्ला स्वास्थ्य कार्यालयको टोली सदरमुकाम फिर्ता आएको छ ।
सरकारी नीतिअनुसार सुर्खेत जिल्ला स्वास्थ्य कार्यालयले वैशाख ६ र ७ गते राउटेहरू रहेको क्षेत्र सल्यानको कालिमाटीमा स्वास्थ्यकर्मीको टोली पठाएको थियो । उनीहरूले औषधि खान नमानेपछि टोली फिर्ता भएको सुर्खेतको धारापानीस्थित उपस्वास्थ्य चौकीका अहेव प्रेम खत्रीले बताए । (धेरै…)

अप्रील 26, 2013 at 5:54 अपराह्न टिप्पणी छोड्नुहोस्

२० लाख कमाउने लोभमा २३ लाख गुमाए

काठमाडौ – मोबाइलमा आएको एसएमएस पढेर धनी हुन खोजेका एक ब्यक्तिले राजधानीमा भएको सबैथोक गुमाएका छन् । २ बर्ष नर्वेमा बसेर कमाई गरि फर्किएका महाराजगञ्जका राजकुमार श्रेष्ठले २० लाख अमेरिकी डलरको चिठ्ठा परेको भन्ने एसएमएस पाएका उनले धेरै कमाउने लोभमा २३ लाख भन्दा बढि रुपैयाँ गुमाएका छन् । त्यसरी श्रेष्ठबाट उक्त रकम हत्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले त्यसरी झुट्टा आश्वासन दिएर पैसा थुत्ने एक नाइजेरियाली र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । नाइजेरियाली नागरिक फेमी ईमान्युवल अजवेदे र ललितपुर ईमाडोलका केदार खत्रीलाई पक्राउ गरेको छ । उनीहरुको वेब एसएमएस मार्फत श्रेष्ठको मोबाइलमा म्यासेज पठाई प्रलोभन दिएको प्रहरीको भनाई छ । (धेरै…)

अप्रील 26, 2013 at 1:10 अपराह्न टिप्पणी छोड्नुहोस्

गोरे वहादुर खपाङ्गी गम्भीर घाइते

gore bdrकाठमाडौं – पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनु भएको छ ।
उहाँलाई विहीवार दिउँसो काठमाडौंको राष्ट्रियसभा गृह नजिकै वा ५१ प ७३७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते खपाङ्गीको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।  उहाँको टाउकोमा चोट लागेको छ र अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
उहाँ शाही शासनकालमा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट महिला, बाल-बालिका तथा समाज कल्याण मन्त्री नियुक्त हुनु भएको थियो ।

अप्रील 26, 2013 at 11:26 बिहान टिप्पणी छोड्नुहोस्

अव मलाई संग्रहालयमा सारे हुन्छ -िढकी

imageनेपालको ग्रामीण भेगमा धान कुटन प्रयोगमा आउने यस्ता िढकी अवको केही पुस्ता पछि संग्रहालयमा देख्न पाइनेछ । आधुनिक विकासले फड्को मार्दा ग्रामीण भेगका यस्ता सामानहरू प्रयोगविहीन हुन थालेका छन् । केही वर्ष पहिले प्रत्येक घरमा देख्न पाईने यस्ता िढकी अहिले केही घरमा मात्र देख्न पाइन्छ तर त्यो पनि कहिलेसम्म हो ।

डिसेम्बर 31, 2012 at 1:49 बिहान टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

डिसेम्बर 2022
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
262728293031