Posts filed under ‘िवचार’

बाढी पीडितको नाममा

भर्खरै नेपालमा आएको प्राकृतिक प्रकोपले थुप्रै मानिसहरूको ज्यान लिएको छ । यसैले जापानमा पनि बाढीपीडितहरूको लागि भनेर सहयोग संकलन गर्न थालेका छन् । विभिन्न संघसंस्थाको नाममा मात्र नभइ व्यक्तिगत रूपमा सहयोग संकलन शुरू भैसकेको छ । कसैले विज्ञप्ति जारी गरेर त कसैले फेसबुक मार्फत सहयोग संकलनमा हातेमालो गर्न सबै व्यक्ति तथा संघसंस्थाहरूलाइ गुहारेका छन् । यो राम्रो कुरा हो तर उठेको रकम पीडितहरूको सहयोगको लागि प्रयोग हुनु पर्दछ । सुत्केरीको नाउँ पारी टाउको मैले खाएँ भने झैं नहोस् । सहयोगको लागि उठेका हातहरूलाइ सलाम छ ।

जुन 22, 2013 at 5:02 अपराह्न टिप्पणी छोड्नुहोस्

घुमघामको बेला

आइतवार घुमघाम गर्न गएको बेला खिचेको भिडियो हो यो । एउटा सानो पोखरीमा अटाइ नअटाइ माछा र हाँस थिए अनि कछुवाहरू पनि । दर्शकहरूले चाहरा हालिरहेका थिए तर माछा र हाँसमा कुनै झगडा भएको थिएन । आफ्नो-आफ्नो अगाडि आएको खाना खाँदै थिए । मलाइ लाग्यो यो सानो पोखरीमा पनि कसरी मिलेर बसेका छन् । हाम्रा नेपालको नेताहरू एउटै पार्टीमा नअटेर पार्टी फुटालेका छन् फुटालेका छन् । त्यसैले जनावर तथा पंक्षीहरूबाट सिक्नु पर्नेछ नेपालका नेताहरूले कसरी मिलेर बस्न सक्नुपर्दछ भन्ने कुरा ।

जुन 14, 2013 at 6:07 अपराह्न टिप्पणी छोड्नुहोस्

दुरा घाँटु

gatu-sareअहिले यतिखेर गाउँमा घाँटु नचाउने, केटाकेटीहरू जम्मा हुने, अल्लोपल्लो गाउँमा घाँटु हेर्न जाने कति रमाइलो हुन्थ्यो गाउँमा छँदा । अहिले ती सबै कुराहरू गुमाइराखेको छु । फोटो हेरेर भए पनि मन बुझाउँदैछु यो परदेशमा ।

मे 28, 2013 at 3:57 अपराह्न टिप्पणी छोड्नुहोस्

ल हेर्नुस यो महंगो वाइक कुँदाउने के वेरोजगार होला ?

berojgariनेपालमा वेरोजगारको संख्या देशले थामीनसक्नुको छ । जता हेर्‍यो उत्तै, जो हेर्‍यो उही वेरोजगार । सानातिना काम त गरे पो पाइन्थ्यो त रोजगार । सानातिना काम आँखाले नदेख्ने ठूला ठूला काम दिमागले नभ्याउने अनि गर्ने के विदेश जाने । विदेश जान पनि पैसा चाहिने । नेपालमा साँच्चैको वेरोजगारहरु कसरी हुन्छ रोजगार गरौं भनेर लागि परेका छन । तर नक्कली वेरोजगारहरु कसरी अरुलाई दुःख दिने भनेर सोचिरहेका छन । वेरोजगारहरुले पनि वन्द गर्ने रे । साना तिना रोजगार गरेर जीविकोपार्जन गरेकाहरुलाई पनि काम गर्न नदिनको लागि नेपाल वन्द गरेर वेरोजगार बनाई आफूहरुको सदस्यता वढाउनको लागि त्यस्तो गरेको हो कि के हो – फोटो हेर्दा त साँच्चैको वेरोजगारी जस्तो त देखिंदैन । ल हेर्नुस् यति महंगो वाइक कुँदाउने के वेरोजगार होला ? यदि रोजगार नै चाहेको हो भने त्यो वाइक वेचेर सानो सानो चिया पसल गरे भैहाल्यो नि कि कसो साथीहरु ?

मे 10, 2013 at 12:09 अपराह्न टिप्पणी छोड्नुहोस्

रेकर्ड नयाँ नयाँ, आखिर नेपाली त जातै महाराज

फुटवल हान्ने खेलाडीले मान्छे हानेपछि भन्ने शीर्षकमा अलि अस्तिनै मैले व्लग लेखे जस्तो लाग्छ । नेपालीको त जातै महाराज भने झै डान्गडुंग गर्न त कसले भेटने ? केही जात्रा भयो भने, दुई चार ट्वाँक लायो अनि सिंगौरी खेल्यो, अनि हानाहान गर्यो । मेच टेवुल भाँच्यो आहा कति मजा । जापानमा जुनसुकै कार्यक्रम गर्दा पनि लडाईं तथा झै झगडा नियन्त्रण समिति वनाउन आवश्यकै भैसक्यो । वामदेव गौतमका विचार झैं युवा रगत पेट्रोल भन्दा खतरा हुन्छ, जुन सानो झिल्को आगोमा पर्यो कि भ्यायो । त्यस्तै युवा रगतमा विजुली पानी मिसाए पछि त के कुरा गरौं र ! जव प्रेमरूपी पान्ग्राले गति लिन्छ, तव त्यहाँ कुनै निश्चित नियम हुँदैन भने जस्तो हुन्छ । ठोकठाक मन्त्रालय सम्वन्धी अन्य जानकारीहरू पछि विस्तारमा कुरा गरौंला । जापानका तोरी लाहुरेहरूको कुरा पनि अर्को भागमा नै तर अहिलेलाई भने सगरमाथातिरको ठोकठाक समाचार । (धेरै…)

अप्रील 29, 2013 at 11:20 अपराह्न टिप्पणी छोड्नुहोस्

सञ्चालक/प्रिन्सिपललाई १ देखि १५ लाख रुपैयाँसम्म कमिसन

केटाकेटीलाई किताबको भारी

कलिला बालबालिकाको पढाइका लागि कितावको भारी जरुरी छ कि सिकाउने शैलीको ?

child-and-bagकलिला बालबालिकाको पढाइका लागि पुस्तकको भारी जरुरी छ कि सिकाउने शैलीको ? देशका अधिकांश निजी विद्यालयको प्रवृत्ति हेर्दा लाग्छ उनीहरू सिकाइको शैलीमा होइन, पुस्तकको भारीमा विश्वास गर्छन् । कमिसनका लागि उनीहरू कक्षा १ का विद्यार्थीलाई कम्तीमा १२ देखि १५ वटासम्म पाठ्यपुस्तक बेचेर नाफा खाइरहेका छन् ।
६ वर्ष उमेरका, पहिलोपल्ट विद्यालयको औपचारिक शिक्षामा प्रवेश गरेका विद्यार्थीलाई दिइने किताबको बोझको प्रभाव सीमित कमाइ भएका अभिभावकमा समेत पर्ने गरेको छ । निजी विद्यालयमा बर्सेनि पुस्तक बदलिन्छ । अघिल्लो वर्ष पढेको पुस्तक अर्को वर्ष काम लाग्दैन । ३५ वर्षदेखि शिक्षण पेसामा संलग्न ललितपुर माविका पि्रन्सिपल माधव सिटौला भन्छन्, ‘किताब धेरै राखेर/बोकाएर विद्यार्थीले धेरै सिक्छन् भन्ने भ्रम मात्रै हो, प्रमुख कुरा सिकाउने शैली हो ।’ उनले कमजोर शिक्षण शैली र प्रकाशकसितको लेनदेनका कारण निजी विद्यालयले पुस्तकको बोझ बढाएको बताए । ‘धेरै किताब राख्दा केही नगद कमाइएला, तर विद्यार्थीको सिकाइ बढ्नुको साटो पढाइको बोझले विद्यालयप्रतिको उनीहरूको रुचि घट्न सक्छ,’ उनले भने, ‘हामीले कक्षा १ का ९ किताबलाई घटाएर ४ वटामा झारेका छौं ।’

(धेरै…)

अप्रील 28, 2013 at 1:45 अपराह्न टिप्पणी छोड्नुहोस्

गोफ्ले र राष्ट्रपतिको म्याद उस्तै-उस्तै

imageगाउँको मुखियाले गोफ्लेलाई हपार्दै भने – “लगेको रीन कहिलेसम्म तिर्छस् त गोफ्ले ?” नाकको टुप्पोवाट तल झर्ला-झर्ला जस्तो गरेर चस्मा लगाएका मुिखयाले चस्माको मािथल्लो भागवाट तेर्सो अाँखाले गोफ्लेलाई हेर्दै कड्िकएर भन्यो – “अघिल्लो महिना जसरी भए पनि तिर्छु मुिखया वा भनेर त्यै मुखले भन्थिस् तर िदएको भाकामा तिर्न सकिनस् अव तैं भन कहिलेसम्म हिसाव मिलान गर्छस् त गोफ्ले ?” गोफ्लेको अनुहार के भन्ने के नभन्ने त्यसैत्यसै रातोपिरो भएर आयो । गोफ्लेलाई आफू गरीव हुनु अनि त्यसैको कारण आफूले वोलेको कवोल पुरा गर्न नसक्दा साह्रै िखन्नता वोध भयो । तैपनि उसले भएभरको साहस वटुलेर भन्यो-“हुन्छ मुखिया वा म घर सल्लाह गरेर सकेसम्म चाँडो मिलाउँछु एक पटकलाई मौका दिनुस् ।” हुनत मुिखयाले यसभन्दा अघि पनि थुप्रै पटक मौका नदिएको भने होईन तर विचरा गोफ्लेले के गरोस् घर व्यावहारले शिर ठाडो पार्न नसकेपछि … जव भाका नाघेर जान्छ अनि गोफ्लेले उही कुरो दोहोर्याउन वाध्य हुन्छ – “घर सल्लाह मिलेन, अर्को भाका दिनु पर्यो ।” (धेरै…)

जनवरी 1, 2013 at 6:38 बिहान टिप्पणी छोड्नुहोस्

कार्यक्रम गर्ने फेसनको होडवाजी, दर्शकहरू मर्कामा

आजको िदनदेखि अंग्रेजी साल २०१२ ले पनि हामीसामु िवदा लिने तरखर गर्दैछ । नयाँ वर्ष २०१३ को अवसरमा जापानमा रहेका िवभिन्न संघसंस्थाहरूले नेपालवाट ख्यातिप्राप्त कलाकारहरू िझकाई िनकै ताझमाझका साथ नयाँ वर्ष (नेपाली नयाँ वर्ष नभए पनि) मनाउने तरखर गरिरहेका छन् । यसैक्रममा यही नयाँवर्षको कार्यक्रमको लागि भनेर नेपालवाट कलाकारहरू जापान आईपुगिसकेको कुरा अनलाईन समाचारहरूले िवज्ञापनरूपी समाचारहरू पनि निकालिसकेका छन् । त्यसो त जापानमा यो भन्दा अघिल्लो वर्षहरूमा पनि यस्ता कार्यक्रम नभएका भने होइनन् । तर अहिले आएर जापानको नेपाली समाजमा नेपालवाट कलाकार िझकाएर कार्यक्रम गर्ने फेसनको होडवाजी नै चलेको छ । राजनैतिक दलका िवभिन्न संगठनदेखि लिएर विभिन्न जिल्लावासीका नाममा संगठित भएका संघसंस्थाहरू केही चाडपर्व आउनासाथ को कलाकारलाई िझकाउने, कति गते र के वार कार्यक्रम गर्ने, कति जति मान्छे जम्मा होलान, कति पैसा वटुल्न सकिन्छ भनि हिसावकिताव गर्न थाल्छन । एक हिसावले समय-समयमा यस्ता कार्यक्रमहरूको आयोजना गर्नु आफैमा नराम्रो भने होईन । आफ्नो जन्मभूमिवाट टाढा रहेर, विदेशको व्यस्त दैनिकीका वावजुत पनि नेपाली िरतीरिवाज र आफ्नै मौलिक परम्पराको स्वाद लिन पाउँदा हामीले आफूले आफैलाई भाग्यमानी ठान्नु पर्दछ । तर एकै िदनमा २-२ ठाउँमा राखिएको कार्यक्रम कता जानु कता नजानु ? क्रमश:

डिसेम्बर 31, 2012 at 12:45 बिहान टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

डिसेम्बर 2022
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
262728293031