ल हेरौं फोटो यात्रा… वास्तविक पत्रकारिता

जापानमा पत्रकार हुँ भन्नेहरूको ’boutमा जानकारी लिनको लागि हेरौं यो फोटो यात्रा…

This slideshow requires JavaScript.

(धेरै…)

अगस्ट 16, 2013 at 12:20 अपराह्न टिप्पणी छोड्नुहोस्

सरकारी छाप दस्तखत कीर्ते

विराटनगर- पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा प्रहरी जवान पदमा आवेदन फारम भर्न आएका जिल्ला उदयपुर रामपुर ठोक्सिला गाविस-२ निवासी २२ वर्षीय खगेन्द्र बस्नेतको नक्कली र्सर्टिफिकेट रहेका कारण आज पक्राउ परेका छन् ।
आवेदकले आवेदन फारमसहित पेस गरेको पब्लिक हर्दिया सेकेन्डरी स्कुल धरान-१२ बाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेको मार्कसिट तथा प्रमाणपत्र शङ्का लागि जाँच गर्दा निजले पेस गरेको मार्कसिट र प्रमाणपत्र नक्कली भएको भन्ने खुल्न आएकाले निजलाई पक्राउ गरिएको हो ।
निजलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
यसैगरी, मोरङ शनिचरे- ८ नयाँ सोमबारी बस्ने वर्ष ३२ को भीमबहादुर जोगी आफ्नो घरकोठामा प्लास्टिक डोरीको पासो लगाई झुन्डी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस

अगस्ट 14, 2013 at 8:30 अपराह्न टिप्पणी छोड्नुहोस्

सरकारी कर्मचारीको उदेकलाग्दो अंग्रेजी ज्ञान

‘राजाको काम कहिले जाला घाम’ भन्ने चलन थियो पहिले पहिले । हालैका दिनहरुमा आएर त्यो उखान पनि परिवर्तन भएको जस्तो लाग्छ – ‘सरकारी काम कहिले जाला घाम’ । भन्नलाई नाम र ठाम (ठाम=ठाऊँलाई बोलीचालीको भाषामा) अनुसारको काम, काम अनुसारको दाम अनि फेरि दाम अनुसारको माम पनि भनिन्छ । नाम, ठाम, काम, दाम र मामको सम्बन्ध रिङ्डको बाटो जस्तो फनक्कै घुमेर जोडिएको छ एक आपसमा । यिनीहरुको सम्बन्ध यति घनिष्ट भएर जोडिएको छ कि यिनीहरू सबै एक अर्काका परिपुरक हुन । त्यसैले भनिने गरिन्छ जस्तो काम त्यस्तै माम । तर सँधैभरी यी कुराहरू सही सलामत हुँदैनन् ।
passport-english (धेरै…)

अगस्ट 14, 2013 at 5:39 अपराह्न टिप्पणी छोड्नुहोस्

म त नक्कली पत्रकार रे

एकजना एनआरएनका जल्दावल्दा नेताले -“ए नक्कली पत्रकार काम छैन तिम्रो ?” भन्नुभयो । हुन पनि उहाँले ठीकै भन्नुभयो । मेरो भन्नु भन्दा पनि हाम्रो भन्न रूचाउँछु म । हामी पत्रकारहरूको न त कामै छ न त फुर्सद नै ।  उनै नेताहरूको घम्साघम्सीको कुरा लेख्यो वस्यो के नै काम छ र? तर नक्कली र सक्कलीको विषयमा चाहीं उहाँले हचुवाको भरमा भन्नुभए झैं लाग्छ । या त मजाक गर्नु भएको । तर जे होस भन्नुभयो राम्रै भयो । मजाकै गरेर भन्नुभएको भए पनि त्यसले फाईदा नै गर्यो किनकी एउटा सानो प्रश्न भए पनि मैले सोध्ने मौका पाएँ । कुरा के भने एनआरएनको अर्थ सवै विदेशमा वस्ने नेपालीहरूलाई थाहा होला । यदि थाहा नभएको कोही हुनुहुन्छ भने थाहा भएकाहरूलाई सोध्नुस् । नेपालीमा भन्नुपर्दा गैर-आवासीय नेपाली भन्ने बुझाउँछ क्यारे । यसको साधारण सदस्य वन्न पनि नेपाली नागरिकता अर्थात राहदानी हुनुपर्छ कि कसो हो ? यदि त्यसो होईन भने भन्नुहोला । र नेताज्यू भारतीय राहदानी बोकेको मान्छे तपाईको एनआरएनको सदस्य या भनौं त्यो भन्दा माथिको जिम्मेवारी पदमा रहन्छ भने त्यो नक्कली हो कि सक्कली ? (धेरै…)

अगस्ट 11, 2013 at 11:27 अपराह्न टिप्पणी छोड्नुहोस्

नयाँ डिजाईनको टायर विनाको साईकल

20130811-212841.jpg“आईडियाले ईन्डिया घुम्न सकिन्छ” भन्थे यहाँ आईडियाले टोकियो घुम्नेको नयाँ आईडियाको साईकल हेर्नुस् । सायद टायर पन्चर भएर होला अर्को पनि फालेर टायर विनाको साईकल चलाएको । यो सजाउन राखेको भने होईन । यसैमा चढेर किनमेल गर्न हिंडेको देखियो ।

अगस्ट 11, 2013 at 9:01 अपराह्न टिप्पणी छोड्नुहोस्

हेर्नुहोस केही फोटाहरू अनि ठाउँ चिन्नुस्

This slideshow requires JavaScript.

अगस्ट 11, 2013 at 10:08 बिहान टिप्पणी छोड्नुहोस्

के मेरो गाउँ स्वर्गजस्तो छैन र ?

imageएक वर्ष अगाडि नेपाल जाँदा खिचेको यो फोटो कस्तो लाग्यो तपाईलाई ? के साँच्चै रमाईलो छैन र ? सवै जना आजभोलि सुखी वने, शहरतिर झरे । यो गाउँघर शुनशान वनेको छ आजभोलि । छोराहरू कमाउने निहुले विदेशिए, वुहारीहरू नातीनातिना पढाउने निहुले गाउँ छाडे । गाउँमा वुढाखाडा मात्रै भए । हावापानी स्वच्छ छ, त्यसो त कच्ची वाटो पुगेको छ, सवैको घरमा टुकीको साटो विजुली वल्छ अचेल तर पनि कोही वस्न चाहँदैनन् यो स्वर्गजस्तो गाउँमा आखिर किन ? के यो गाउँ रमाईलो छैन र? (धेरै…)

अगस्ट 10, 2013 at 1:41 बिहान टिप्पणी छोड्नुहोस्

अुनभव-अनुभूति

म सानो छंदा बारम्बार छिमेकीकोमा नून पैंचो माग्न गएको याद अझै ताजै छ । आफूलाई माग्ने भनेपछि साह्रै लाज लाग्ने सानैदेखि तर के गर्ने परिस्थिति त्यस्तै पर्ने । अझै पनि अैंचो पैंचो, सरसापटले नै धानिएको छ सरल ग्रामीण परिवेश । वर्षमा एक पटक वर्षभरीको लागि नूनतेल खरीद गर्न वजार जान्थे गाउँलेहरू । वाटोघाटोको सुगमता नभएको करणले वारम्वार र एक्लोदुक्लै जान सक्ने अवस्था थिएन वजारसम्म । कथंकदाचित आधी वर्षमै नूनतेल सकियो भने छिमेकीमा पैंचो मागेर चलाउनु भन्दा अरू उपाय हुँदैनथ्यो । कोदोमकै, सागसब्जी भए आफ्नै वारीमा फलाउन पनि सकिन्थ्यो तर नून तेल नभै पनि नहुने, आफै उत्पादन गर्न पनि नसकिने । नून नभए अलुनो तरकारी खानु पर्ने र तेल नभए अँध्यारोमा नै केही समय गुजारा गर्नुपर्ने हुन्थ्यो कहिलेकाहीं त । त्यो भन्दा लाज पचाएर भएपनि छिमेकीकोमा माग्न जानु सिवाय अरु उपाय हुँदैनथ्यो । (धेरै…)

अगस्ट 9, 2013 at 12:43 बिहान टिप्पणी छोड्नुहोस्

यसो बसिवियाँलोको बेला…

Tokyo-Gasनेपालमा सँधैको ग्याँसको अभाव । कहिलेकाहीं त खाना पकाउँदा पकाउँदै सकिन्छ भन्या । सँधैभरी सिलिन्डरमा कति ग्याँस छ, बजारमा ग्याँसको अवस्था कस्तो छ सँधै चनाखो हुनु पर्ने अवस्था छ । पैसा तिर्छु भने पनि ग्याँस पाउन मुस्किल हुन्छ नेपालमा । तर विकसित देशहरुमा कोठा भाडामा लिएर बसेपछि, ग्याँसको विल प्रत्येक महिना बुझाएपछि कहिल्यै ग्याँस रोकिंदैन । यहाँसम्म कि आफैलाई आफ्नो कोठामा ग्याँस सकिएको थाहा हुँदैन । यस्तै ग्याँस सम्बन्धी रोचक घटना केही अगाडि मैले यसै ब्लगमा लेखेको थिएँ । तर आज भने यो फोटो हेर्नुहोला । एउटा घरमा हरेक कोठामा जोडिएको ग्याँस लाईनको मिटर एकै ठाउँमा मिलाएर राखिएको छ । तपाईलाई कस्तो लाग्यो – मलाई भने रोचकै लाग्यो र एउटा क्लिक ठोकिहालें । कहिले होला यस्तो नेपालमा –

अगस्ट 7, 2013 at 2:11 अपराह्न टिप्पणी छोड्नुहोस्

सम्झना सगरमाथा महोत्सवको…

everest-festibal जापानको टोकियो टावरमा भएको सगरमाथा महोत्सवमा प्रदर्शनीमा राखिएको नेपालको हिम श्रृंखलाहरुको फोटो अवलोकन गर्दै एक जापानी नागरिक ।

अगस्ट 7, 2013 at 12:08 अपराह्न टिप्पणी छोड्नुहोस्

सांगीतिक कार्यक्रममा कम्मर मर्काउँदै नेपालीहरू

नेपाली नारीहरूको महान चाड तीज नजिकिंदै जाँदा टोकियोमा विभिन्न सांगीतिक कार्यक्रमहरू आयोजना हुनेक्रम बढेको छ । हिजो मात्रै टोकियो निसी निप्पोरीमा रहेको आरती रेष्टुरेन्टको जन्म दिन अरे । सोही अवसरमा विगत केही महिनादेखि टोकियोमा रहेका नेपाली लोकदोहोरीका प्रख्यात कलाकारद्वय विलन थापा र मिना लामाको उपस्थितिमा टोकियो ’round बस्ने नेपालीहरूले धोको फेरेर नाचे, गाए अनि रमाए पनि । त्यही अवसरमा खिचेको भिडियो हेर्नुहोस अनि आनन्द लिनुहोस् ।

अगस्ट 5, 2013 at 6:28 अपराह्न टिप्पणी छोड्नुहोस्

हिमालयन साँझ-२०१३ को स्मरण

टोकियोमा भएको हिमालयन साँझ-२०१३ मा नेपालका ख्यातीप्राप्त गायकगायिका उदय सोताङ र मनिला सोताङ दम्पत्तिले धमकेदार प्रस्तुतीहरू दिएका थिए । त्यहीबेला खिचेको भिडियो एडिटङ गर्न भ्याइरहेको थिइन् । आज बल्लबल्ल एउटा भिडियो राखेको छु । तपाइ पनि यसो हेरेर टोकियोमा भव्यताका साथ सम्पन्न भएको हिमालयन साँझलाइ स्मरण गर्नुहोस् सहभागीता नहुनुभएको भए यहाँ भिडियो हेरेर भए पनि सहभागिता भएको महशुस गर्नुहोला ।

जुलाई 24, 2013 at 6:37 अपराह्न टिप्पणी छोड्नुहोस्

होइन यो कस्तो प्रमाण पत्र हो ? सक्कली त हो ?

nisha-adhikariअभिनेत्री निशा अधिकारीलाई सगरमाथा चढेको प्रमाणपत्र नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गरेको छ । २०१३ को मई महिनाको २१ तारिकमा गाइडको रुपमा चढेपनि जसरी चढेपनि निशाले सगरमाथा चढेको प्रमाण हो यो । जुन रुपमा चढेपनि विश्वको अग्लो शिखर आरोहण गर्नु भनेको चानचुने कुरा पक्कै होइन । त्यसैगरी विश्वको अग्लो शिखर चुमेपछि पाइने प्रमाण पत्र पनि चानचुने हुने कुरै आएन । तर नेपाल सरकारको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिने प्रमाणपत्रमा भने म केही कमजोरीहरु देख्दैछु । (धेरै…)

जुलाई 24, 2013 at 5:36 अपराह्न टिप्पणी छोड्नुहोस्

कविता

हामी भनेको वीरका सन्तान
लड्नै जन्मेको
लडेरै मरौंला
शरीरमा एक थोपा रगत छउन्जेल
लडी नै रहौंला

जिजुले लडेरे
ईतिहासमा पढें
वाजेले लडेको
बा ले सुनाए
वा ले पनि लडेका रे
आमाले भनिन
त्यसैले त म पनि लड्न चाहन्छु
किनकी
म योद्धाको सन्तान

हामी गर्व गर्छौ लडनेमा
लड्ने भन्दा पनि लडाउनेमा
मर्ने भन्दा मार्नेमा
तर थाहा छैन
म किन लडन चाहन्छु
तर
मैले लडनै पर्छ
किनकी मैले
पूर्खाको विंड थाम्नु छ

जुलाई 17, 2013 at 12:50 बिहान टिप्पणी छोड्नुहोस्

महिलाहरू पनि के कम ?

biramiमहिलाहरू पनि के कम ? भनेर पनि के भन्नु खै ? नगरी सुख ? भन्न पनि नमिल्ने अनि कस्तो कस्तो अप्ठेरो परिरहेको छ नेपालको परिस्थिति । पुरूषहरू कमाउन विदेश जानै पर्ने हाम्रो नेपालको अनिवार्य नियम भैसक्यो अनि गाउँघर समाजमा मर्दा पर्दा महिलाले काम नगरी सुखै छैन । चाहे विरामी वोक्न होस या त अरू नै केही वोक्न महिलाहरू नै कस्सिएका छन् आजभोलि । नगरी पनि के गर्ने ? मानिस परिस्थितिको दास रहेछ भन्ने साँचो रहेछ । परिस्थितिले पारेपछि जे पनि गर्न तयार हुनुपर्ने । तर परिस्थितिसँग जुध्दै जीवन गुजार्नु पनि एउटा सफल जिन्दगीको एक पाटो हो । हिजो पानी बोक्ने महिलाहरू अहिले लास वोक्न पनि पछि परेका छैनन । गाउँमा महिलाले गोरू जोतेको त के कुरा पुरूष सरह कमाउन विदेश हानिने महिलाहरू पनि कम छैनन् । अर्काको देशमा गएर पेट पाल्नु पर्ने, परिवार पाल्नुपर्ने । अझ फराकिलो हिसावले भन्दा नेपालका नेताहरू पाल्नुपर्ने कस्तो विडम्वना यो कहिलेसम्म ?

जुलाई 14, 2013 at 11:42 बिहान टिप्पणी छोड्नुहोस्

म रिपोर्टर अनि मोडल पनि

कुनै दिन यस्तो थियो भर्खर भर्खर जापान आएको जोश जाँगर भिन्दै । नसुति नसुतिकन भए पनि अनेक गरिन्थ्यो । जानी नजानी गरेका ती कुराहरू अहिले हेर्दा रमाइलो लाग्ने रहेछ ।

जुलाई 11, 2013 at 4:03 अपराह्न टिप्पणी छोड्नुहोस्

सिन ओकुवोमा नाइजेरियन पुरूषको चर्तिकला

sinokuboनाइजेरियन एक पुरूषले आज दिउँसो सिन ओकुवोमा चर्तिकला देखाएका छन् । उनबाटै सुनिएको गुनासो अनुसार आफूलाइ विदेशी भएकै कारण जापानी प्रहरीले वाराम्वार चेक गर्ने गरेकोले आफूलाइ रिस उठेको कुरा बताएका छन् । उनको श्रीमती पनि जापानी र जापानीसँग विवाह गरेर लामो समय भएको कुरा गरेका छन् । त्यसो त उनको छोरी पनि १३ वर्ष भएको कुरा उनले सबैलाइ सुनाए । तर कतिले बुझे बुझेनन् भगवान जानून तर मलाइ पनि जापानी प्रहरीले वाराम्वार चेक गरेर हैरानी पार्ने गर्दछ । उसले वारमाथि चढेर तल झर्न मान्दै मान्दैन । पुलिसले जति फकाए पनि तल झर्दैन । नेपालमा भए गोर्खे लौरी लगाईहाल्थे । उ आफै नओर्लिएसम्म पुलिसहरू केही नगरी पर्खेरै वसे ।
(धेरै…)

जुलाई 10, 2013 at 7:11 अपराह्न टिप्पणी छोड्नुहोस्

रेडियो कार्यक्रम र नेपाङ्ग्रेजी

स्रोताहरु हाम्रो टेलिफोनमा एक जना मित्र आइ सक्नु भएको छ । म उहाँलाई स्वागत गर्न चाहन्छु ।
हेलो …. नमस्ते, को कहाँबाट बोल्नु भा’को ?
म रसिला…
के गर्दै हुनुहुन्छ ?
बसिराखेको नि, कति ट्राइ गर्दा पनि फोन नै लाग्दै नलाग्ने भन्या ।
तपाईलाई बधाई छ फोन लाइन पाउनु भएकोमा
थ्याङ्क्यू
वेल कम
भात खानु भयो रसिला जी ?
खाएँ
तरकारी के खानु भयो ?
अ… आलु र वन्दा
ल त रसिला जी तरकारी आलु खानु भए पनि अरु कुरामा भने आलु नखानु होला । अब हामी यसपछि एउटा सुन्दर गीत बजाउने छौं । तपाई कसलाई सुनाउन चाहनुहुन्छ ?
तपाईलाई
थ्याङ्क्यू (धेरै…)

जुलाई 9, 2013 at 1:54 अपराह्न टिप्पणी छोड्नुहोस्

म माथि आक्रमण गर्नेलार्इ पुलिसले नसके म आफैं ठीक पार्छु-चरी

chari donप्रख्यात डनहरू मध्यको एक दिनेश अधिकारी उर्फ ‘चरी’डनले आफूमाथि हमला गर्नेहरूलार्इ नेपालको पुलिस प्रशासनले तह लगाउन नसके आफैले ठीक पार्ने बताएका छन् । प्रेस चौतारी धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा भाग लिएर राजधानी फर्कनेक्रममा बा १० च ५९९३ नम्बरको निजी कारमा सवार उनीमाथि गोली प्रहार भएको थियो । उनेले सञ्चारकर्मीहरूसँग अस्पतालबाटै नेपालको प्रशासनले ठीक पार्न नसकेको खन्डमा आफैले ठीक पार्ने चेतावनी दिए । चरीले गरेको यो घोषणा आफ्नो प्रतिद्वान्दीलाइ मात्र नभएर सिंगो नेपालको सुरक्षा व्यवस्था माथिको चुनौती हो, किन भने पुलिस प्रशासनले नसकेको खण्डमा म कानून हातमा लिएर आफै ठीक पार्छु भन्ने आशाय हो । यसले नेपालको सुरक्षा व्यवस्थालाइ गिज्याएको आभाष हुन्छ । किन भने जो सुकैले होस नेपालमा शान्तिको शास फेर्न पाउनु पर्छ । (धेरै…)

जुलाई 8, 2013 at 12:17 अपराह्न टिप्पणी छोड्नुहोस्

माईला दाईका गीत…

धेरै लामो समय पछि माईला दाईलाई फेरि गीत फुरेको छ । माईला दाई विशेष गरी राष्ट्रिय गीत लेख्नुहुन्छ । तर अहिलेको नेपाली राष्ट्रिय गीत लेख्ने व्याकुल माईला दाई भन्नु होला । उहाँ पनि माईला त पर्नुभयो तर व्याकुल माहिला दाई भने उहाँ हुनुहुन्न । देशको अवस्था देखेर उहाँ पनि आकुल व्याकुल त हुनुहुन्छ रे । तर रे को कुरा खै के खै के ? देशको अवस्थाले आकुल व्याकुल भएर अस्ति भर्खर घुमघाम गर्न निस्कनु भाको थियो नयाँ राष्ट्रिय गीत फुरिहालेछ । ल हेर्नुस् उहाँजी शाहाको राष्ट्रिय गीत ।
(धेरै…)

जुलाई 7, 2013 at 5:51 अपराह्न टिप्पणी छोड्नुहोस्

पाउरोटीमा सियो राख्ने पक्राउ परे

panटोकियो-जापानको चिवा प्रान्तको नागारेयामासी एदोगावादाईनिसीमा रहेको कम्बिनी स्टोर्समा विक्रीको लागि राखिएको पाउरोटीमा सियो राख्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका २८ वर्षीय तोमोया नागाकीले उक्त क्षेत्रमा रहेको आठवटा भन्दा बढी पसलहरूमा रहेको खाध्य पदार्थमा सियो घुसाएका थिए । उनलाई सेक्युरिटी क्यामेराले खिचेको भिडियो रेकर्डको आधारमा पक्राउ गरिएको थियो । उनले उक्त कार्य आफूले गरेको स्वीकार गरेका छन् । ४ सेन्टीमिटर लम्बाईको सियो घुसारिएको पाउरोटी सोही प्रान्तमा बस्ने एक महिलाले अघिल्लो महिनाको २९ तारिख बेलुका किनेकी थिइन । ३० तारिख विहान पाउरोटी खान लाग्दा सियो भेटिए पछि उनले पुलिसलाई खबर गरेकी हुन् । त्यतिबेला सोही प्रान्तमा रहेको अन्य पसलहरूमा पनि पाउरोटीमा सियो भेटिएको थियो । सो व्यक्तिले के कति कारणले उक्त कार्य गरेको भन्ने कुरा अझै खुलिसकेको छैन ।***

जुलाई 6, 2013 at 11:11 अपराह्न टिप्पणी छोड्नुहोस्

चरी दादा माथि गोली प्रहार

chari donप्रख्यात डनहरू मध्यको एक दिनेश अधिकारी उर्फ ‘चरी’डन माथि अर्को समुहका डनहरूले गोली चलाएका छन् । उनी एमाले निकट युवा संघ नेपाल धादिङ क्षेत्र नम्बर- १ का उपाध्यक्ष हुन ।
प्रेस चौतारी धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा भाग लिएर राजधानी फर्कनेक्रममा बा १० च ५९९३ नम्बरको निजी कारमा सवार उनीमाथि गोली प्रहार भएको हो । उनी आफैंले कार चलाएका थिए । उनको दाहिने पाखुरामा गोली लागेको छ । अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना गरिएको चरी डन अहिले यतिखेर बल्ल बोल्न सक्ने अवस्थामा फर्किएका छन् । रातभर उनी वेहोस भएका थिए । (धेरै…)

जुलाई 6, 2013 at 1:22 अपराह्न टिप्पणी छोड्नुहोस्

कुटपिट गरेको ठहरेमा १० हजार जरिवाना र ४ वर्ष जेल मात्र…

imageशिक्षा दिने गुरूलाई भगवान सरह मानिन्छ । संसार देखाउनको लागि शिक्षाको माध्यमवाट भित्री आँखा खुलाईदिने पनि गुरू नै हुन् । गुरूको योगदानलाई कदर गर्नको लागि एकलव्यले आफ्नो दाहिने हातको बुढी औंला नै काटेर गुरू दक्षिणा चढाएको कथा हामी सबैले पढेकै छौं । आजभोलि पनि गुरूलाई मान सम्मान गर्नको लागि गुरू पूर्णिमा मनाउँछौं नै । त्यसो त गुरूले चेलाहरू माथि अन्याय अत्यचार गर्ने परिपाटी उहिल्यैदेखि थियो भन्ने कुराको अडकल एकलव्यको कथा पढेर थाहा लाग्छ । आफूले मन पराएको चेलालाई माथि पुर्याउन गुरूले एकलब्यको दाहिने औंला गुरूदक्षिणा मागेको भनिन्छ । (धेरै…)

जुलाई 6, 2013 at 1:51 बिहान टिप्पणी छोड्नुहोस्

के भन्नुभयो त राष्ट्रपतिले जापानमा ?

विरामी भएर अघिल्लो महिना जापान आउनु भएका राष्ट्रपतिले टोकियोमा भएका नेपालीहरूसँग के भन्नुभयो त ? हेर्नुहोस भिडियो ।

समय अभावको कारणले भिडियो अपलोड गर्न ढिलो भएकोले क्षमा प्रार्थी छु ।

जुलाई 5, 2013 at 10:18 अपराह्न टिप्पणी छोड्नुहोस्

एकै रातमा करीव रू. १२ लाख रन्डीवाजीमा

टोकियो – नाईट लाईफको लागि प्रसिद्ध मानिने टोकियोको रोपोङ्गीमा हालै एकजना नेपाली एकैरातमा करिव १२० मान येन (नेरु करिव १२ लाख) लुटिन पुगेका छन् ।

कामधन्दाबाट बेलैमा निस्केर फ़्रेश हुन रोपोङ्गी झरेका दुई नेपालीमध्यका एक एकैरातमा नगद र क्रेडिट कार्डको प्रयोग गरी करिव १२० मान लुटिएका हुन् । उनलाई रोपोङ्गीको एक डिस्कोमा भेटिएका बिदेशी युवतीहरुले मादक पदार्थ सेवन गरेर करिव बेहोस भएको अवस्थाको मौका छोपी क्रेडिट कार्डबाट सय मान भन्दा बढिको किनमेल गराएका थिए भने साथमा भएको नगद करिव १२ मान पनि लगेको बुझिएको छ । (धेरै…)

जुलाई 5, 2013 at 9:29 अपराह्न टिप्पणी छोड्नुहोस्

पैसा छपाइमा लापरवाही

khoti-money
नेपालमा सबै कुरामा लापरवाही त छ नै । तर पैसा जस्तो कुरामा पनि नेपाल राष्ट्र बैकले गरेको लापरवाही नै यही नमूना हो । नेपाली पैसामा लेख्ने, कोतर्ने, आफ्नो ठेगाना लेख्ने त्यति मात्रै नभएर लभ लेटर नै लेख्ने चलन पनि छ । नेपालको पैसा त यति फोहोर हुन्छ कि भनि साध्यै छैन । ल हेर्नुस् यो पैसा कस्तो हुनु पर्नेमा कस्तो छापिएको छ ।

जुलाई 3, 2013 at 1:18 अपराह्न टिप्पणी छोड्नुहोस्

बाघमारे खुल्ला दिसामुक्त गाविस घोषित रे

संसारका अन्य मुलुकहरूले विभिन्न क्षेत्रमा गरेको विकासको कुरा गरेरै साध्य छैन अहिले । हिजो ढुंगे युगबाट शुरू भएको भनिएको मानव इतिहास अहिलेको विकसित राष्ट्रहरूको विकासले गर्दा ती कुराहरू दन्त्य कथा झैं लाग्न थालिसके । विकासले नै मान्छे चन्द्रमामा वास खोज्न थालेका छन् भने अन्य ग्रहहरूमा पनि कतै मानव वस्ती बसाउन सकिन्छ कि भनेर रातदिन खोजी गर्दैछन् ।

यी त भए मानवले गरेको आधुनिक विज्ञानको कुरा । त्यति मात्रै नभइ हाम्रै छिमेकी राष्ट्र भारत र चीनलाइ हेर्ने हो भने पनि विकासको फड्को मारेर कता हो कता पुगिसके । ६० वर्ष अगाडि नेपालले सहयोग गरेको चामलको भात खाएर पेट भरेका कोरिया अहिले आर्थिक रूपमा धेरै नै माथि पुगिसकेको छ । संसारका अन्य राष्ट्रहरू कसरी आफ्नो नागरिकहरूलाइ रोग र भोक मुक्त गर्ने भनेर रातदिन लागि परेका छन् । हाम्रो नेपालमा भने २१ अाै शताब्दीमा आएर पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दैमा फुर्सद छैन । सकिन्छ भने हड्ताल मुक्त बनाउ, देशमा भयमुक्त वातावरण बनाउ, बेरोजगारीबाट मुक्त बनाउ । हुन त खुल्ला दिसामुक्त पनि नगरी हुँदैन तर यो नै के के न ठूलो कुरो गरेको झैं यसो गरें भनेर नभन्दा पनि फरक नपर्ला हैन र ? संसारमा अन्य मुलुकहरूले कतिठूला ठूला कुरा व्यवस्थापन गरेर कीर्तिमान राखेका छन् नेपालमा भने खाएको फाल्न पनि व्यवस्था गर्न नसकेर यति वटा गाउँ दिसामुक्त र उति वटा गाउँ के मुक्त । अचम्म लाग्छ बा …..
(धेरै…)

जुलाई 2, 2013 at 4:14 अपराह्न टिप्पणी छोड्नुहोस्

भाइरल ज्वरोका कारण लमजुङ कारागारका कैदी बिरामी

लमजुङ-केही दिनयता फैलिएको भाइरल ज्वरोले लमजुङ कारागारका बन्दीहरू थलिएका छन् ।
कारागार स्रोतका अनुसार झन्डै २५ जना बन्दी बिरामी छन् । कारागारमा एक नाबालिकासहित ७६ जना बन्दी रहेकामा भाइरल ज्वरो अन्य बन्दीलाई समेत सर्ने सम्भावना रहेको बताइएको छ ।
‘घ’ श्रेणीको लमजुङ कारागारको क्षमता २५ जना रहे पनि तेब्बर कैदीबन्दी भएपछि उनीहरूलाई सुत्ने र खान बस्नको समस्या रहेको छ ।
बिरामी परेका कैदीबन्दीलाई सोमबार कारागारमै उपचार गरिएको छ । लमजुङ जिल्ला सामुदायिक अस्पतालबाट खटिएका डाक्टरसहितको स्वास्थ्यकर्मीले उपचार गरेको कारागारका खरिदार सागर बरालले जानकारी दिनुभयो । दुइ/तीन दिनअघि केही बन्दीमा देखापरेको भाइरलले सोमबारसम्ममा २५ जना बिरामी परेका छन् ।

जुलाई 2, 2013 at 3:56 अपराह्न टिप्पणी छोड्नुहोस्

पाउरोटी खानुहुन्छ ? होशियार, पाउरोटीमा सियो भेटियो

panवेलुकी अवेरसम्म काम गर्‍यो कोठामा गएपछि नुहायो अनि थाकेको ज्यान त्यतिकै लखतरान पर्दै जान्छ त्यही माथि ओच्छ्यान देखेपछि त केही गर्न नै मन लाग्दैन । अनि यसो विस्तारामा पल्टियो फेसवुकमा केहीवेर भुल्यो अनि त निदाईहालिन्छ, विहान उठदा कलेज जान ढिलो भैसकेको हुन्छ । अनि के गर्ने खाना पकाउन त भ्याईदै भ्याईदैन । उठेर मुखमात्र धोयो अनि लाग्यो झोला बोकेर स्कूलतिर । स्कूलमा आधा घन्टा व्रेक हुन्छ त्यही बेलामा कम्विनीमा गयो यसो पान सान ओनिगिरी के के हुन्छ खायो त्यही सजिलो । (धेरै…)

जुलाई 1, 2013 at 12:23 अपराह्न टिप्पणी छोड्नुहोस्

मिडियाले यो गर्न हुँदैन…

image

जुन 30, 2013 at 11:55 बिहान टिप्पणी छोड्नुहोस्

हिजो पन्ध्र असार

असारै मासको दवदवे हिलो, छुनलाई घिन लाग्यो ।
नक्कली मायाँलाई फरिया किन्दा, तीन वीसा रिन लाग्यो ।।
हिजो पन्ध्र असार भएमा दही च्यूरा खाने दिन अरे । अनि जानेमा असारे गीतहरू पनि गाउने दिन । फेसवुकेहरूले फेसवुकको भित्ताभरी पन्ध्र असारको शुभकामना र फोटोले रंग्याए । नेपालमा अहिले यतिखेर जे गर्न पनि महोत्सवको रूपमा गर्ने फेसन चलेको छ । आलु खन्न पनि महोत्सव, मह कड्न पनि महोत्सव । अहिले यतिखेर पन्ध्र असार मनाउन पनि ठाउँ ठाउँमा विभिन्न राजनीतिक पार्टीहरूले महोत्सवकै रूपमा कार्यक्रम आयोजना गरेका छन् । नेपाली युवाजगत विदेश पलायनले गर्दा कार्यक्रममा वढीजसो विदेशीहरू सहभागी भए । खुव राजनीति गर्ने निहु नपाएको चुनावी प्रचारप्रसारमा पन्ध्र असारलाई उपयोग गरे केही पार्टी र संगठनहरूले ।

कैसकसैको फेसबुकमा यस्तो पनि देखियो ।
—————————-
खेत चिरेर घडेरी बनायौ के असार पन्ध मान्छौ साथी
गाई भैंसी बेचेर भट्टी चलायौ, के दही चिउरा खन्छौ साथी
चामल चिउरा, माछा मासु, दुध दही सबथोक विदेशी कै भरमा
दुई-चार हल गोरु नारी विदेशी खैरे जम्मा गर्दै के रोपै महोत्सव मनाउछौ साथी ।।

यो भने रमाईलो लाग्यो ।।।

जुन 30, 2013 at 11:27 बिहान टिप्पणी छोड्नुहोस्

आउनुस् एकैछिन जापानि एन्का सुनौं

जुन 25, 2013 at 4:02 अपराह्न टिप्पणी छोड्नुहोस्

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रे…

राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य स्थिति टोकियो अस्पतालले सार्वजनिक गरेको जानकारी नेपाली दूतावासले दिएको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्टले देखाएको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्थामा विभिन्न किसिमका शंका आशंका गर्नेहरु थिए । कोहीले राष्ट्रपतिलाई क्यान्सर नै भएको पनि शंका गरेका थिए । नेपालको अस्पतालले पत्ता लगाउन नसकेको भन्ने कुरा छापाहरुमा बाहिर आएपछि क्यान्सर नै भएको वा क्यान्सर नभए पनि ठूलै केही विरामी भएको कुरा जापानवासी नेपालीहरुले पनि शंका गरेका थिए । तर त्यसको विपरित स्वास्थ्य रिपोर्टले स्वास्थ्य अवस्था सामान्य र उहाँले साविक वमोजिमको खानपान लिईरहनुभएको पनि विज्ञप्तिमा जनाएको छ । उहाँको स्वास्थ्यस्थिति साधारण भएको कुरा पनि जनाएको छ । साँच्चै उहाँको अवस्था सामान्य हो वा ??? केही ??? सामान्य हो भने त अव छिटै डिस्चार्ज भएर नेपाल फर्कने मेसोमेलो मिलाउँदै हुनुहुन्छ कि के छ त ? राष्ट्रपतिको स्वास्थ्यलाइ लिएर केही सामाजिक सञ्जालहरूमा ६० लाखको हिसावकिताव माग्नेहरू पनि छन् । यो रिपोर्टमा केही नभएको भने पनि अब के माग गर्दछन् त उनीहरूले ?

जुन 24, 2013 at 7:08 अपराह्न टिप्पणी छोड्नुहोस्

सक्कली नक्कली मायाँ, चिन्हमा भैजाला भूल

टोकियो विश्वविध्यालय शिक्षण अस्पतालमा उपचाररत नेपालका राष्ट्रपतिको स्वास्थ्य स्थितिको वारेमा नेपाली दूतावासवाट प्रकाशित विज्ञप्ति विभिन्न अनलाईन साईटहरूमा आयो । आफ्नो देशको राष्ट्रपति आफै वसेको देशको अस्पतालमा भर्ना हुनु भएको छ । सवै जापानमा वसेका नेपालीहरूको चासोको विषय वनेको छ राष्ट्रपतिको स्वास्थ्य । दूतावासले २/४ लाईन यसो अगाडिकै कुरा लेख्यो त्यही पनि अंग्रेजीमा, त्यही पनि सादा कागजमा । न त लेटरहेड छ, न त दूतावासको छाप छ, न त आधिकारिक मान्छेको सही नै । (धेरै…)

जुन 23, 2013 at 10:56 बिहान टिप्पणी छोड्नुहोस्

अझै फेरिएको छैन यो होस्टेलको मुहार

२०५३ सालमा क्यापस पढन गएपछि २०५४/०५५ तिर यो हो पिएन क्याम्पस होस्टेल छिरेको । मेरो जीवनको केही मोडहरू र यो पिएनको होस्टेलको केही नाता छ । अघिल्लो वर्ष नेपाल फर्केको वेलामा यो होस्टेलमा गएको थिएँ । होस्टेलको कुक दाईहरू भीम दाई र तुले दाईसँग भेट भएको थियो । मलाई देखेर उहाँहरू आँसु झारूँला झैं गर्नु भएको थियो । PNCAMPUS

जुन 23, 2013 at 12:19 बिहान टिप्पणी छोड्नुहोस्

राष्ट्रपतिको स्वास्थ्य नतिजा सोमवार आउने

जापानको टोकियो विश्वविध्यालय शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराईरहनु भएका राष्ट्रपति डा़़. रामवरण यादवको परीक्षणको नतिजा २४ तारीक सोमवारसम्ममा आउने जानकारी गराईएको छ । टोकियो नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उक्त कुरा जनाईएको हो ।
image

जुन 22, 2013 at 11:45 अपराह्न टिप्पणी छोड्नुहोस्

सोरठी नाच

sorati-danceसोरठी नाच यतिखेर लोप हुने अवस्थामा छ । केटा मान्छेलाइ केटीको पहिरनमा पहिराएर नचाइने यो नाच अति नै लोकप्रिय छ । सोरठी नाच नचाउने बेलामा गाउँका ठिटाठिटीहरू एक ठाउँमा जम्मा हुन्छन् । यो नै गाउँले क्लवको उदाहरण हो भन्दा फरक नपर्ला ।
हालैका दिनहरूमा रोजगारीको शिलशिलामा युवाहरू विदेश पलायन हुने वाध्यताले गाउँको यी लोकप्रिय नाचहरू पनि विस्तारै हराउँदै जान थालेको आभाष हुन्छ । यो हाम्रो जातीय, राष्ट्रिय सम्पत्ति हो । यसलाइ जोगाएर राख्नको लागि आजबाटै प्रयास गरिएन भने भोलिका दिनहरूमा यस्तो पनि थियो रे भनेर रे को कुरामा नजाला भन्न सकिन्न । लोप हुनु भन्दा अगाडि नै जगेर्ना गर्ने जमर्को नगरे भोलि लोप भएर गइसकेपछि केही गर्न सकिन्न । भोलिका पिंढीलाइ हस्तान्तरण गर्ने हामीसँग केवल फोटो भन्दा अरू केही नहोला ।

जुन 22, 2013 at 6:59 अपराह्न टिप्पणी छोड्नुहोस्

बाढी पीडितको नाममा

भर्खरै नेपालमा आएको प्राकृतिक प्रकोपले थुप्रै मानिसहरूको ज्यान लिएको छ । यसैले जापानमा पनि बाढीपीडितहरूको लागि भनेर सहयोग संकलन गर्न थालेका छन् । विभिन्न संघसंस्थाको नाममा मात्र नभइ व्यक्तिगत रूपमा सहयोग संकलन शुरू भैसकेको छ । कसैले विज्ञप्ति जारी गरेर त कसैले फेसबुक मार्फत सहयोग संकलनमा हातेमालो गर्न सबै व्यक्ति तथा संघसंस्थाहरूलाइ गुहारेका छन् । यो राम्रो कुरा हो तर उठेको रकम पीडितहरूको सहयोगको लागि प्रयोग हुनु पर्दछ । सुत्केरीको नाउँ पारी टाउको मैले खाएँ भने झैं नहोस् । सहयोगको लागि उठेका हातहरूलाइ सलाम छ ।

जुन 22, 2013 at 5:02 अपराह्न टिप्पणी छोड्नुहोस्

बेला काफलको

japanko-kafalयतिबेला साथीभाइहरू काफल टिप्न गएका होलान । ऐसेलु र काफल खाने निहुमा दिनभर बनमा भौतारिएर हिडेको हिजै जस्तो लाग्छ । काफल टिप्न हँसिया खुर्पेटो भिर्यो अनि कम्मरमा छड्के पारेर पुङ्ग भिरेर साथीभाइ बटुलियो अनि बनमा गयो । काफल टिप्यो, खायो, साथीसँग अनेकन कुरा गर्यो, पात बजायो, केटीहरू जिस्क्यायो कति रमाइलो थियो त्यो दिन । के कुरा गर्ने कुरा गरी साध्यै छैन । ती दिनहरू अब आउँदैनन् । अहिलेका केटाकेटीहरू यो संस्कारबाट धेरै टाढा पुगिसकेका छन् । हरेक वच्चाहरू अहिले मोवाइल, कम्प्यूटर खेल्छन् । (धेरै…)

जुन 22, 2013 at 3:14 अपराह्न टिप्पणी छोड्नुहोस्

कुन ठाउँ होला यो ?

कुन ठाउँ होला यो ? चिन्नेलाइ पुरस्कार ….. धन्यवादको ।

gupteshowr-gufa

जुन 22, 2013 at 2:21 अपराह्न टिप्पणी छोड्नुहोस्

वीरेन्द्रको चिठी र फोटो लिलामीमा

birendra-ko-photoपूर्व राजा स्व. वीरेन्द्रको फोटो र चिठी विदेशी एक कम्पनीले लिलामीमा राखेको छ । ४.९९ पाउन्डबाट शुरू भएको उक्त चिठी र फोटोको मूल्य अहिले ४ सय पाउन्ड नाघिसकेको छ । अब लिलामीको समय सकिन १ दिन केही घन्टा मात्र बाँकी छ । तपाइ पनि लिलामी बढाबढ गर्ने भए यहाँ जानुहोस् ।

birendra

जुन 22, 2013 at 2:15 अपराह्न टिप्पणी छोड्नुहोस्

शान्तिको लागि दीप

शान्तिका-लागि-दीपनेपाल घुम्न गएको बेलामा स्वयम्भूमा बत्ति बनाएर बेच्ने मान्छेहरू निकै नै भेटिए । उनीहरूले हामीलाइ बत्ति किनेर बाल्नुस् मनले ताकेको पुग्छ भनेर सम्झाउँदै थिए । हामीहरूलाइ उसले कर गर्दैथिए । मैले भनिदिएँ – बत्ति बाल्ने नबाल्ने मेरो इच्छा हो तपाइले कर गर्नु पर्दैन । बत्ति बालेर नै भगवान खुशी हुने भए पशुपतिमा दैनिक लाख बत्ति बल्दछ त्यसैगरी स्वयम्भू लगायत नेपालका थुप्रै मन्दिरहरूमा दैनिक कति बत्ति वाल्छन त्यसको कुनै लेखाजोखा नै छैन । खै त सबैको मनले ताकेको पुगेको ? खोइ त सबै नेपालीहरू खुशी हुन सकेको ? अनि खै त मान्छेहरूको नियत फेरिएको ?  बरू यहाँ वत्ति किनेर बाल्नुभन्दा त्यहाँ अगाडि माग्न बस्नेलाइ ५ रूपैयाँ दिएँभने मेरो मनको भगवान खुशी हुन्छन होला । तपाइलाइ कस्तो लाग्छ  ? कमेन्ट लेख्नुहोला ।

जुन 22, 2013 at 12:14 अपराह्न टिप्पणी छोड्नुहोस्

नेपाल बन्द होइन यो…

यो फोटो हेरेर नेपाल बन्दको भन्नुहोला । किनकी यतिबेला नेपाल बन्द गर्ने लहर चलेको छ । अर्को कुरा के भने यदि यो फोटो नेपालको हुन्थ्यो भने त विजुली पनि त बन्द हुन्थ्यो होला नि । यो फोटो हो जापानको एक प्रमुख शहरको । रातीको २ बजेतिर खिचेको फोटो हो यो । दिनमा भए मान्छेले ठेलमठेल भएर नेपालको चैत्रे दशैंको झल्को दिन्थ्यो रातमा भएर सुनसान छ । तपाइहरू जापानको टोकियोमा हुनुहुन्छ भने पक्क यो ठाउँमा एक पटक पुग्नुभएको छ । ल अनुमान लगाउनुस् त ? कुन ठाउँ हो यो ? आन्द्रको विरामी भएर राष्ट्रपति जापान आउनुहुने रातको अघिल्लो दिन मैले यो बाटोमा रात काटें । कारण थियो, राष्ट्रपतिलाइ एयरपोर्ट लिन जानेहरूसँग म पनि जाने भन्ने कुरो भयो । म भने केवल एउटा फोटो खिच्नको लागि जान चाहेको थिएँ । नारिता एयरपोर्ट जानुपर्ने, गाडिमा जाने साथीहरू हुनुहुन्थ्यो इकेवुकुरो बाट । विहानको ५ बजे इकेवुकुरो आइनपुगे म जान नपाउने उर्दी थियो । घरै सुतेर विहान निस्कनलाइ ट्रेन थिएन । त्यसपछि त लागेन तातो अनि अघिल्लो राती नै निस्किएँ घरबाट अनि भाैतारिएँ यही सुनसान बाटोमा रातभरी । गर्मीको बेला भएकोले धन्न बाहिर रात काट्न सकियो । रात कटाएपछि विहान ५ वजे इकेवुकुरो पुगें । एनआरएनका जापानका अध्यक्ष अोम गुरूङ गाडीमा हुनुहुँदो रहेछ । उहाँसँग जनजाति महासंघ जापानका अध्यक्ष पनि हुनुहुँदो रहेछ । गाडीमा बसें । त्यही वित्तिकै सुभाषप्रसाद लोहनी र कपिलदेव थापा पनि आउनुभयो । जीवनमै पहिलो पटक नेपालीहरू भनिएको समयमा जम्मा भएको देखें । अनि सररर…. गाडीमा नारिता पुगियो । त्यो दिन गाडीमा मलाइ लिफ्ट दिनुभएकोमा अोम गुरूङलाइ मुरीमुरी धन्यवाद । नारिता पुगेर १ घन्टा कुरेपछि राष्ट्रपति बाहिर निस्कनुभयो । २-४ वटा फोटो पिलिक पिलिक पार्यो अनि फर्कियो । रातभरीको कुरेरै भएपनि फोटो खिच्न पाएँ । खुशी लाग्यो । त्यही दिनको राति खिचेको फोटो हो यो । कुन ठाउँहोला पत्ता लगाउने जिम्मा तपाइहरूको । धन्यवाद ।

sn

जुन 20, 2013 at 10:48 बिहान टिप्पणी छोड्नुहोस्

राष्ट्रपति एयरपोर्टमा…

स्वास्थ्य उपचार गराउन जापान आउनुभएका राष्ट्रपति डा. रामवरण यादव नारिता विमानस्थलबाट अस्पतालतर्फ लाग्ने क्रममा खिचेको फोटो हो यो । अगाडिको सीटमा परराष्ट्रकी कर्मचारी रे । उनी पनि नेपाली बोल्न सक्ने रहिछिन् । राष्ट्रपति यादव निकै थकित मुद्रामा हुनुहुन्थ्यो । उहाँले म ठीकै छु, मेरो चिन्ता नलिनु भन्नुभए पनि थकान उहाँको मुहारमा सीधै झल्किन्थ्यो । rastapati

जुन 20, 2013 at 10:26 बिहान टिप्पणी छोड्नुहोस्

केटाकेटी र कम्प्यूटर

गाउँका केटाकेटीहरूलाइ कम्प्यूटर खेल्न दिंदा कति मजाले रमाएर खेलेका । साँच्चै सँधै यी बच्चाहरूलाइ कम्प्युटर खेल्न दिन पाए नेपालको शिक्षामा पनि केही विकास हुन्थ्यो कि ? सँधै नेपालको एसएलसीमा पास प्रतिशत घटेको घटेकै छ । घोकन्ते विद्यालाइ हटाएर नयाँ प्रविधी अनुसार व्यवहारिक शिक्षा दिन पाए कस्तो हुन्थ्यो ? child-with-computer

जुन 19, 2013 at 8:14 अपराह्न टिप्पणी छोड्नुहोस्

गाउँले विरालो

नेपाल गएको वेलामा गाउँमा खिचेको फोटो हो यो । विरालो कस्तो मजाले रूखमा चढेको । जापानको विरालोहरू खोरमा नै बसिरहन्छ तर नेपालको विरालो त अति चलाख हुन्छ । मुसा मार्ने, रूखमा चर्ने । cat

जुन 19, 2013 at 5:07 अपराह्न टिप्पणी छोड्नुहोस्

कुस्ती अभ्यास (भिडियो सहित)

हरेक कुरामा हामी नेपालीहरु पछि परेका छौं सबैले यसै भन्छन् । तर सोह्रै आना सत्य भने होइन यो कुरा । हामी नेपाली दाजुभाईहरुले पनि विभिन्न ठाउँहरुमा गएर प्रगति गर्नुभएको छ । उन्नति गर्नुभएको छ । कहिलेकाहीं नेपालीहरुले गरेको प्रगतिको समाचारहरु पढन पाउँदा गर्वले फुलेर यो छाती ढक्क बनाउँछ । यी त भए राम्रा पक्ष । तर नराम्रा पक्षहरु पनि छन् । चाहे देश होस या त विदेश । नेपालीहरु सँधै अगाडि पर्ने कुरा हो लड्ने भिड्ने । लड्न र भिड्न भनेपछि नेपालीहरु जता गए पनि अगाडि नै आउँछन् । जापानको सवालमा कुरा गर्नु पर्दा पनि धेरै जसो कार्यक्रमहरु आयोजना गर्दा अन्त्य अन्त्य तिर आएर जवान, वलवाल युवाहरु नलडेको कमै हुन्छ । मलाई लाग्छ, यो कुरामा नेपालीहरुको रगतको मात्रै दोष होइन । हाम्रो संस्कार अनि नेपाल सरकारको लुलो कानूनको ठूलो दोष छ । ल हेरौ त यो काठमाण्डौमा दिउँसो मण्डलै केटाहरुको कुस्ताकुस्ती । प्रहरी ३ जना के गर्ने ? अरू त सबै राजनीतिक नेताहरूको भाषण सुन्न गएका छन् रे । प्रहरीको वर्दी लगाएर हातमा लाठी लिएर पनि २, ३ जनालाई तह लगाउन सक्दैनन् । पिटाई खानेहरु पिटाई खाइरहेका छन् । पिट्नेहरू पिटीरहेका छन् । त्यही पनि पुलिस ठाना हो कि खाना हो को अगाडि नै । यसरी अभ्यास गर्न पाइन्छ नेपालमा र पो जापान, अमेरिका, वेलायत, मलेसिया जता गए पनि लड्नुपर्ने हुन्छ त नेपालीहरुलाई । त्यसैमाथि नेपालमा चुनाव नजिकिंदै छ, त्यसको लागि अभ्यास गरेका हुन् कि ? चुनावको तयारी त राम्रै हुन लागेको जस्तो छ । आउनुहोस् तपाइ पनि सहभागी हुन नपाए पनि यो कुस्तीको अभ्यास हेर्नुहोस् अनि ज्यान तताउनुहोस ।

जुन 15, 2013 at 6:55 अपराह्न टिप्पणी छोड्नुहोस्

नेकपा–माओवादीले फेरि जग्गा कब्जा गर्न थाले

नेपालगञ्ज-नेकपा–माओवादीले बाँकेको फत्तेपुर गाउँ विकास समिति वडा नम्बर ७ मा चार जनाको २९ बिगाहा भन्दा बढी जग्गा कब्जा गरेका छन् । नेकपा–माओवादी सम्बद्ध अखिल नेपाल किसान संघ क्रान्तिकारीले झण्डा गाडेर फिल्मी शैलीमा जग्गा कब्जाको घोषण गरेका हुन् । उनीहरुले फत्तेपुर–७ का पुनम शर्मा र ज्ञानी विष्टको संयुक्त नाममा रहेको १६ बिगाहा ८ कठ्ठा १० धुर र उर्मीलादेवी बर्मा र जुद्धकुमारी अधिकारीको नाममा रहेको १३ बिगाहा जग्गा कब्जा गरेका हुन् । जनआन्दोलनको समयका ऐलानी जग्गा व्यक्तिको नाममा दर्ता गरिएकोले जग्गा कब्जा गरेको नेकपा–माओवादीका केन्द्रीय सदस्य आईपी खरेलले जानकारी दिए । खरेलसहित दर्जन भन्दा बढी नेताहरु गएर जग्गा कब्जा गरेको घोषण गरेका थिए । विगतमा संयुक्त आन्दोलन गर्दा माओवादीले थुप्रै जग्गाहरू कब्जा गरेका थिए । अहिले माओवादी विभाजन भएर दुइ टुक्रा भएको छ भने पुरानै नीतिलाइ पछ्याउँदै वैद्य समुहले जग्गाहरू कब्जा गर्न थालेको हो । त्यसो त द्वन्दकालमा कब्जा गरिएको जग्गाहरू अझै फिर्ता भैसकेको छ, छैन भनेर कुनै निकायसँग सही तथ्यांक छैन । लामो द्वान्दको प्रसव पीडाबाट देशले निकासा पाइ अब संविधान सभा निर्वाचनको तिथिमिति समेत घोषणा भएको अवस्थामा एक समूह कुनै हालतमा चुनाव हुन नदिने जिकिर गर्दै पुरानै शैलीमा जग्गा कब्जा गर्ने, जनतामा त्रास फैलाउने गर्न थालेपछि देशको अवस्था अव कतातिर मोडिन्छ भनेर सजिलै भन्न नसकिने अवस्था रहेको छ ।

जुन 15, 2013 at 3:51 अपराह्न टिप्पणी छोड्नुहोस्

महानगरपालिकाभित्र पोलेथिन झोलामाथि प्रतिबन्ध

काठमाडौँ- काठमाडौँ महानगरपालिका क्षेत्रभित्र आजदेखि पोलिथिन झोलाको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
पोलिथिन झोलाले वातावरण प्रदूषण तथा ढल जाम गर्ने भएकाले त्यसको उत्पादनलाई निरुत्साहित गर्न महानगरपालिकाले यो अभियान सञ्चालन गरेको हो ।
महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले व्यवसायी तथा उद्योगीले ३५ माइक्रोनभन्दा बढीका पोलिथिन झोला उत्पादनमा चासो नदेखाएको र त्यसभन्दा मुनिका पोलिथिन प्रयोगका लागि उपयुक्त नरहेकाले प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो ।
आजदेखि १४ गतेसम्म महानगरभित्रका ३५ वडाका प्रत्येक टोलटोलमा यस अभियान’bout प्रचारप्रसार गरिने छ । पोलिथिन झोला बेच्नेलाई रु एक हजार र किन्नेलाई ५०० जरिवाना गरिने भएको हो ।
स्वास्थ्यकर्मीले पोलिथिनका झोलामा आर्सेनिक रसायन प्रयोग हुने र त्यसले क्यान्सर, छालालगायतका रोग निम्त्याउने भएकाले यस्ता वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउन सुझाव दिँदै आएका थिए ।

जुन 15, 2013 at 3:32 अपराह्न टिप्पणी छोड्नुहोस्

संविधानसभा निर्वाचन मिति घोषणाको चीनद्वारा स्वागत

काठमाडौँ-नेपाल सरकारले संविधानसभा निर्वाचनको मिति घोषणा गरेकामा चीनले स्वागत गरेको छ । 
छिमेकी मित्रका नाताले संविधानलेखनको प्रक्रियामा चीनको सहयोग रहने उल्लेख गर्दै यहाँस्थित चिनियाँ राजदूतावासले आज जारी गरेको वक्तव्यमा बिनाव्यवधान संविधानसभाको निर्वाचन हुने आशा व्यक्त गरिएको छ ।

जुन 15, 2013 at 3:29 अपराह्न टिप्पणी छोड्नुहोस्

Older Posts Newer Posts


iPhone on Sale

Calendar

जुन 2023
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
2627282930