फूटवल हान्ने खेलाडीले मान्छे हाने
जनवरी 25, 2013 at 1:05 बिहान टिप्पणी छोड्नुहोस्
तपाँई सोच्नुहुन्छ होला नेपालीहरू हरेक कुरामा पछाडि परेका छन् । व्यवसायीक क्षेत्रमा, सामाजिक क्षेत्रमा, शैक्षिक क्षेत्रमा अरू यस्तै यस्तै ़… तर त्यसो नसोच्नुस् । यदि तँपाई यस्तो सोच्नुहुन्छ भने यो कुरा पक्का हो कि तँपाई ठूलो भ्रममा हुनुहुन्छ । नेपालीहरू हरेक कुरामा पछाडि परे पनि लड्ने कुरामा कहिल्यै पछि पर्दैनन् । िवधार्थी, नेता, खेलाडि, कलाकार, पत्रकार या होस अलपत्रकार सवै लड्ने कुरामा सँधै एक कदम अगाडि हुन्छन् – गोल्डस्टार जुत्ताको कमाल झै । कलाकारहरू आन्दोलनमा छन-मतलव कुस्ती खेल्न सिंगौरी खेल्दैछन् । एता वाईसीएल र पत्रकारको झडपको कुरा सेलाएकै छैन उता रंगशालामा खेलाडीहरूले पन्ध्र असार मनाएछन् । फूटवल हान्ला भन्दा मान्छे हानाहान गरेछन् । हुनत ठीकै हो एउटा फूटवल कति जनाले हान्ने ? ११-११ जनाको टीममा जावो एउटा फूटवल उस्तै परे छुनै पाईंदैन । वरू फूटवलको सट्टामा मान्छे हान्ने हो भने १-१ जना त हुन्छ । काठमाडौमा सन्चालन भैरहेको शहीद स्मारक रेडबुल ए डिजिभन लिग फुटबल प्रतियोगिता चलिरहँदा दशरथ रंगशालामा झडप भयो । रेडवुल ए िडभिजन िलग अरे कस्तो नाम पनि त्यसै जोस आउने । विदेशतिर थकाई लाग्दा रेडवुल पिएर काम गरिन्छ । भन्छन त्यसले शरीरमा फुर्ती आउँछ । नामै शहीद स्मारक रेडवुल ए िडभिजन िलग भएर होकि के हो खेलाडीलाई वढी फुर्ती आएर भकुन्डो नपाएको झोंकमा मान्छे हानेको? मध्यपुर युथ क्लवलाई पेनाल्टी हान्न नदिएको भन्दै समर्थक तोफफोडमा उत्रिएका कारण दशरथ रंगशाला तनावग्रस्त बन्यो । यसक्रममा प्रहरी र मध्यपुर युथ एसोसियसनका समर्थकबीच झडप भएको थियो । झडपका कारण बुधबार हुने दोस्रो खेलसमेत प्रभावित बन्यो । निर्धारित समय भन्दा ढिला सुरु भएको एनआरटी र मच्छिन्द्रबीचको खेल बराबरीमा सकियो । यस अघि भएको पहिलो खेलमा हिमालयन शेर्पा विजयी भयो । हिमालयन शेर्पासँग १ शून्य गोल अन्तरले पराजित भएको मध्यपुर युथ एशोसियसन रेलिगेशनमा परेको छ ।
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed