जापानको शेर्पाहरूले ल्होसार मनाउने
फ्रेवुअरी 1, 2013 at 12:15 बिहान टिप्पणी छोड्नुहोस्
टोकियो-शेर्पा जातिहरुले परम्परागत रुपमा मनाउँदै आइरहेको महान चाड ल्होसार पर्व विगतका वर्षहरूमा झैं यस वर्ष पनि शेर्पा संघ टोकियोले २१४० औं (छुःमो डुल्लो) ग्याल्पो ल्होसार आगामी फेव्रुवरी २४ तारीक आइतवारका दिन टोकियोस्थित नेपाली रेष्टुरेन्ट हिमालयन मुन क्याफेमा भव्यताका साथ मनाउने कार्यक्रम रहेको छ ।
जपानमा रहनुभएका शेर्पा दाजुभाई तथा दिदीवहिनीहरुवीच नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने, विभिन्न मनोरन्जनात्मक खेलहरु खेलाइने तथा नाचगान र खानपिनका साथ मनाइने कार्यक्रम रहेको जानकारी शेर्पा संघ टोकियोले दिनुभयो ।
साथै शेर्पा संघ टोकियो, जापानको सम्पर्कमा रहनुभएका सम्पूर्ण शेर्पा दाजुभाई तथा दिदीवहिनीहरुलाई कार्यक्रमवारे जानकारी दिईसकिएको तर कुनै कारणवश जानकारी पाउन नसक्नुभएकाहरुका लागि यसै समाचारलाई निमन्त्रणाको रुपमा लिई कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ भनिएको छ ।
संघले नयाँ वर्ष २१४० औं ग्याल्पो ल्होसारको पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण शेर्पा दाजुभाई तथा दिदीवहिनीहरु लगायत अन्य वौद्धधर्मावलम्वी अर्थात ल्होसार प्रेमी नेपालीहरुप्रति पनि शुभकामना व्यक्त गरेको छ । विहान ११:०० बजेवाट शुरु भई साँझ ६:३० मा कार्यक्रम समापन हुने संघले जनाएको छ ।
कार्यक्रमवारे विस्तृत जानकारीको लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नु हुन पनि अनुरोध गरिएको छ ।
ल्हाक्पा गेलु शेर्पा :०९०-६०४०-५६९६
ङावाङ शेरे शेर्पा :०८०-५१७५-०१८८
छोङ्वा शेर्पा :०९०-८३४७-५१५४
निमा नुर्वु (लामा) शेर्पा:०९०-४७४५-७०८०
कर्पु शेर्पा:०८०-३२४३-४६७७
पेम्वा (लामा) शेर्पा:०८०-३४९७-३९२३
सोनाम शेर्पा :०८०-३१७५-७२२०
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed