उत्तर कोरियामा कृतिम भूकम्प
फ्रेवुअरी 12, 2013 at 6:51 अपराह्न टिप्पणी छोड्नुहोस्
आणविक हतियार परीक्षण गरेको आशंका
टोकियो–उत्तर कोरियामा आज विहान एक कृतिम भूकम्पको धक्का महशुस गरिएको छ । दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले आणविक परीक्षण गरेको कारण कृतिम भूकम्प गएको हुनसक्ने वताइएको छ । उत्तर कोरियाको किल्जु क्षेत्रमा आज विहान ११ वजेर ५८ मिनेट जाँदा ५.१ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको थियो ।
दक्षिण कोरियाका विदेश मन्त्रालयलका अधिकारीहरुका अनुसार उत्तर कोरियाले आणविक परीक्षण गरेकोले भूकम्प गएको हुनसक्ने वताएका छन् । दक्षिण कोरियाको राष्ट्रपति ली म्युंग बकले राष्ट्रिय सुरक्षा काउन्सिलको वैठक वोलाएका छन् । साथै सैनिकशक्तिलाई पनि तयारी अवस्थामा वस्न निर्देशन दिइएको जनाइएको छ ।
जापानको भूकम्प मापन विभागले पनि उक्त क्षेत्रमा भूकम्पको संकेत देखाएको छ तर उक्त भूकम्प कृतिम हुनसक्ने वताइएको छ । यस अघिका घटनाहरुलाई मध्यनजर गर्दा पनि यो भूकम्पको कारण उत्तर कोरियाको आणविक परीक्षणवाटै हुनसक्ने शंका गरिएको छ ।
स्मरण रहोस उत्तर कोरियाको आणविक परीक्षण गतिविधिले अमेरिका, जापान, चीन, दक्षिण कोरिया लगायतका देशहरुलाई टाउको दुखाईको विषय वनेको छ । ***
Entry filed under: News.
Trackback this post | Subscribe to the comments via RSS Feed