चुनावको भोटिङ शुरू भै सक्यो के को उम्मेदवारीको घोषणा हो ?
अगस्ट 22, 2013 at 6:34 अपराह्न टिप्पणी छोड्नुहोस्
दिउँसो फुर्सद हुँदा यसो समाचार हेर्नु पर्यो भनेर जापानका समाचारहरु हेरेको …त… आम्मा…मा…मा…मा जापानको समाचारमा त पुरै एनआरएनमय पो भएछ भन्या । वास्तवमा चुनाव भनेपछि त मान्छेलाई त्यसैत्यसै रन्को लाग्ने पो रहेछ त । निर्वाचन कमिटीले हुलाक भोटको लागि सम्पूर्ण मतपत्रहरु हुलाक मार्फत चलानी भैसकेको समाचार दिईसकेको छ । टोकियो ’roundका क्षेत्रहरुमा त मतपत्रहरु मतदाताहरुकोमा पुगिसकेको खबर पनि आएको छ । अव उनीहरुले त मत राखेर फिर्ता पनि पठाउन लागिसके होला तर कतिपय जापानको मिडियाहरुमा भने अझै उम्मेदवारहरुको उम्मेदवारी घोषणा भन्ने हेड न्यूजहरु देख्दा हाँसो लाग्यो । मैले नवुझेको हो कि मिडियाले नबुझेको हो कि ? उम्मेदवारहरुले नबुझेका हुन । खै के खै के ? प्रक्रिया अनुसार भन्ने हो भने पहिला उम्मेदवारी खुल्ला गरिन्छ त्यसपछि इच्छुक उम्मेदवारहरुले उम्मेदवारी दिने घोषणा गर्दछन । त्यसपछि तोकिएको समयसम्म तोकिएको शुल्क तिरेर उम्मेदवारी दर्ता गरिन्छ । यदि उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा तोकिएको समयमा उम्मेदवारी फिर्ता लिन सक्नेछन । यदि सबैले चुनावमा भाग लिने नै भयो भने त्यसपछि चुनावी माहौल शुरु हुन्छ अनि उम्मेदवारहरुले भोट दिनको लागि मतदाताहरुसँग आफनो प्रतिवद्धता अनुसार मतको लागि अपिल गर्दछन । यस्तो होला प्रक्रिया भनेको त जापानको एनआरएनहरुलाई त चुनाव सकिन लागिसक्यो अझै उम्मेदवारीको घोषणा भन्ने समाचार लेख्नमा फुर्सद नै छैन यो के हो ? कि समाचार बनाउने मिडियाहरुले उही घोषणा भन्दा अरु केही थाहा नभएर हो ? खै केही मेलो मेसो पाउन सकिएन वा ।
Entry filed under: अनुभव.
Trackback this post | Subscribe to the comments via RSS Feed