ओठ तालु सुक्यो ए-नारान उम्मेदवारहरूको…
अगस्ट 23, 2013 at 5:42 अपराह्न 1 comment
एनआरएनको उम्मेदवारहरुको यतिखेर ओठ तालु सुकेको अवस्था छ । पोष्टल भोटको लागि निर्वाचन कमिटीले मतपत्र मतदाताहरुको घरमा पठाईसकेको अवस्थामा यतिखेर मत पत्र पुग्ने क्रम पनि जारी रहेको बुझिएको छ । टोकियो भन्दा टाढा टाढाको क्षेत्रहरुमा अझै मतपत्र नपुगेको गुनासोहरु पनि सुनिएको छ । ओसाका, नागोया लगायतका क्षेत्रहरुमा सामुहिक भोट हालेको तथ्यहरु पनि खुलेको छ । मतदाताले आफनो घरमै बसेर आफूलाई मन परेको व्यक्तिलाई भोट दिने व्यवस्थाको लागि पोष्टल भोटको व्यवस्था गरिएको थियो ।
पोष्टल भोट खुसुक्क आफुलाई मन परेको व्यक्तिलाई दिन पाइने मत भए तापनि मतदाताहरु आफू आफूमा सल्लाह गरेर भोट हाल्ने सुरसार गरेको बुझिएको छ । त्यसो त एकछापे भोट पर्न सक्ने कारणले कतिपय उम्मेदवारहरुलाई चिन्ताको विषय बनेको छ ।
हेरौ केही दिनमा नै नजिता त थाहा होला अनि साँच्चै मत हाल्न पाउनेहरुले मत पनि हाल्नुभयो होला । हाल्नुहोला । तर अहिले लाइ साँचिकै मतदान गर्न नपाउनेहरूलाइ भनेर मतदानको व्यवस्था गरिएको छ । एकछिनलाई तपाई पनि भोट हाल्ने भए आउनुहोस भित्र ।
अध्यक्ष पदको लागि आफ्नो मत दिनुहोस् ।
उपाध्यक्ष पदको लागि आफ्नो मत दिनुहोस् ।
आइसीसी सदस्य पदका उम्मेदवारहरूलाइ मत दिनुहोस् ।
नोटः यो साँच्चैको मतदान भने होइन । यसको वास्तविक मतदानसँग कुनै सम्बन्ध नरहेको जानकारी गराउँदछु ।
Entry filed under: जापान समाचार.
1.
gg | अगस्ट 24, 2013 मा 11:35 अपराह्न
tytr