एनआरएन जापानद्वारा विभिन्न कार्यक्रममा सहभागीताको लागि अनुरोध

अप्रील 26, 2013 at 6:09 अपराह्न टिप्पणी छोड्नुहोस्

टोकियो-गैर आवासीय नेपाली संघ जापानले एक विज्ञप्ति प्रकाशित गरी विभिन्न तीनवटा विषयको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ । गैरअवासीय नेपाली संघ, जापानको प्रवक्ता शरदकुमार गौचनद्वारा हस्ताक्षरित विज्ञप्तिमा एनआरएनको एसिया प्रशान्त क्षेत्रीय भेलामा सहभागिको लागि अनुरोध गर्नुभएको छ । आउदो मे महिनाको १७ र १८ तारीकमा फिलिपिन्सको राजधानी मनिलामा हुन गईरहेको गैर-आवासीय नेपाली संघद्वारा आयोजित एशिया प्रशान्त क्षेत्रीय भेलामा सहभागि हुनको लागि एनआरएनका शुभचिन्तक तथा समस्त जापानबासी नेपालीहरुलाई सार्वजनिक अपिल तथा खुला निमन्त्रणा गरिएको छ । उक्त बैठकमा  भाग लिन एक सय अमेरिकन डलर प्रति ब्यक्ति शुल्क लाग्ने  ब्यहोरा समेत जनाईएको छ । बैठकमा भाग लिनको लागि अन एराईभल भिसा उपलब्ध हुने हुनाले बैठकमा सहभागि जनाउने महानुभावहरुले आफ्नो बिवरण एनआरएन जापानलाई दरखास्त दिनु हुन पनि अनुरोध गरिएको छ । उक्त बैठक मनिलाको Mandarin Oriental Hotel, Makati City मा हुने भएकोले हवाई टिकट बुकिङ्ग र होटल तर्जुमाको लागि आफ्नो अनुकुलता अनुसार आफैले मिलाउन सक्नुहुने ब्यहोरा समेत उल्लेख गरिएको छ ।

त्यसैगरी “एभरेष्ट नेपाल एक्जिवेश ” मा उपस्थिति तथा सहयोगको लागि पनि अनुरोध गरिएको छ ।
जापानस्थित नेपाली दुताबासको आयोजना र एनआरएन जापानको सह-आयोजनामा यहि आउदो जुन महिनाको १ र २ तारीखमा “Everest Nepal Exhibition” कार्यक्रम हुने भएको छ । पहिलो पटक जापानमा हुन गईरहेको यस बृहत कार्यक्रममा आ-आफ्नो क्षेत्रबाट अनुकुलता अनुसार सक्रिय सहभागिता जनाई नेपालको पर्यटन बिकासमा सहयोग पुर्याउन हुन जापानबासी नेपालीहरुलाई हार्दिक अनुरोध गरिएको छ । उक्त २ दिने वृहत कार्यक्रममा नेपाली कला, संस्कृति तथा पर्यटन प्रवर्धन गर्ने हेतुले बिभिन्न सांस्कृतिक प्रदशनीहरु एवं नेपाली खानाको स्टल समेत राखिने कुराको जानकारी गराइएको छ । सेही अबसरमा जापानी प्रख्यात पर्वतारोहिहरुको चिनारी, उनीहरुको सम्मान र बिभिन्न बिषयमा अन्तरक्रिया तथा गोष्ठी समेत गरिने कुरा जनाकारी गराईएको छ । पहिलो पटक जापानको प्रसिद्द पर्यटन स्थल टोकियो टावरमा भब्य आयोजना हुन गईरहेको यस कार्यक्रममा जापानबासी नेपाली, जापानी तथा अन्य महानुभावहरुको उत्साहजनक सहभागिताको लागि गैर-आवासीय नेपाली संघ जापानले हार्दिक अनुरोध गर्दछ  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी नेपाली समुदायबाट नेपाली समुदायकै लागि खोलिएको एभरेष्ट ईन्टरनेशनल स्कुलमा आर्थिक संलग्नता तथा संम्भावित क्षेत्रबाट सहयोग गर्न पनि अनुरोध गरिएको छ ।  “नेपालीका लागि नेपाली” भन्ने मुल नारा अनुरुप जलबिधुत, बिबि एयर जस्ता लगानीका क्षेत्रमा एनआरएनको अनुरोधलाई आत्मसाथ गर्दै देखाउनु भएको उत्साहजनक सहभागिताको लागि हार्दिक कृतज्ञता ब्यक्त गर्दै पुन: जापानबासी नेपाली समुदायलाई एक आपसमा हातेमालो गर्न अनुरोध गरिएको छ । नेपाली पाठ्यक्रममै संचालनमा आएको नेपालीको पहिलो प्रयास र अभियान “एभरेष्ट ईन्टरनेशनल स्कुल” मा थप सहयोग र संलग्नताको  लागि एनआरएन जापानले हार्दिक अनुरोध गर्दछ–विज्ञप्तिमा भनिएको छ । नेपालीद्वारा नेपालीहरुकै लागि गरिएको यस महान कार्यमा बिगतमा झै उत्साहजनक लगानी र संम्भावित क्षेत्रबाट सहयोग हुनेछ भन्ने बिश्वास लिएको कुरा पनि एनआरएन जापानद्वारा प्रेषित बिज्ञप्तिमा जनाईएको छ ।

यस बिषयमा बिस्तृत जानाकारीको लागि एनआरएन जापानका पदाधिकारिहरु क्रमश: ओम गुरुङ (09-7177-3977), बिष्णुहरि रेग्मी  (090-1371-3750) र नर बहादुर थापा (080-5495-5877) लाई सम्पर्क गर्नहुन पनि अनुरोध गरिएको छ ।

Entry filed under: जापान समाचार.

राउटेले भिटामिन खान मानेन “नमस्ते व्यान्ड”ले २५ औं वर्ष प्रवेश

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930  

%d bloggers like this: