अपहरणमा परेको बालकको उद्धार

अप्रील 27, 2013 at 2:04 अपराह्न टिप्पणी छोड्नुहोस्

गौशाला– भारतको सीतामाढी जिल्लाअन्तरगत सुरसन्ड शहरबाट बिहीबार राति अपहरणमा परेका एक बालकलाई आज सकुशल उद्धार गरिएको छ ।

महोत्तरीको सीमासँगै जोडिएको सुरसन्ड पञ्चायतको वडा नम्बर १० बाट स्थानीय हरिवंश मुखियाको १० वर्षीय छोरा उदय मुखियालाई आज महोत्तरी प्रहरीले जिल्लाको अनकार गाविसबाट मुक्त गरेको प्रहरी नायव निरीक्षक विजय भण्डारीले बताउनुभयो ।

बालक मुखियालाई महोत्तरीकै भटौलिया गाविसका भोला साहले अपहरण गरी अनकारा-६ स्थित साथीको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

अपहरणकारीले छोरा भनेर साथी रामलाई जिम्मा दिएको र रामले बालकलाई घर ठेगाना सोध्दा फरक परेको र बालकले पनि आफू भारतीय भनेपछि रामले बालकलाई प्रहरी चौकी कट्टीकैयामा बुझाएका थिए ।

फरार अपहरणकारी साहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Entry filed under: समाचार.

बङ्गलादेशमा भवन भत्कदा मर्नेको सङ्ख्या तीनसय चार पुग्यो टेलिसेन्टर सेवा सञ्चालनपछि सेवाग्राही लाभान्वित

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930  

%d bloggers like this: