नेपालको छुर्पी अमेरिकाको कुकुरलाइ
अप्रील 27, 2013 at 11:02 बिहान टिप्पणी छोड्नुहोस्
काठमाडौं-नेपालमा बनेको छुर्पी अमेरिकाका कुकुरको लागि निर्यात हुन थालेको छ ।
अमेरिकीले इलाम र पाँचथरका सीमावर्ती क्षेत्रका उद्योगबाट बर्षेनी घरपालुवा कुकुरका लागि छुर्पी लैजाने गरेका छन् । पाँचथरको प्राङबुङ र मेमेङबाट कुकुरका लागि छुर्पी निर्यात हुँदै आएको छ ।
सन् २००६ मा प्राङबुङको भैंसेपोखरीमा खुलेको दुग्ध प्रशोधन उद्योगले उत्पादित छुर्पी अमेरिका पठाउँदै आएको छ । अमेरिकाबाट कुकुरको आहाराका लागि छुर्पी माग बढेपछि उद्योगले हाल प्राङबुङ र मेमेङमा १० वटाभन्दा बढी उद्योगका शाखा खोलिसकेको छ ।
छुर्पीको मूल्य अहिले प्रतिकिलो ५ सय रुपैयाँ पर्न थालेको छ ।
Entry filed under: प्रवास.
Trackback this post | Subscribe to the comments via RSS Feed