भारतीय नागरिकको हराएको सामान फिर्ता
अप्रील 30, 2013 at 5:45 अपराह्न टिप्पणी छोड्नुहोस्
सोलुखुम्बु, १७ वैशाख । भारतीय नागरिकको हराएको सामान भेट्टाउने एक नेपालीले आज भेट्टाएको नगद सहितको सामान सम्बन्धित व्यक्तिलाई बुझाएका छन् ।
भारतीय नागरिक सुदन सु चिन्तमणि पानसेले बाटोमा हराएको नगद २१ हजार भारतीय रुपियाँ,सोनी क्यामरा,डेबिट तथा भिसा कार्ड,पेन ड्राइभ र्,पर्स र डायरी समेतको सामान भेट्ने लीला अन्जना खत्रीले बाटोमा भेटनुभएकेा थियो ।
अन्जनाका श्रीमान् इन्द्रहाङ लिम्बूखिमले आज लुक्लामा प्रहरीको अगुवाइमा स्थानीय बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि, इलाका प्रहरी कार्यालय तथा विमानस्थल सुरक्षा गार्डप्रमुख, पत्रकार लगायतको उपस्थितिमा निज भारतीय नागरिक पानसेलाई नगद र ती सामानहरु बुझाउनु भएको हो ।
सोलुखुम्बुको फाक्दिन निवासी लीला अन्जना खत्रीले हिजो आमालाई उपचारका लागि पासाङ ल्हामु निकोल निकी अस्पताल लुक्ला लिई आउने क्रममा चौरर्ीखर्क-२ क्याङ्मा रहेको ठूलो रूखमुनि नगदसहित उक्त समानहरु बेवारिसे अवस्थामा फेला पार्नुभएको थियो ।
भारतीय नागरिक पानसेले आफ्नो हराएको सामानहरुको विवरणसहित चौँरर्ीखर्क सामुदायिक प्रहरीसेवा केन्द्रमा लिखित निवेदन दिएका थिए । प्रहरीले खोजीकार्यलाई तीव्रता दिएपश्चात् लीला अन्जनाले सामान भेट्टाएको ’bout निजका श्रीमान् लिम्बूखिमले प्रहरीलाई फोनमार्फ जानकारी गराएका थिए । जानकारीपश्चात् इलाका प्रहरी कार्यालयको टोलीले निजको घरमा गई सामानहरु जिम्मा लिएको थियो ।
सामान बुझेपछि भारतीय नागरिक पानसेले नेपाली र भारतीय जनताबीच भाइभाइको सम्बन्ध रहेको भन्दै नेपाली जनताको इमान्दारिताप्रति खुुसी व्यक्त गरेका छन् । साथै उनले सामान भेट्टाएर बुझाउने इन्द्रहाङ र प्रहरीलाई समेत धन्यवाद दिए । उनले इन्द्रहाङलाई खादा लगाएर सम्मान गर्दै प्रशंसास्वरुप भारतीय रुपैयाँ आठ सयसमेत दिएका छन् । रासस
Entry filed under: रासस.
Trackback this post | Subscribe to the comments via RSS Feed