भवनमा परी मृत्युहुने चारसय नाघे, अझै डेढ सय बेपत्ता

मे 1, 2013 at 8:00 अपराह्न टिप्पणी छोड्नुहोस्

१८ वैशाख । बङ्गलादेशको राजधानी ढाकामा भत्किएको भवनबाट उद्वारको काम जारी नै रहँदा बुधबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या चार सय नाघेको समाचारमा जनाइएको छ ।
उद्वारकर्मीहरुले बुधबार विहानसम्ममा सो भत्किएको भवनको भग्नावशेषबाट ४०२ जनाको शव निकालिएको जनाएका छन् । साथै बङ्गलादेशको राष्ट्रिय सेनाले पनि सो समाचारको पुष्टि गरेको छ ।
उक्त भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या चारसय नाघिसकेको र बिहानसम्ममा सो सङ्ख्या ४०२ पुगेको समाचार बङ्गलादेशको सेनालाई उद्धृतगर्दै बुधबारका अन्तर्रर्ााट्रय सञ्चारमाध्यमले जनाएका छन् ।
पाँचवटा जति साना ठूला तयारी पोशाकका कारखाना रहेको आठतले सो भवन बुधबार बिहान भत्किएको थियो । त्यसमा परी घाइते भएका व्यक्तिको सङ्ख्या एक हजार नाघेको पनि समाचारमा जनाइएको छ ।
सो भवनमा पुरिएका व्यक्तिको उद्वारका लागि सयौँ जना प्रहरी र सैनिक खटिएका छन् । साथै बङ्गलादेशका अग्निनियन्त्रक र ती कारखानामा कामगर्ने मजदुर पनि सो कार्यमा खटिइरहेका छन्
अधिकारीहरुले सोमबार अपरान्हदेखि सो दर्ुघटनास्थलमा क्रेनको प्रयोग गरिएको जनाएका छन् । सो भवन भत्किएपछि अझै केही नागरिक हराइरहेकाले उनीहरुको जीवितै उद्वारको सम्भावना अब भन् निकै नै क्षीण भइसकेको छ ।
उता सो दर्ुघटनाको विरोधमा राजधानी ढाकामा हजारौँ नागरिक विरोधमा उत्रिएका छन् । उनीहरुले उक्त भवन बनाउने मालिक तथा इञ्जिनियर र तयारी पोशाक सञ्चालन गर्ने मालिकलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
यसैबीच बुधबार विहान बङ्गलादेशको सेनाले दिएको एक जानकारीअनुसार सो भवनमा परी करिब डेढसय व्यक्ति हराइरहेको औपचारिक रुपमा जानकारी गराएको छ ।
बङ्गलादेशेका सेनाका एकजना जर्नेल चौधरी हसन सुरावर्दीले सो भवनमा परी हराइरहेको व्यक्तिको सङ्ख्या १४९ जना रहेको छ ।
सेनलाई दिइएको जानकारी र गरिएको उजुरुका आधारमा अझै १४९ जना नागरिक हराइरहेका छन्- चौधरीले बुधबार विहान राजधानी ढाकामा सञ्चार्रर्मीहरुसँग भन्नुभयो ।

Entry filed under: रासस.

अफगानिस्तानमा तीन बेलायती सैनिकको हत्या “टाउको झोलामा खुट्टा खोलामा बनाउँछु” भन्नेले माफी मागे

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: