साँघुरो भयो ‘कमल दह’

मे 3, 2013 at 11:33 बिहान टिप्पणी छोड्नुहोस्

Amazon.co.jp ウィジェット
गौशाला-महोत्तरी जिल्लाको महदैया तपनपुर गाविस-४ मा अवस्थित ऐतिहासिक एवम् पौराणिक ‘कमल दह’ साँघुरो भएको छ ।
जिल्लाको पूर्व उत्तर कुनामा धनुषा जिल्लाको सिमानासँग जोडिएको कमल दह कुनै बेला करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको थियो भने अहिले सो दह केवल डेढ कट्ठा क्षेत्रफलमा सीमित भएको छ ।
स्थानीय बासिन्दाले सो कमल दह चारैतिरबाट अतिक्रमणको सिकार भई आफ्नो अस्तित्व नै गुमाउने गरी साँघुरिएको बताएका छन् ।

कुनैबेला सो कमल दहमा कमलको फूलले दहभरि नै राताम्य बनाएको हुन्थ्यो र सयौँ प्रकृत्रि्रेमीको आकर्षाका केन्द्र बन्नुका साथै फूल टिप्नेको घुइँचो लाग्ने गरिएको थियो भने आज सो दह केवल सानो खाल्टो बन्न पुगेको छ । साथै अहिले सो दहमा कहिलेकाहीँ मात्रै एक, दर्ुइवटा कमल फुलेको देखिने गरिएको स्थानीय बासिन्दा बताउँछन् ।
ऐतिहासिक युगमा दृष्टिविहीन बाबुआमाका अति आज्ञाकारी छोरा श्रवणकुमार आफ्ना तिर्खाएको बाबुआमाका लागि पानी ल्याउन यसै कमल दहमा गएको बेला राजा दशरथले मृगले दहमा पानी खाएको भन्दै शब्दभेदी वाण हानी श्रवणकुमारको हत्या गरेको किंवदन्ती रहेको छ ।
जिल्लाको उत्तरपर्ूव क्षेत्रका दर्जनभन्दा बढी तथा धनुषा जिल्लाका केही गाविसका बासिन्दाले घरमा विवाह, व्रतबन्ध र कुनै पनि वैदिक कामकाज गर्दा पनि सोही दहबाट माटो, पानी र फूल ल्याउने गरेकाले सो दहलाई वैदिक दह पनि भन्ने गरिएको छ ।
तर आजको आधुनिक युगमा कमल दहको महत्व बिर्सर्ेेयसबाट लाभान्वित हुने गरेका सबैले यसको अस्तित्व मेटाउन लाग्दा पनि यसको सीमाङ्कन, उत्खनन् वा अस्तित्व रक्षाका लागि कुनै पनि पहल नगरेको बुढापाकाहरु बताउँछन् ।
स्थानीय प्रकृति प्रेमीहरुले ऐतिहासिक धरोहरका रुपमा रहेको कमल दहको अस्तित्व रक्षाका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।

Entry filed under: रासस.

पुरानो जुत्ता ल्याउनुहोस्, नयाँ लिएर जानुहोस् निजी विद्यालयहरुले कमिसन खान आफँै पाठ्यपुस्तक बिक्री गर्दै

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: