स्कुल बसमा आगजनी
मे 3, 2013 at 4:12 अपराह्न टिप्पणी छोड्नुहोस्
कैलाली (अत्तरिया)- कैलालीको लम्कीस्थित पाइनियर्स एकेडेमीको बसमा आज बिहान अज्ञात समूहले आगजनी गरेको छ ।
स्कूल प्राङ्गणमा राखिएको भे१ख १२१८ नम्बरको स्कुल बस आगजनीबाट पुर्णरूपमा जलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक भक्त विष्टले जानकारी दिनुभयो ।
बसमा आगजनी गर्नेको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
Entry filed under: रासस.
Trackback this post | Subscribe to the comments via RSS Feed