नाइजेरियामा धार्मिक कट्टरपन्थी बन्दुकधारीले तेइस प्रहरीको हत्या गरे
मे 10, 2013 at 11:55 बिहान टिप्पणी छोड्नुहोस्
कानो -नाइजेरियाको मध्यभागमा ओमबात्से धार्मिक समुदायका सदस्य रहेका बन्दुधकारीले प्रहरी अधिकारीहरूको एक समूहमा आक्रमण गरी २३ प्रहरीको हत्या गरेको र उनीहरूको शरीरमा आगो लगाएको जानकारी नासारावा राज्यका प्रहरी प्रमुख अबायोमी आकेरेमेल बिहीबार बताउनुभयो ।
उहाँले मङ्गलबार करिब ६० प्रहरीमाथि आक्रमण भएको उल्लेख गर्नुभयो । उहाँले थप १७ प्रहरी हालसम्म हराइरहेको पनि जानकारी दिनुभयो ।
उक्त आक्रमण नासारावामा भएको र यो नाइजेरियाको इसाइ धर्मावलम्बी बाहुल्य रहेको दक्षिणी भाग तथा इस्लाम धर्मावलम्बी बाहुल्य रहेको उत्तरी भागको बीचमा रहेको बताइन्छ ।
Entry filed under: रासस.
Trackback this post | Subscribe to the comments via RSS Feed